अर्थ​

“लुम्बिनी जाऔँ, लुम्बिनीमा खाऔँ’

सिद्धार्थनगर, ५ पुस । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवद्र्धनका लागि यही पुस १६ गते लुम्बिनीमा खाद्य महोत्सव हुने भएको छ ।

अङ्ग्रेजी नयाँ वर्षका दिन लुम्बिनी र लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनीका होटल व्यवसायी र सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान)को आयोजनामा खाद्य महोत्सव हुन लागेको हो ।

सानका अध्यक्ष शान्तलाल श्रेष्ठले विभिन्न सङ्घसंस्थालाई साथमा लिई महोत्सव गरिने बताउनुभयो । ‘लुम्बिनी जाऔँ, लुम्बिनीमा खाऔँ र लुम्बिनीमा रमाऔँ’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा विभिन्न देश र परिकारका ६० कक्ष रहने छन् । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.