अमेरिका

मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेश प्रतिबन्ध लगाउने आदेशका पक्षमा निर्णय

अमेरिकाको सर्वोच्च अदालतले सोमवार राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा जारी ६ मुस्लिम बाहुल राष्ट्रका नागरिकलाई अमेरिका प्रवेश प्रतिबन्ध लगाउने कार्यकारी आदेशका पक्षमा निर्णय दिएको छ । अदालतले आंशिक रूपमा उक्त कार्यकारी आदेश कार्यान्वयनका लागि बाटो खुला गरिदिएको छ । यो आदेश अनुसार अव ती ६ देशका नागरिक विना कारण अमेरिका प्रवेश पाउने छैनन् । यसलाई राष्ट्रपति ट्रम्पको आंशिक जितका रूपमा लिइएको छ ।

ह्वाइट हाउस द्धारा जारी सूचनामा राष्ट्रपति ट्रम्पले अदालतको फैसला राष्ट्रिय सुरक्षाका लागि आफूले लिएको निर्णयको पक्षमा भएको बताएका छन् ।

अदालतको निर्णय अनुसार यी ६ देशका नागरिकले अमेरिका आउनुको कुनै स्पष्ट सम्बन्ध छ भने मात्र अमेरिका प्रवेश पाउने छन् । विद्यार्थी हो भने अमेरिकाको कजेलमा भर्ना भएको हुनपर्छ । यस्तै आफन्तलाई भेट्ने आउनेलेपनि कस्तो नाता पर्ने कहाँ किन जाने हो खुलाउनु पर्ने छ । कुनै मन्तव्य दिन वा कार्यक्रममा सहभागी हुन आउनेलाई पनि छुट दिइएको छ ।

राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगत्तै ट्रम्पले ६ मुस्लिम बाहुल देशका नागरिकको अमेरिका आउने भिसा रद्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसको आप्रावासी अधिकारका बारेमा वकलात गर्नेहरुले व्यापक विरोध जनाएका थिए । यस विरुद्ध तल्लो अदालतमा परेको मुद्दामा राष्ट्रपतिको कार्यकारी आदेश विपरीत फैसला भएको थियो । यस पछि यो मुद्दा सर्वोच्चमा पुगेको हो । राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश मार्फत इरान, लिविया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा वन्देश लगाउने उल्लेख थियो ।

म राष्ट्रपतिका रूपमा हाम्रो देशका जनतालाई हानी पुर्याउनेलाई अनुमति दिन सक्दिन ह्वाइट हाउस द्धारा जारी सूचनामा भनिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.