अमेरिका

ओआहु टापुमा विमान दुर्घटना,९ जनाको मृत्यु

हवाईको ओआहु टापुमा यात्रुवाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबैको मृत्यु भएको छ।

शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा ९ जना रहेका र सबैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

हवाईको यातायात विभागले विमान दुर्घटना भएको र ९ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ।

स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नि नियन्त्रण विभागमा यो घटना सम्बन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे ६ बजे आएको समाचार लेखेको छ।

खबर पाएपछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन्।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.