कोलोराडो, अक्टोबर १० । २०७३ सालको बडादशैंको टीकाको शुभ साइत नेपालमा मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताउनुभयो ।
नेपालीहरुको अमेरिकामा बडेको सख्यासगै नेपालीहरुलेअमेरिकाकै समय अनुसार पनि कती बजे शुभ साइत पर्छ भन्ने जिज्ञासा अनुसार अमेरिकामा मुख्य रुपमा ४ वटा समयलाई आधार बनाइ शुभ साइत निकालिएको छ । ज्योतिष अनुसन्धान एंवम परामर्श केन्द्र, केन्टकी द्वारा प्रकासित हुने ‘मारुती नन्दन’ पन्चागका सम्पादक ज्योतिष पदम ढकालले शुभ साइत निकाल्नु भएको हो ।
दिनको ११ बजे (पर्वतिय समय) पछाडी दशमी तिथी सकिने र एकादशी लाग्ने भएता पनि बिजया दशमीलाई बिजय दिनको रुपमा मानिका कारण टीकाका लागि कुनै साइत हेर्नु नपर्ने कुरा बिभिन्न ज्योतिषहरुको धारणा छ ।
पुर्व समय
विहान ९:५० – विहान १०:४० सम्म
मध्य समय
विहान १०:३० – विहान ११:३० सम्म
पर्वतिय समय
विहान १०:३० – विहान ११:०० सम्म
प्यासिफिक समय
विहान ९:०० – विहान १०:०० सम्म