अमेरिका

ट्रम्पले लिंकनको बाईबल प्रार्थना गर्दै शपथ लिनेछन्।

५ माघ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार दुईवटा बाईबलको प्रार्थना गरेर शपथ ग्रहण गर्दै छन्। जसमा एक बाईबल त्यो हुनेछ जुन अब्राहम लिंकनले आफ्नो पहिलो शपथ ग्रहणमा प्रयोग गरेका थिए।
अमेरिकाका मुख्य न्यायधिस जोन रोवर्टस्ले ट्रम्पलाई शपथ गराउने छन्। प्रसिडेन्सियल ईनोग्रेसन कमिटी पीआईसीले शपथ ग्रहण कार्यक्रमको बिवरण तयार गरेका छन्।
पीआईसी प्रमुख टम बाराकले भनेका छन् “आफ्नो शपथ ग्रहण सम्बोधनमा राष्ट्रपति लिंकनले सृष्टिको खास दुतहरुसँग अपिल गरेका थिए”। यसै क्रममा उनले भने “ निर्वाचित राष्ट्रपति ट्रम्पले पनि बाईबलमा आफ्नो हात राखेसँगै आफुलाई निकै सौभाग्यशाली भएको महसुस गर्नेछन् र यो क्षण उनको परिवार एवं देशका लागि खास महत्व हुनेछ।
ट्रम्प आफ्नो एक बाईबलको पनि प्रयोग गर्दै शपथ ग्रहण गर्ने छन्। उक्त बाईबल उनको आमाले दिएकि थिईन्। निवर्तमान राष्ट्रपति बाराक ओबामाले पनि २००९ र २०१३ दुवै पटक शपथ ग्रहण गर्दा लिंकनको बाईबलकोनै प्रयोग गरेका थिए।
उप राष्ट्रपति माईक पेन्सले ‘द रिगन फेमिली बाईबल’ को प्रयोग गर्नेछन्।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.