अमेरिका

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैंया भन्दा बढीको अनुदान सहयोग दिने

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैंया भन्दा बढीको अनुदान सहयोग दिने भएको छ । अमेरिकन सरकारको मिलिनियम च्यालेन्स  कर्पोरेशन (एमसीसी) मार्फत उक्त सहयोग दिने सहमति भएको हो । वासिंटन डिसीमा आयोजित पाच दिनको नेपाल र अमेरिकाका सरकारी अधिकारी बिचको छलफल पछि उक्त सहमति भएको हो ।
यो सहयोग रकम नेपालमा विद्युत प्रशारणमा मुख्य समस्या रहेको ट्रान्मिशन लाइन निमार्णमा खर्च गरिने छ ।  नेपालमा विद्युत प्रशारणमा ट्रान्मिशन लाइन मुख्य समस्या रहदै आएको छ । विद्युत उत्पादकले यो ट्रान्मिशन लाइनलाई मुख्य समस्याका रहेको बताउँदै आएका थिए । यो सहयोगले यो समस्या लगभग समाप्त हुने छ ।
बाकी रकम सडक मर्मतमा खर्च हुने छ । दुई देश बिचको छलफलमा सहभागी नेपाली दूतावासका इकोनोमिक कन्सुलर  कैलास  पोखरेलका अनुसार पाच वर्ष भित्रमा परियोजना बनाएर सक्नु पर्ने छ । अन्यथा यो रकम प्राप्त हुने छैन ।
अमेरिकाले छलफलका क्रममा नेपालमा योजना सञ्चालनमा सधैँ ढिला सुस्ती हुने, भष्ट्राचार, जग्गा प्राप्तिमा समस्या जस्ता विषय उठाएको थियो । उक्त छलफलमा नेपालबाट वैदेशिक सहयोग महाशाखाका प्रमुख वैकुण्ठ अर्याल लगायतका टोली सहभागी थियो । दुई वर्ष अघि अमेरिकाले नेपाललाई उक्त सहयोग कार्यक्रममा राखेको थियो । इकोनोमिक कन्सुलर पोखरेलले यो ठुलो उपलब्धि रहेको आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।
यो अमेरिकाले गर्न लागेको अहिलेसम्मै सबैभन्दा ठुलो अनुदान सहयोग हो । यसबाहेक यो नेपालले एकै पटक प्राप्त गरेको अहिलेसम्मै सबैभन्दा ठुलो वैदेशिक अनुदान रहेको छ ।

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.