आजको राशिफल

आजको राशिफल : कात्तिक १९ गते । मंगलबार । नोभेम्बर ०५ तारिख

वि.सं.२०७६ साल कात्तिक १९ गते । मंगलबार । ईश्वी सन् २०१९ नोभेम्बर ०५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि अष्टमी,०० घडी ३१ पला,बिहान ०६ बजेर ३० मिनेट नवमी । नक्षत्र धनिष्ठा,अहोरात्र । योग गंड,०९ घडी ४३ पला,बिहान १० बजेर ११ मिनेट उप्रान्त वृद्धि । करण बव,बिहान ०६ बजेर ३० मिनेट उप्रान्त वालल,बेलुकी ०७ बजेर १८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा उत्पात योग । चन्द्रराशि मकर,बेलुकी ०६ बजेर ५६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २७ घडी २५ पला । धनिष्ठा पञ्चक प्रारम्भ। बैतडीको सिलङ्गामा महारुद्र कोटिहोम मेला।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कामकै सन्द्रर्भमा समाजका बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा हात लाग्ने हुँनाले घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । व्यापार व्यावसायमा समय दिनेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बनेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुँनाले काम गर्न सहज हुनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समयले साथ दिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार तथा व्यावसाय बिश्तारको सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा सकारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ । नयाँ सोच तथा नबिन बिचार आउँने हुँनाले बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफ््ना लेख रचना तथा बिचारहरुलाई सामाजिक सञ्जाल तथा मिडिया मार्फत जनमासमा लैजान सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गरि दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने तथा उनिहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरका लागि समयले साथ लिने हुँनाले मन प्रफुल्लित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा अग्रजहरु सँग सामान्य कुरामा विवाद हुने योग रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ भने घर परिवारमा पतित पत्निबिच कुरा बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुनेछैन भने बिदेशमा उत्पादित बस्तुको व्यावसाय फस्टाएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.