अमेरिका

ह्वाइट हाउस अगाडि आगो लगाएर आत्महत्या

एक व्यक्तिले अमेरिकी सदन ह्वाइट हाउस अगाडि आफैंलाई आगो लगाएर आत्महत्या गरेका छन् ।

वासिङ्टन डिसीस्थित ह्वाइट हाउस नजिक इलिप्स पार्कमा बुधबार मध्यान्न ती व्यक्तिले आफैंमाथि आगो लगाएका हुन् ।

उनले शरीरमा आगो लगाएर एताउता कुदेका थिए । तत्काल सुरक्षाकर्मीले पानी हालेर उनको शरिरको आगो निभाए पनि उनी जीवित हुन सकेनन् । आगो लागेका उक्त मानिसको शरीर ८५ प्रतिशत जलेको छ । उनको नाम सार्वजनिका गरिएको छैन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.