अमेरिका

नेप्लिज अमेरिकन सम्मेलन सफलतापूर्वक सम्पन्न

  • विजय थापा

वाशिंगटन डिसी – गत जुलाई २-४ तारिखसम्म लस एन्जेलसमा युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गरेको प्रथम नेपलिज अमेरिकन सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।uma 4

युवाहरुको नेतृत्वमा संचालन भएको तीन दिने सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा युवाहरुले खुसी व्यक्त गरेका छन् । अमेरिका रहेका युवा तथा दोस्रो पिँढीलाई अमेरिकाको मूलधारमा ल्याउने मुख्य हेतुले सम्मेलनको आयोजना गरेको युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासाङ लामाले दिएका छन् ।

उद्घाटन कार्यक्रममा नेपालबाट आएका युवा नेता विश्व प्रकाश शर्मा, अर्थविद डा. स्वर्णिम वाग्ले, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, ओबामाकी दक्षिण एसिया हेर्ने सल्लाहाकार समितिकी सदस्य संजिता प्रधानलगायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त सम्मेलनमा विविध बिषयका संगोष्ठी कार्यक्रमहरु संचालन भएका थिए ।

नेप्लिज अमेरिकन सम्मेलनमा आसन ग्रहण नगराई अतिथि तथा वक्ताहरुलाई मंचको अघिल्लो पंक्तिका कुर्सीमा राखिएको थियो । समुद्घाटन पनि बालिकाबाट गरिएको थियो ।

तीन दिनसम्म चलेको सम्मेलनमा खेलकुदमा भलिबल, क्रिकेट, बास्केटबल, टेबुल टेनिस, गल्फलगायतका प्रतियोगितात्मक खेलहरु राखिएको थियो ।

सम्मेलन भर बिशेष साँस्कृतिक कार्यक्रमका लागि नेपालका हास्यकलाकार सन्दिप क्षेत्री, स्थानीय कलाकारहरु, नायिका प्रियंका कार्की, फिरोज स्याङ्गदेन, प्रज्वल बज्राचार्य, राजेन्द्र कर्ण, दिवस गुरुङ, गायक बिपुल क्षेत्री तथा टोलीले सांगीतिक प्रस्तुति गरेको थियो । प्रथम नेप्लिज अमेरिकन सम्मेलनमा पहिलो पटक भेषभुषा प्रदर्शन पनि गरिएको थियो ।

नेप्लिज अमेरिकन सम्मेलन २०१७ मा टेक्सासको डालसमा र २०१८ मा न्युयोर्कमा हुने भएको छ । संस्थापक लामा अगाडी भने युवाहरुलाई जिम्मेवारी दिएको सम्मेलन सफलता हुन् सकेकोमा हर्ष व्यक्त गर्दै २०१७ मा टेक्सासमा हुने सम्मेलन अझ व्यापक तथा सफलता प्राप्त गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।