अमेरिका

पेन्टागनको आरोप : सूचना चोरेर चीनले विशाल सैन्य शक्ति निर्माण गर्यो

पेन्टागनले आफ्नो गोप्य सैन्य सूचना चोरेर चीनले विशाल सैन्य शक्ति निर्माण गरेको आरोप लगाएको छ । चीनले प्रमुख विश्व शक्ति बन्ने लक्ष्य पूरा गर्न उच्चस्तरको प्रविधिका लागि अमेरिकामाथि जासूसी गरेको पेन्टागनले जनाएको छ ।

चीनले आयात, प्रत्यक्ष विदेशी लगानी, विदेशमा अनुसन्धान केन्द्रको निर्माण, संयुक्त लगानी, अनुसन्धान र प्राज्ञिक सहकार्य, प्रतिभा भर्तीका साथ–साथै औद्योगिक र साइबर जासुसीमार्फत विदेशी प्रविधि हासिल गरिरहेको पेन्टागनको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टले चीनले यी विधिमार्फत अमेरिकाको संवेदनशील, द्वेध–प्रयोग हुने वा सैन्य–स्तरको उपकरण हासिल गरिरहेको बताएका छन् । अमेरिकाले चीनले उड्डयन र पनडुब्बी हातहतियार प्रविधि समेत हासिल गरेको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले लोकतन्त्र पारदर्शी र विश्वश्नीय सूचनाबिना पूर्णहुन नसक्ने बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सन्देश दिँदै उनले सबैले पत्रकारको अधिकारको प्रतिरक्षा गर्नुपर्ने समेत जनाएका छन् । संयुक्त राष्ट्र संघको कार्यालयले सार्वजनिक गरेको सन्देशमा प्रेस स्वतन्त्रता भए मात्रै पत्रकारको प्रयत्नले सबैका लागि अझ राम्रो विश्व बनाउन मद्दत पुग्ने समेत बताएका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.