अमेरिका

अमेरिकी राष्ट्रपति बाराकओबामा भाडाको घरमा बस्दैछन।

९ पौष। वशिङ्टन डिसी स्थित कालोरमा ८ हजार २०० स्क्यायर फीट क्षेत्रफलमा बनेको बेसमेन्ट सहित तीन तले ९ बेडरुमहरु र ८ बाथरुम १० ओटा गाडिहरु पार्क गर्ने सक्ने पार्किङ स्पट भएको उक्त घरको अनुमानित बजार मुल्य करीब ७० लाख अमेरिकी डलर रहेको छ। जनवरी २०१७ मा आफ्नो कार्यकाल समाप्त भए पश्चात ह्वाइट हाउसबाट करिब २ माईल को दुरीमा अवस्थित उक्त घरमा ओबामाको परिवार बस्ने जनाईएको छ।

आफ्ना दुई छोरिहरु मध्हे कान्छी छोरी सासा को हाईस्कुल नसकुन्जेल सम्मका लागि वाशिङ्टन डिसीमा ओबामा परिवार बस्ने जनाईएको छ। जेठी छोरी मालियाले हाई स्कुल ग्राजुएसन गरिसकेकी छीन र आउदो फल्सका लागि हारवर्डमा उच्च शिक्षा को लागी तयारी गर्दै छीन। अमेरिकी राष्ट्रपतिय निर्वाचन हुनु अगाबै ओबामा परिवारका लागि कालोरमा छिमेक स्थित नयाँ घरकोलागि सम्झौता गरिएको थियो।

ओबामा बस्ने नयाँ घरको छिमेकमा पुर्ब राष्ट्रपतिहरु –उडरो विल्सन,विलियम हावार्ड ताफ्ट, फ्राङक्लिन डि रोनाबेल्ट, वारेन जी हार्डिङ तथा हर्बेर्ट हुवर ले समेत बसोबास गरी सकेका छन।सन् १९२९ मा विल्सनले ह्वाईट हाउस छाडे पछि ओबामा नै पहिलो राष्ट्रपति हुन जो ह्वाईट हाउस छाडे पस्चात भाडाको घरमा वाशिन्टन डिसीमौ बस्दैछन।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.