अमेरिका

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पलाई कस्को चुनौती ?

सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई कस्ले चुनौती दिने हुन् भन्ने चासो बढेको छ । रिपब्लिकन पार्टीबाट चुनाव जितेर सन् २०१६ मा राष्ट्रपति बनेका ट्रम्पको चार वर्षीय कार्यकाल आउँदो वर्ष सकिदैछ ।

ट्रम्प दोस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने नबन्ने आँकलनहरु भइरहेको छ । विवादास्पद छविका ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार चयन हुने निश्चितप्रायः छ । डेमोक्रयाटबाट उनको प्रतिष्पर्धीबारे चासो बढ्दै गएको छ ।

ट्रम्पको प्रतिष्पर्धी बन्नका लागि चुनावी अभियानका लागि फन्ड संकलन पनि महत्वपूर्ण छ । सन् २०२० मा पार्टीका तर्फबाट उम्मेदवार चयन हुनका लागि डेमोक्रयाट बनी स्यान्डरस बलियो बनेका छन् । उनले झण्डै तीन करोड डलर फन्ड जुटाइसकेका छन् । स्याटरस डेमोक्रयाट उम्मेदवार बन्न हिलारीसँग अन्तिम समयसम्म प्रतिष्पर्धामा थिए ।

उनीपछि एलिजाबेथ वारेनले डेढ करोड र कमला ह्यारिसले झण्डै डेढ करोड फन्ड संकलन गरेका छन् ।

अमेरिकामा सन् २०१६ मा ट्रम्प र हिलारीको चुनावी अभियानका लागि साँढे दुई खर्ब नेपाली रुपैयाँ बराबरको खर्च गरेका थिए । चुनावमा हिलारीको पराजयले उनी पहिलो अमेरिकी महिला राष्ट्रपति बन्नबाट चुकिन् ।

अमेरिकाले अझैसम्म महिला र गैर इसाई राष्ट्रपति पाएको छैन । काला जातिका एकमात्र राष्ट्रपति बाराक ओबामा हुन् । सबैभन्दा बढी कानुन व्यवसायीको पृष्ठभूमिकाहरु राष्ट्रपति बनेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.