अमेरिका

आफ्नो विदाई भाषणको तयारीमा व्यस्त छन, बाराक ओबामा।

१०,पौष। अमेरिकाका राष्ट्रपति बाराक ओबामाको कार्यकालको अब केहि दिन बाँकी रहेको छ। ओबामा आफ्नो कार्यकाल सकिन लागेको समयको मध्यनजर गर्दै जनवरी महिनामा शिकागोमा आफ्नो महत्वपूर्ण विदाई भाषणको तयारीमा व्यस्त रहेका छन। राजनैतिक पत्रिकाको विहिबार एक रिपोर्टमा ओबामाको भाषणको तयारीको सन्दर्भ उल्लेख गरेको छ।
स्रोतका अनुसार ओबामाको भाषणमा शिकागो र ईलिनोईसको धन्यवाद समावेश हुन सक्छ किनकि उनले ईलिनोईसबाट स्टेट सीनेटर र त्यस पछि अमेरिकी सीनेटरको रुपमा आफ्नो राजनीतिक करियरको सुरुवात गरेका थिए।
विदाई भाषण कार्यक्रम १० जनवरीमा आयोजित हुने सम्भावना छ। स्रोतले भन्छ, सेक्रेट सर्भिस कार्यक्रमका लागि युनाईटेड सेन्टरको म्याक कार्मिक प्यालेस सहित केहि स्थलहरुमा विचार गरिएको भएपनि ह्वाईट हाउसले हालसम्म यसको आधिकारिक पुष्टि गरेको छैन।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.