अमेरिका

अमेरिकी विदेश मन्त्रीमा टिल्लर्सन पक्का

काठमाडौं । अमेरिकाको विदेश मन्त्री रेक्स टिल्लर्सन बन्ने पक्का भएका छन् । सिनेटको पूर्ण बैठकले टिल्लर्सनलाई विदेश मन्त्रीका लागि स्वीकृत गरेको हो।

टिल्लर्सनको पक्षमा ५६ तथा विपक्षमा ४३ मत परेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गर्नुभएका टिल्लर्सन एक्सन मोबिलका पूर्व प्रमुख कार्यकारी अधिकृत छन् ।

ट्रम्पले शिक्षा तथा वित्त मन्त्रीका लागि प्रस्ताव गरेकाको अनुमोदनका लागि तय भएको मतदान प्रक्रिया डेमोक्रेटिक पार्टीका सिनेटरले बहिस्कार गरेपछि विदेश मन्त्रीका लागि प्रस्तावित टिल्लर्सनको प्रक्रिया अघि बढाइएको थियो ।
रुससँग नजिकको सम्बन्ध रहेका टिल्लर्सनले संसदीय सुनुवाईमा निकै कठिन प्रश्नको सामना गर्नुपरेको थियो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.