अमेरिका

अमेरीकाको न्यु-जर्सीमा नयाँ बर्षको कार्यक्रम हुदै

नयाँ बर्ष २०७४ को उपलक्ष्यमा अमेरीकाको न्यु-जर्सीमा रहेका एनआरएन एनजे च्यापटर, एनजेएसएस च्यापर तथा नेपाली समाज न्यु जर्सीको संयुक्त आयोजनामा शुभकामना एवम साँगेतिक कार्यक्रम गरिने भएको छ।

आगामी अप्रील १० तारिक नयाँ बर्षको पुर्व सन्ध्यामा सेजन रेष्टुरेन्ट १६७३ ओके ट्रि रोड एडिशन एनजे ०८८२९ मा वेलुका ६ बजे देखि राती १० बजे सम्म कार्यक्रम संचालन गरिने नेपाली समाज न्यू-जर्सीका संयोजक दिल के.सीले जानकारी दिए।

यस कार्यक्रममा कलाकारहरू वसन्ति राई, सुमन बुढा मगर, राम श्रेष्ठ, अम्बिका वाँनियाहरूको बिशेष प्रस्तुति रहने छन भने कमेडियन अर्जुन ढकाल तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति दिनेछन। डिनर र ड्रिंक सहित प्रवेश शुल्क २० डलर रहेको यस कार्यक्रममा दर्शकहरूले भरपुर मनोरंजन प्राप्त गर्ने मुकुन्द ओझाले बताए।

यस कार्यक्रममा सहभागी बनेर कार्यक्रमलाई भव्यता पूर्वक सम्पन्न गर्नको लागी एनआरएन न्यु जर्सी च्यापटरले अपील गरेको छ।

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.