अमेरिका भर्खरै

दोस्रो राष्ट्रपतीय बहस रद्द

अमेरिकी राष्ट्रपति पदका लागि प्रतिस्पर्धा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्द गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्द गरेको हो ।

राष्ट्रपति पदका अर्का उम्मेदवार जोए बाइडेनले भने आफू बहसका लागि तयार बताउँदै आएका थिए । राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्ने गरी दोस्रो बहसको तयारी गरिरहेको थियो । राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएकाले दोस्रो बहस भर्चुअल रुपमा गर्ने तयारी भइरहेको थियो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.