अर्थ​

विश्वका अर्बपतिहरुमा बिल गेट्स पहिलो, नेपालका चौधरीको सम्पत्ति १ अर्ब ३० करोड डलर

अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालका उद्योगपति विनोद चौधरी यस वर्ष गत वर्षको भन्दा १० स्थानमाथि उक्लिएका छन् । गत वर्ष १,५७७ औं नम्बरमा रहेका चौधरी यस वर्ष १,५६७ औं धनी बनेका छन् ।

चौधरीको सम्पत्ति सन् २०१७ मा १ अर्ब ३० करोड डलर पुगेको छ । उनको सम्पनी २०१५ मा पनि १ अर्ब ३० करोड थियो । तर, २०१६ मा भने उनको सम्पती घटेको थियो । २०१६ मा उनको सम्पती १.१ अर्ब डलर थियो । चौधरी ग्रुपका अध्यक्ष ६१ वर्षीय चौधरी सन् २०१३ मा फोर्ब्समा सूचीकृत भएका हुन् ।

यो वर्ष अर्बपतिहरुको सूचीमा २०४३ जना छन् । पहिलो नम्बरमा अमेरिकी धनाढ्य बिल गेट्स छन् । माइक्रोसफ्टका सह–संस्थापक गेट्सको सम्पत्ति ८६ अर्ब डलर रहेको फोबर््सले जनाएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२० स्थान तल झरेर ५४४ स्थानमा पुगेका छन् । दोस्रो नम्बरमा बर्कशायर हैथवेका प्रमुख वारेन बफेट छन् । उनको सम्पत्ति ७५ अरब ड़लर छ । त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति ३.५ अरब डलर छ ।

टप १० मा तेस्र्रो नम्बरमा अमेजनका संस्थापक बेजास, फेसबुकका मालिक मार्क जुकरबर्ग पाँच नम्बरमा छन् । गत वर्ष जुकरबर्ग छैटौं नम्बरमा थिए । ओरेकलका सह–संस्थापक लैरी एलिसन सातौं स्थानमा छन् । भारतका मुकेश अम्बानी अर्बपतिहरुको सूचीमा ३३ औं नम्बरमा छन् । उनको २३ अर्ब डलर सम्पत्ति छ ।

धनी व्यक्तिको सूचीमा अमेरिकाका ५६५, चीनका ३१९, जर्मनीका ११२ र भारतका १०१ अरबपति अटाएका छन् । रलायन्स इन्डस्ट्रीका मालिक भारतका मुकेश अम्बानी पनि धनी व्यक्तिको सूचीमा छन् ।

फोर्बस पत्रिकाले सूची प्रकाशित गर्न लागेको ३१ औं वर्षमध्ये यस वर्ष सबैभन्दा बढी छलाङ्ग मारेको छ । अघिल्लो वर्षको प्रतिपर्धाले यस वर्ष अरबपतिको संख्या १३ प्रतिशत बढेर २०४३ पुगेको हो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.