अर्थ​

कुवेतबाट फर्केर बाख्रापालन व्यवसायमा

बागलुङ, २४ मङ्सिर । विदेश छिरेका खुङ्गा गाविसका युवा स्वदेश फर्केर व्यावसायिक बाख्रापालनतिर लागेका छन् ।रोजगारीका लागि कुवेत पुगेका खुङ्गा–२ का गणेश थापा, लिलाजङ छन्त्याल्लगायतले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।

विदेशमा खर्चने जति दुःख र मेहनतले स्वेदशमै आत्मनिर्भर हुन सकिन्छ भन्ने विश्वासका साथ युवाहरूले व्यावसायिक बाख्रापालन गर्न थालेका हुन् ।खुङ्गा–२ मा ढोरपाटन कृषि तथा पशुपालन समूह बनाएर उनीहरू कृषि उद्यमतिर अग्रसर बनेको समूहका अध्यक्ष गणेश थापाले जानकारी दिनुभयो ।

पहिलो चरणमा २५ वटा स्थानीय जातका बाख्राबाट व्यवसाय सुरु गरेकोमा अहिले बाख्राका सङ्ख्या थपिएको छ । स्थानीय नौजना युवाहरू समूहमा आवद्ध भएपनि बाख्रापालनका लागि चारजनाले लगानी गरेका छन् ।सुरुमा रु चार लाख १७ हजार लगानी भएको अध्यक्ष थापाले बताउनुभयो ।बाख्रा विस्तार गर्ने, बजारीकरण गर्नेसँगै व्यावसायिक तरकारी खेती पनि सुरु गर्ने तयारीमा रहेको बताइएको छ ।

समूहले व्यवसायबाट आउने कुल नाफाको ५० प्रतिशत समुदाय विकासमा खर्चने उद्देश्य पनि राखेको छ । बाख्रापालन सुरु भएपछि दुई जना स्थानीयले रोजगारीसमेत पाएका छन् ।व्यावसायिक कृषि अपनाउने समूहलाई अनुदान, प्रविधि सहयोग गरिने कृषि प्रसार अधिकृत विप्लब अधिकारीले बताउनुभयो । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.