अन्तर्राष्ट्रिय समाचार अमेरिका

अमेरिका विरुद्ध कुनै पनि कदम नउठाउँदा ट्रम्पले गरे पुटिनको तारिफ।

१६ पौष। नोभेम्बरमा भएको राष्ट्रपतिय निर्वाचनमा अमेरिका द्वारा रुसले गरेको भनिएको कथित ह्याकीङको कुरालाई लिएर रुसको विरुद्ध दण्डात्मक कदम चालेको वासिङटनको विरुद्ध रुसले जावाफी हमला नगर्ने जनाएकोमा डोनाल्ड ट्रम्पले भ्लामिदिर पुटिन समझदार व्यक्ति भएको जनाएका छन्।
ट्रम्पले ट्वीटमार्फत भनेका छन् पुटिन द्वाारा तत्काल केहि कदम नउठाउने सर्वश्रेष्ठ सोच मलाई पहिलेनै लागेको थियो कि उनी निकै समझदार छन्। रुसी राष्ट्रपति भ्लामिदिर पुटिनले अमेरिकी अधिकारिहरुको विरुद्ध तत्काल अमेरीकाले जस्ताको तस्तै कुनै कारबाहि नगर्ने जनाएका छन्। नोभेम्बरमा अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रिपब्लीकन पार्टीले जितेको थियो। र वासिङ्टनले रुसलाई अमेरिकी हितको नोक्सान पुर्याउने प्रयास गरेको आरोप लगाएको छ।
पुटिनको आफ्नै विदेश मन्त्रीले पनि अमेरिकी बाराक ओबामा द्वाारा विहिवार ३५ रुसी गुप्तचर ऐजेन्टको निस्कासन गरेको जस्तै रुसले पनि त्यस्तै गर्नुपर्ने सल्लाह दिएका थिए। तर उक्त सल्लाहलाई पुटिनले अस्वीकार गरेका छन्। २० जनवरीमा अमेरिकी राष्ट्रपति पदको कार्यभार सम्हाल्न गइरहेका ट्रम्पले भने पुटिनको उक्त निर्णयको तारिफ गरिरहेका छन्।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.