विचार

काङ्ग्रेसले सरकारमा माओवादीलाई र जनतामा एमालेलाई बलियोसँग स्थापना गर्दैछ

१. प्रमुख प्रतिपक्षले सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न हुन्छ I
त्यो गर्ने कोशिस गरिरहनु पर्दछ !

कसैलाई अराजनीतिक ढङ्गले विरोध गर्ने छुट होला तर,
राजनीतिक, संवैधानिक र नैतिक आधारमा प्रतिपक्षको त्यो अधिकारलाई चुनौती दिन सकिंदैन I

*****

२. काङ्ग्रेस सबैभन्दा ठूलो दल तर, आफ्नो नेतृत्वमा सरकार निर्माण गर्नसक्दैन र
पहिलो र दोस्रो ठूलो दल भन्दा धेरै परको तेस्रो ठूलो दलको नेतृत्वमा सरकार गठनमा समर्थन गरेको छ I

त्यो सरकारमा सामेल हुने कुरा, र त्यस्तो सरकार कानूनी होला, राजनीतिक र नैतिक हुनै सक्दैन !

******

३. ओली सरकार सक्षम थिएन होला,
नारामा जस्तो इमान्दार पनि थिएन होला ,
सस्तो राजनीतिक प्रचारवाजीमा पनि गएको थियो होला !

*****

४. तर ओली सरकारले केही निकै महत्वका सिर्जनशील काम गरेको थियो !
केही सपना देखाएको थियो I
राम्रो सङ्केत प्रदर्शन गरिरहेको थियो !
नौ महिनामा कति गर्न सकिन्छ ?

महिनौ सम्म विधानअनुसार आफ्ना पार्टीकमिटीहरूलाई पूर्णता दिनसकिंदैन !

विधान अनुसार केन्द्रिय समितिको बैठकसम्म बसाउन सकिंदैन !

आफ्ना भात्रीसंस्थाको अधिवेशन वर्षौंसम्म गराउन सकिंदैन !

त्यस्तो क्षमताका पार्टीहरूले झन धेरैदलको सरकारले कति काम गर्नसक्छ ???

शेर बहादुर देउवालाई र प्रचन्डलाई त्यसबारे राम्रो थाहा छ I

त्यसमाथि आधासमय त भारतीय नाकावन्दीमै वित्यो !

कर्मचारीतन्त्रको आराजकता सबैलाई थाहाछ !

*****

५. भारतको राजनीतिक र सरकारी समर्थनमा नेपालमा राजनीतिक व्यवस्था फेरिएको छ !
भारतले नै उरालेको मधेश आन्दोलनलाई ओलीले सम्वोधन गर्न सकेनन !
हेरी बसे हुन्छ –
प्रचण्डको सरकारले पनि सक्दैन !

*****
६. भारतको होची-अर्घेली, हैकम, दवाव, हस्तक्षेप र नेपालको राष्ट्रिय स्वाभिमानको अवमूल्यन विरुद्ध केपी ओली निष्ठाले हो, नियतले हो वा नियतिले हो ,
चट्टान जस्तो भएर उभिए I
उनले लौ महेन्द्र राष्ट्रवादलाई नै सही,
पहाडी राष्ट्रवादलाई नै सही ,
प्रतिनिधित्व गरेरे !
स्मरण रहोस , त्यही पहाडी राष्ट्रिय चेतनाले नेपाल राष्ट्र निर्माण गर्यो र मधेश, हिमाल, पहाड जोडेर राखेको हो !
त्यो नेपाली राष्ट्रिय चेतनालाई ओलीले प्रतिनिधित्व गरे I
प्रचन्डले पनि गरे भन्ठानेको होइन रहेछ !

*****

७. नेपालको राजनीतिक अस्थिरता, गरीवी र पछौटेपनको एउटा प्रमुख कारण नेपालको भूराजनीतिक सीमा र वन्धन हो I
भूपरिवेष्ठितताको पीडा हो !
त्यसलाई ओलीले संरचनात्मकरुपमा अन्त्य गर्दै थिए I

*****

८. त्यसैलाई कार्यरूप दिन संसारको दोस्रो ठूलो महाशक्ति राष्ट्रको राष्ट्रपति सी जिन्पिंग नेपाल आउंदै थिए I

******

९. यो सबै छिन्नभिन्न बनाइदै छ !

******

१०. सही वा गलत प्रोपोगान्डा रणनीतिमा एमाले माहिर छ !
बेजोड छ !
हिँसा, मुड्की र लाठी संस्कृतिमा दीक्षित माओवादीमा हरिबोल गजुरेल र गोपी अछामी जस्ता अपवादमा होलान I
काङ्ग्रेसमा त्यो क्षमता शून्य जस्तै छ !

******

११. चुनाव जहिले होला एमालेले ओलीको नाउ वेचेर काङ्ग्रेस-माओवादीलाई बढारिदिने सम्भावना नकार्न सकिंदैन !

******

१२. एमालेलाई आफैं चाउरिन समय दिनु नै काङ्ग्रेसकोलागि उत्तम रणनीति थियो !

******
१३. परिस्थितिलाई परिपक्वहुन लाग्नेसमय पर्खनै पर्दछ !
जव एमाले चाउरिन शुरुहुन्थ्यो अनि वाहिरबाट उस्कालागि प्रतिकूल राजनीतिक परिस्थिति निर्माण गरेर काङ्ग्रेसले आफ्नो पक्षमा राजनीतिक पूँजी निर्माण गर्न सक्थ्यो !

******

१४. अहिले त लाग्दै छ – काङ्ग्रेसले सरकारमा माओवादीलाई र जनतामा एमालेलाई दीगो रुपमा स्थापना गर्दै छ !