अमेरिका

डिएनसीको लापरवाहीले गर्दा ह्याकिंग भयोः ट्रम्प।

२४पौष। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर मार्फत निर्वाचन प्रक्रियाको समयमा भएको ह्याकिङको बारेमा मुख खोलेका छन्। ट्रम्पले शुक्रबार ट्वीटरमा भनेका छन् “डेमोक्रेटिक नेशनल कमिटी (डीएनसी) को घोर लापरवाहीको कारण ह्याकर्सलाई ह्याकिंग गर्ने मौका मिल्यो”।
पोलिटीकोको रिर्पोट अनुसार ओबामा प्रशासनले २०१६ को राष्ट्रपति पदको निर्वाचनको अभियानको समयमा लगातार भएको साईबर आक्रमणको लागि रुसी प्रशासन तथा राष्ट्रपति भ्लादिमीर पुटीनलाई जिम्मेवार ठहराएका थिए। ओबामा प्रशासनको एक रिपोर्टमा भनिएको थियो कि रुस अमेरिकी लोकतान्त्रिक प्रक्रियाको कमजोर बनाउन चाहान्छ र राष्ट्रपति पदका लागि हिलारि क्लिन्टनको उम्मेदवारीमा नोक्सान पुर्याउन चाहान्छ।
ओबामाको आग्रहमा सेन्ट्रल ईन्टेलिजेन्स् एजेन्सी (सीआईए), फेडरेल व्युरो अफ ईन्भेस्टिगेट (एफबीआई) र नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) ले यस रिपोर्ट तयार पारेको थियो। रिपोर्टका अनुसार रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले २०१६ मा अमेरिकाको राष्ट्रपति चुनावको प्रभावित पार्नका लागि निर्देशन दिएका थिए।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.