अमेरिका

जनवरी १ देखि भर्जिनिया तथा मेरिल्याण्डमा लागि नया नियम लागू हुने

बर्ष २०१८ शुभारम्भ संगै भर्जिनिया तथा मेरिल्याण्डमा जनवरी १ देखि नया नियम लागू हुने भएको छ l र यसको लागि भर्जिनिया तथा मेरिल्याण्ड निवासीहरु तयार हुन् आव्हान गरेको छ l

ज्यादा जसो उक्त नियम तथा कानून जुलाई तथा अक्टोबर महिनामा लागू हुने गरेता पनि केही नयाँ नियमहरु जनवरी १ ,२०१८ देखि नै लागू हुने भएकोले चनाखो हुनु पर्ने भएको छ l

मेरिल्याण्ड निवासीहरुको आफ्नो घर छ भने घर किन्दा नै घरको छत् मै जडान गरिएको स्मोक डिटेक्टर अलार्म (धूवाँ संसूचक घन्टी )बदल्नु पर्ने भएको छ l जुन ९ भोल्ट (बिधुतिय शक्ति )को ब्याट्री (मसला )को हुन्छ भने तिनीहरु १० बर्ष पुराना भएकोले त्यस्ता ब्याट्रीको बदलामा नया आएका र टिक्ने टिकाउ क्षमता भएका बदल्नु पर्ने भएको छ l

राष्ट्रिय स्तर मै यस्ता नया आधुनिक धूवाँ संसूचक परिवर्तन गर्न सबैमा ध्यानाकर्षण गरेको छ l नयाँ कानून अनुसार घर भाडामा दिएका ठूला बहु भवनहरुमा (अपार्टमेन्ट )मा व्यवस्थापन पक्षको जिम्मेबारी रहेको छ l जस्को घरमा हार्ड वायर (मजबूत तार ) जडान भएको छ भने नया नियम प्रभाव नपार्ने भएको छ l

मेरिल्याण्ड महासभाले त्यस्तै प्रकार को मापदण्ड सन् २०१३ मा स्वीकृति गरेको थियो l कानून निर्माता तथा सांसदहरुले पछिल्लो चुस्त र दुरुस्त मापदण्ड गरिएको धूवाँ संसूचक घन्टी सार्बजनिक गर्नुको प्रमुख वास्तविकता नै पुरानो हटाएर नया जडान गर्नु भन्ने रहेको समाचार डब्लुटिओपि डटकमले लेखेको छ l

यसै गरि मेरिल्याण्डमा परिवार नियोजनका गर्भनिरोधक चक्की सम्बन्धि पनि नया नियम लागू गर्ने भएको छ l नयाँ कानून अनुसार प्रयोगकर्ताले बीमा लिनेले भ्यासेकटोमी(पुरुष नसच्छेदन )सहित गर्भ निरोधक आवेदन पत्र बुझाउनु पर्ने भएको छ l बीमाकर्ताले आफ्नो गोजीको पैसा हाल्नु नपर्ने भएको छ l

बीमा कर्ता ले गर्भ निरोध चक्की/गोलि सहित ओखती पसलमा भुक्तानी गर्नु पर्ने छ l यसै गरि महिलाहरुले पनि गर्भ निरोध गर्न ६ महिना सम्म चक्की किन्न पाउने भएका छन् l यसै गरि अन्य गर्भ निरोध शल्य क्रिया गर्दा बीमा संस्थाहरु संग पूर्व स्वीकृति नलिनु पर्ने पनि भएको छ l

यसै गरि भर्जिनियामा पनि जुलाई देखि लागू हुने भएता पनि नया बर्ष देखि नै चालू हुने भएको छ l अब भर्जिनियाका महिलाहरुले गर्भ निरोधक चक्की एकै पटक एक बर्षको लागि प्राप्त गर्न सक्ने भएका छन् l

यसै गरि भर्जिनियामा घर किनबेच हुँदा बार्षिक रुपमा विधिवत गृह सेवा (होम सर्भिस) को लागि पनि नया सम्झौता गर्नु पर्ने भएको छ l अब जस्ले यो सेवा लिने हो उसले आफै सम्पर्क गर्नु पर्ने छ l जुन काम स्टेट करपोरेसन कमिसन ब्युरो अफ इन्सुरेन्स अन्तर्गत डिपार्टमेन्ट अफ एग्रीकल्चर कन्जुमर सर्विस ले हेर्ने गर्छ l

आवास सेवा ठेकेदारहरुले पनि नयाँ नियमको सामना गर्नु पर्ने हुन्छ l

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.