अमेरिका

ट्रम्पको सुरक्षा सल्लाहकार बन्न हार्वर्डले गरे अस्वीकार

अमेरिका।राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षा सल्लाहकार बन्न अमेरिकी नौसेनाका पूर्व उपप्रमुख रोबर्ट हार्वर्डले अस्वीकार गरेका छन् ।विवादमा मुछिएपछि तत्कालीन सुरक्षा सल्लाहकार माइकल फ्लिनले नियुक्तिको २५ दिनमै राजीनामा दिएका थिए ।

लगत्तै ट्रम्प प्रशासनले यो पदका लागि हार्वर्डलाई पहिलो रोजाइमा राखेपनि उनले अस्वीकार गरेका छन् । ‘यसका लागि एक दिनमा २४ घन्टा, सातामा सातै दिन जिम्मेवारीप्रति प्रतिवद्ध हुनुपर्छ,’ उनले भनेका छन्, म अहिले यो प्रतिवद्धता गर्न सक्दिँन ।’

उनले ४० वर्षे लामो करियरबाट अवकास लिएपछि आफू अहिले पारिवारिक र आर्थिक विषय सम्माधन गर्न लागेको बताएका छन् । अमेरिकी सञ्चार माध्यमहरुले भने हार्वर्डले राष्ट्रिय सुरक्षा सल्लाहकार पद अस्वीकार गरेको बताएका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.