अमेरिका

नासा र एन्माको संयुक्त सम्मेलन शुक्रबारबाट

१ सेप्टेम्बेर ,  अमेरिका । अमेरिकामा रहेका नेपालीहरुको दुई ठुला संस्था नासा र एन्माको संयुक्त सम्मेलनको तयारी पूरा भएकाे छ ।

Anma_NaseA-2016संस्थाको  १२ अाैं सम्मेलन भोलि सेप्टेम्बर २ देखि ४ सम्म सेन्ट लोइस, मिजौरीमा हुने भएको हो । सम्मेलन हरेक बर्ष लेबर डेको सप्ताहन्त्यमा पारेर आयोजना गरिने गरेको आयोजक संस्थाले जनाएको छ  ।

यि दुई ठुला संस्थाले आलो-पालो गर्दै यो सम्मेलन आयोजना गर्ने क्रममा यस वर्षकाे सम्मेलनकाे मुख्य आयोजक एन्मा रहको छ । यो सम्मेलन देश प्रेम बढाउने हिसाबले सम्पन्न गर्ने गरिएको आयोजक संस्थाले बताएको छ  ।

अमेरिका स्थित नेपाली दुतबासले पहिलो चोटी यसै सम्मेलन मार्फत सम्मेलनमा क्रममा नै मेसिना रिडेबल पासपोर्ट(एमआरपी)को लागि निबेदन दिने व्यवस्था गरेको एक सुचना मार्फत जनाएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा बिभिन्न फोरमहरुका साथै खेलकुद र मनोरञ्जनका कार्यक्रमहरू पनि अायाेजना हुनेछन् । सम्मेलनमा  नेपालकाे चर्चित सांगीतिक ब्याण्ड १९७४ काे विशेष प्रस्तुति रहनेछ  ।

सम्मेलनले एन्मामा नयां नेतृत्वकाे चयन गर्दै आइतबार सम्मेलन सम्पन्न हुनेछ ।

 

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.