अमेरिका

बोस्टनमा हुने कलश यात्राको तयारी पूरा

बोस्टन सप्ताहमा हुने कलश यात्रा अहिले अमेरिकाभर नेपाली समुदायमा व्यापक चर्चा परिचर्चामा रहेको छ ।

सम्भवत अहिलेसम्म कै सवैभन्दा ठूलो रुपमा आयोजना गरिन लागेको सप्ताहब्यापी कार्यक्रम पहिलो दिन हुने कलस यात्राका लागि सम्पूर्ण समाज तयारीमा जुटेका छन् ।

महिला सामाजिक कार्यकर्ता रुक्मिणी कार्कीको संयोजकत्वमा कलश यात्रा समिति गठन भएको छ । बोस्टन सप्ताह २०१७ को पहिलो दिन अर्थात् अगस्त ६ तारिख का दिन १००८ महिलाहरुले आफ्ना संस्कृतिक भेषभुषामा सजिएर कलश यात्रा उत्सब गर्दै सप्ताहको सुरुवात गर्ने कार्यक्रम हुनेछ ।

आगामी अगस्त ६ तारिखदेखि १२ सम्म चल्ने सप्ताहब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब, बोस्टन सप्ताह २०१७ को लागि व्यापक प्रचार प्रसारमा समाज लागेका छन् ।

कलस यात्रा महिलाहरुको लागि ऐतिहासिक कार्यक्रम भएकोले यस भेकमा बस्ने सवै उमेरका नेपाली महिलाहरुलाई आफ्नो नाम दर्ता गराउन आब्हान गरिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.