अमेरिका

नेपाली समाज टेक्सास द्वारा स्वर्गिय निशा अधिकारी प्रती सहयोगका लागी धन्यबाद ज्ञापन

धन्यबाद ज्ञापन 

नेपाली समाज टेक्सासले ओक्लाहोमा स्थित इस्ट सेन्ट्रल युनिभर्सिटीमा अध्यनरत छात्र निशा कार्कीको असामयिक मृत्यु पश्चात उनको शव ब्यबस्थापन र उनको आमालाई सहयोग गर्ने उद्धेस्यले स्थापित गो फन्ड मी एकाउन्ट बन्द गरेको छ र अहिले सम्म उक्त खातामा $३०४५२ जम्मा हुन आएको छ।

नेपाली समाज टेक्सासले समाजमा घट्ने यस्ता दुखदायी घटनाको नेतृत्व गर्दै सहयोगको लागि अपिल गर्दै आएको छ। यसमा टेक्सासका नेपालीहरु, अमेरिकाका नेपालीहरु, संसारका अरु देशका नेपाली हरु र संसार भरिका बिदेशीहरुले समेत हाम्रो अभियानमा हृदय देखि सहयोग गर्दै आउनु भएको छ। हामीलाई गर्व लाग्छ कि हामी यति असल नेपाली समुदायको प्रतिनिधित्व गर्छौं जसले अत्यन्त खाँचो भएको समयमा हामीलाई साथ दिने गरेको छ। हामीले उठाएका हरेक कदम सम्पूर्ण समुदायका व्यक्तिहरुको सहयोगले गर्दा सजिलै पुरा हुने गरेका छन्।

यधपी निशा ओक्लाहोमा राज्यमा बस्ने गर्थिन, नेपाली समाज टेक्सासले सिमालाइ आफ्नो असल कर्मको बन्धनको रुपमा स्वीकार गरेन। त्यहाँका बिद्यार्थीहरुको अनुरोधमा र सहयोगमा यो काम सम्पन्न गर्न गैरहेका छौं। केहि दिन भित्रै उनको शव नेपाल पठाउने तयारी गर्दैछौं भने आज उनको अन्तिम श्रद्धान्जली दिन ओक्लाहोमा जाँदै छौं। उनको शव नेपाल पठाउने काम पनि छिट्टै हुँदैछ। त्यसपछि यहाँ गो फण्ड मी मा उठेको सम्पूर्ण रकम गो फण्ड मी को फी कटाएर नेपालमा उनको आमालाई हाम्रा प्रतिनिधि, पत्रकार र निशाको परिवारका प्रतिनिधि मार्फत उनको आमालाई प्रदान गरिने छ।

यस क्रममा आफ्नो आफ्नो तर्फबाट सहयोग गर्ने सम्पूर्ण नेपाली समुदाय र अन्यलाइ पनि नेपाली समाज टेक्सास धन्यवाद प्रकट गर्न चाहन्छ। चन्दा दाताहरुलाइ यो अभियान सफल हुनुको पहिलो श्रेय जान्छ। आफ्नो आफ्नो गच्छे अनुसार सहयोग गर्ने सबैलाई बराबरी रुपमा हामी धन्यवाद दिन चाहन्छौं। यो कुरालाइ सबै सामु पुर्याउने पत्रकार मित्रहरु, सामाजिक संजाल प्रयोगकर्ताहरु सबै यो सफलताका अंसियार हुनुहुन्छ, उहाँहरुलाइ पनि मुरी मुरी धन्यवाद दिन चाहन्छौं। आउने दिनहरुमा पनि तपाईं नेपाली समुदाय कै सहयोगको लागि हाम्रो अनुरोध स्वीकार गरेर हाम्रा अभियानमा साथ् दिनु हुनेछ भन्ने आशा व्यक्त गर्दै फेरी एकपटक सबैमा धन्यवाद टक्र्याउन चाहन्छौं।

कृष्ण लामिछाने
अध्यक्ष,
नेपाली समाज टेक्सास

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.