अन्तर्राष्ट्रिय समाचार अमेरिका

विदाई भाषणमा आँशु थाम्न सकेनन् बाराक ओबामाले।

२७ पौष।अमेरिकी राष्ट्रपतिको रुपमा ओबामाले आफ्नो अन्तिम विदाई भाषण दिएका छन। शिकागोमा आयोजित कार्यक्रममा भाषणको क्रममा ओबामाले आफ्नो कार्यकालको उपब्धिहरु पनि सुनाए। ओबामाले नाम नलिइकनै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको निती लाई लक्षित गर्दै जनतामा सहिष्णुता कायम गर्दै नस्लवादको प्रोत्साहन नगर्न अपिल गरेका छन्। ओबामाले मिशेल ओबामा र आफ्ना छोरीहरुलाई धन्यवाद दिदै गर्दा आँखामा आँशु थाम्न सकेनन्।
रोए ओबामाः
आफ्नो अन्तिम भाषणमा ओबामाले पत्नी मिशेल र छोरीहरु उल्लेख गर्दै रोए। ओबामाले भने “विगत २५ वर्ष देखि तिमी मेरी पत्नी र मेरी छोरीहरुको आमा मात्र होइनौ, मेरी बेस्ट फ्रेन्ड पनि बन्यौ तिमीले मलाई र देशलाई गर्वको महशुस गरायौ”। छोरीहरु मलिया र साशाको नाम उल्लोख गर्दै ओबामाले भने “मैले जिन्दगीमा जे जति पनि गरे तर सबैभन्दा धेरै गर्व महशुस तिमीहरुको पिता हुनुमा भएको छ”। भषणको शुरुवातमानै ओबामाले आफुलाई एक उत्तम राष्ट्रपति बनाएकोमा अमेरिकी नागरिक हरुलाई धन्यवाद दिए र उनले शन्तिपुर्ण तरिकाले सत्ता हस्तानतरण गर्ने छु भनेर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि प्रतिज्ञा गरेका छन्।
अमेरिकाको शक्तिनै लोकतन्त्रः
ओबामाले लोकतन्त्रनै अमेरिको शक्ति भएको बताए उनले भने “ आज चीन र रुस जस्ता देशले किन अमेरिकाको जस्तो स्थान पाएका छैनन्? किनकी हाम्रो लोकतन्त्रनै हाम्रो शक्ति हो। ओर्लान्डो र बोस्टनमा भएको हमलाले यो बताएको छ कि धार्मिक कट्टरता कति सम्म खतरनाक हुन सक्छ। मानिसहरुको मन बदलिनु पर्छ कानुन मात्र प्रयाप्त छैनन्।
ओबामाले भने “दुनियाँमा लोकतन्त्र वादीहरु एक जुट हुनुपर्ने जरुरत छ ता कि हामी सबै एक साथ माथि उठ्छौ या तल झर्छौ। संसार भरीका मानिसहरुले अबको दश दिनमा अमेरिकी लोकतन्त्रको नमुना देख्ने छन, जब एक राष्ट्रपतिले अर्को नव राष्ट्रपतिलाई शन्तिपुर्ण तरिकाले कसरी सत्ता सुम्पने छन्। मेरा प्रशासन राम्रो र सुचारु रुपमै तपार्इंलाई सत्ता सुम्पने छु भनेर ट्रम्पसँग प्रतिज्ञा गरेको छु”।
मुस्लिमहरुलाई भेदभाव नगर्न आग्रहः
डोनाल्ड ट्रम्पको नाम नलिइकनै रिपब्लिकन राष्ट्रपतिलाई लक्षित गर्दै आफ्नो भाषणमा भनेका छन् “अमेरिकामा नश्लवाद व्यवहारीक हुदैन। हामीले विगत आठ वर्ष कहिल्यै पनि मुस्लिमहरुको साथ भेदभाव गरेनौं। खासमा हामी जागरुक हुनु जरुरत छ, न कि कुनै खास समुदायसँग डराउनु पर्ने छैन।”
आतंकवादीको विनाश जरुरीः
भाषणको क्रममा ओबामाले भने “ अब छिट्टैनै आतंकवादी संगठन आइएस आइएसको विनाश हुनेछ। बितेको आठ वर्ष कुनैपनि आतंकवादी संगठनले अमेरिकामा हमला गर्न सकेनन्। हामीले हजारौ आतंकवादीहरुलाई ध्वस्त पार्यौ जसमा विन लादेन पनि बच्न सकेनन्। अमेरिकाको नोक्सान पुर्याउनेहरुलाई सुरक्षित रहन भने दिनु हुदैन”।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.