अमेरिका

“राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको हो”:- एफबीआई निर्देशक कोमी

पदबाट बर्खास्त गरिएका अमेरिकाका संघीय जांच व्युरो, एफबीआई, का निर्देशक जेम्स कोमीले निस्सन्देह गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताएका छन्।
उनले भने, “उनीहरुले निश्चित उद्देश्यका साथ र अत्यन्त प्रबल प्राविधिक प्रयाससहित त्यस्तो काम गरेका थिए।”
कोमीले भने, “पुरै गुप्तचर समुदायको यही धारणा छ र यो निकै गम्भीर कुरा हो।”
तर उनले त्यसको विस्तृत विवरण भने दिएनन्।
सअघि संसदीय समितिलाई दिएको एक लिखित बयानमा कोमीले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारलाई अनुसन्धान नगर्न राष्ट्रपति ट्रम्पले आफुलाई भनेको उल्लेख गरेका थिए।
जेम्स कोमीले राष्ट्रपतिसंग भएको भेटमा ट्रम्पले बारम्बार वफादारी खोजेको र उनले चाहिं आफ्नो भूमिकामा निष्पक्षताका लागि जोड दिएको बताएका थिए।
तर ट्रम्पका व्यक्तिगत वकील मार्क क्यासोविट्सले कोमीले लगाएका आरोपहरुको कडा खण्डन गरेका छन्।

एक वक्तव्यमा क्यासोविट्सले राष्ट्पति ट्रम्पले कोमीलाई उनले उनीबाट वफादारी चाहेको कुरा कहिल्यै नभनेको बताए।
उनले कोमीमाथि राष्ट्रपतिसंगको गोप्य सूचना चुहाएको आरोप पनि लगाए।
यसअघि ह्वाइट हाउसकी एक प्रवक्ताले राष्ट्रपति ट्रम्प झुठो बोल्ने व्यक्ति नभएको बताएकी थिइन्।उनले राष्ट्रपति ट्रम्पले यस्तो हस्तक्षेपबाट देशलाई कसरी जोगाउने भनेर आफुलाई सोधेको संझना नभएको पनि बताए।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.