अमेरिका

नर्सिङ पढ्न अमेरिका गएकी नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

२ मंसिर । अमेरिकाको अक्लोहामास्थित इष्ट सेन्ट्रल यूनिर्भसिटी (ECU)मा नर्सिङ विषयमा अध्ययनरत नेपाली विद्यार्थी निशा कार्कीको निधन भएको छ ।
२० वर्षीय निशाको आफ्नै निवासमा अकस्मात निधन भएको हो । उनको निधनको कारण खुलाईएको छैन । उनी ११ महिनाअघि विद्यार्थी भिसामा अमेरिका आएकी थिइन ।
गोरखा जिल्ला पुर्खौली घर भएकी निशाको काठमाडौमा आमा मात्र छिन् । सानै हुँदा उनले बाबु गुमाएकी थिइन । उनकी आमा कल्पनाले रेष्टुरेण्टमा काम गरेर आफ्नो एकमात्र सन्तान निशालाई हुर्काएकी हुन् । उनी अझै पनि रेष्टुरेण्टमै काम गर्दै आएको परिवार निकटले बताए । निशाको स्कुलको पढाई खर्च समेत एक जना विदेशीले सहयोग गरेका थिए ।
परिवारको इच्छा अनुसार उनको मृत शरीर नेपाली समुदायको सहयोगमा नेपाल पठाउन लागिएको छ । यो दुखद समयमा नेपाली समाजले गो फण्डमार्फत सबैलाई सहयोगको लागि आग्रह गरिएको कुरा नेपाली सोसाइटी टेक्सस (एनएसटी)का अध्यक्ष कृष्ण लामिछानेले बताए । उनले भने– ‘बुधवार साँझ सम्म गो फण्डमा छ हजार अमेरिकी डलर भन्दा बढी जम्मा भएको छ ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.