अमेरिका

अमेरिकामा कार दुर्घटनामा ममता कंडेलको मृत्यु

सियाटल, वाशिंगटन(अमेरिका)। अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा परि २१ बर्षीय नेपाली छात्रा ममता कंडेलको मृत्यु भएको छ ।

mamata-kadelगत बिहीबार बिहान वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ भने उनको शव अहिले अस्पताल मै राखिएको बुझिएको छ ।

घोडामा राजमार्ग निरिक्षण गर्ने प्रहरी अनुसार उत्तर तर्फ गई रहेको अवस्थामा गाड़ी अनियंत्रित भई अर्ध मालबाहक गाड़ीलाई ठोकिन पुगी त्यों गाड़ीले पनि अर्को गाडीलाई ठोकेको बताएका थिए । मृतक छात्रा कंडेलले सुरक्षित पेटी चाही लगाएको सहित उनले बताएका थिए ।

वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा चालक तथा अन्य पछाडि बसेका यात्रुलाई सामान्य चोट लागेको तर दुर्भाग्यबस नेपाली चेलीको भने ज्यान गएको छ ।

सन २०१४ मा आइडाहो विश्वबिद्यालय बाट समाज शास्त्रमा अध्यन समाप्त गरेकी स्व कंडेल पढाईमा अवल्ल थिइन भने अतिरिक्त क्रियाकलापका साथै साथै महिला बेचबिखन तथा महिला यौन कार्यकर्ता बिषयमा वकालत गर्दथिन ।
स्व कंडेल यही डिसेम्बरर १९ तारीख नेपाल जाने तयारीमा थिइन तर समयले त्यो पुरा हुन दिएन ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.