अमेरिका

अकल्याण्डमा आगलागी , ४० भन्दा बढीको मृत्यु

१९,मङ्सिर । अमेरिकाको क्यालिफोर्नियास्थित अक्ल्याण्ड शहरको एउटा हलमा भएको आगलागीमा ४० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

नौ जनाको मृत्यु भएको पुष्टि भएपनि यो संख्या ४०नाध्ने उद्धारमा खटिएकाहरुले जनाएका छन् ।

अक्ल्याण्डका अग्नी नियन्त्रक प्रमुख तेरेसा डेलोच रिडले हलभित्र ५० देखि एक सय जना रहेको विश्वास गरिएको बताएका छन् ।उक्त स्थलमा इलेक्ट्रिक समूह जोल्डेन डोनाले कार्यक्रम गर्दै थियो । शुरुमा गोदाम रहेको उक्त हल पछि स्टुडियोमा रुपान्तरण गरिएको थियो ।

त्यहां फर्निचरका सामग्रीरहेकाले आगो नियन्त्रण गर्न कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

सन् १९८९ मा भूकम्पका कारणउत्तरी क्यालिफोर्नियामा ६३ जनाको मृत्यु भएयता यो आगलागीलाई क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा दुःखद घटना मानिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.