अमेरिका

सीमा पर्खाल बारे वार्ता गरिन्न : मेक्सिको विदेशमन्त्री भिडेगाराइ

वासिङटन । मेक्सिकोको विदेशमन्त्री लुईस भिडेगाराइले अमेरिकासँगको सिमानामा सीमा पर्खाल लगाउने बारेमा अमेरिकासँग लचकतापूर्वक वार्ता नै हुन नसक्ने बताउनु भएको छ ।
उहाँले अमेरिकासँग राम्रो सम्वन्ध बनाउनका लागि मात्रै वार्ता हुने बिहीबार स्पष्ट पार्नु भएको छ ।
“केही कुराहरु यस्ता हुन्छन्, जसका बारेमा कुनै वार्ता र लचकता नै हुदैन, मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल बनाउने विषय पनि त्यस्तै विषय हो, सिधा कुरा के हो भने यसमा लचक हुन सकिदै सकिदैन,” वासिङटनस्थित मेक्सिकोको दूतावासमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री भिडेगाराईले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नारा अनुसार उहाँले गत बुधबार अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउने निर्णयमा हस्ताक्षर गर्नु भएको थियो । निर्णय अनुसार सीमा क्षेत्रमा तीन हजार दुई सय किलोमिटर लामो पर्खाल लगाइने छ ।
पर्खाल लगाउन लाग्ने खर्चको २० प्रतिशत कर लगाउने मेक्सिकोले वेहोर्नु पर्ने व्यवस्था पनि निर्णयमा गरिएको छ । यही निर्णयलाई लिएर अमेरिका र मेक्सिकोबीच थप द्धन्द्ध चर्किएको छ ।
पर्खाल लगाउने र त्यसको खर्चपनि बेहोर्नु पर्ने अमेरिकाको निर्णयलाई मेक्सिकोले विरोध गरेको छ भने अमेरिककाका राष्ट्रपति ट्रम्पले निर्णय लागू गराई छाड्ने अठोट गर्नु भएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.