अमेरिका

एफबीआईका प्रमुखले दिए ट्रम्पलाइ चेतावनी

१५, मङ्सिर । अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईका प्रमुख जोन ब्रेनानले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता अन्त्य गरे त्यो घातक हुने चेतावनी दिएका छन् ।

बीबीसीसँगको कुराकानीका क्रममा ब्रेनानले रुसले विगतमा गरेका प्रतिबद्धतापूरा नगरेकाले उसको व्यवहारप्रति सचेत रहन सुझाव दिए ।उनले सिरियामा बढ्दो संकटप्रति मस्कोमाथि दोषारोपण गरे ।

रुसले सिरियामा राष्ट्रपति बसर अल असादलाई सहयोग गरेको छ भने ओबामा प्रशासनले असादको शासनविरुद्ध संघर्षरत मध्यमार्गी विद्रोहीलाई सहयोग गरिरहेको छ ।
चुनावी अभियानका क्रममा ट्रम्पले इरानसँगको सम्झौता रद्द गर्ने र रुससँग सम्बन्ध सुधार गर्ने संकेत गरेका थिए । एफबीआई प्रमुख ब्रेनानको चार वर्षे कार्यकाल आगामी जनवरीमा सकिंदै छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.