विचार

नेपाली भाषाको मर्यादा वा मानकलाई वेवास्ता अस्विकार

संसारमा तेस्तो कुनै बस्तु/बिषय अपरिवर्तनीय छैन, जो समय अनुसार परिवर्तन नहोस । समय पनि परिवर्तन हुन्छ । पृथ्वी,चन्द्र,सूर्य लगायतका खगोलीय पिण्डहरुको गति, यती(आकार-प्रकार), ताप-चापसमेत परिवर्तन भैरहेको हुन्छ ।

रह्यो नेपाली भाषाको प्रकृति वा जटिलताको कुरा- नेपाली मात्र होइन अन्य सबै भाषाका आ-आफ्ना प्रकृति वा जटिलता र बिशेषता रहेका छन् । सबै भाषाहरु भूगोल वा जाति अनुसार फरक वा परिवर्तनशिल पनि छन् । परिवर्तन हुनु वा परिमार्जन गर्नु स्भाविक र आबश्यक पनि हुन्छ ।

भाषा विज्ञान हो तर गणित भने होइन | यो मानिसको शरिरको गति, ध्वनि र अनुहार(अङ्गहरु)को हाउ भाउसँग पनि सम्बन्धित छ | नेपाली संस्कृति वा हिन्दु परम्परा विश्वको प्राचिन र सम्पन्न स्रोतहरुबाट निर्माण भएको भएता पनि समयानुकुल गती लिन वा विकाश हुन नसक्नु वा यसको प्रचार, बिस्तार र बजार ब्यापक हुन नसक्नु एउटा कुरा हो । तर पनि विश्वका अन्य भाषा संस्कृति वा सभ्यतासँग प्रतिष्पर्धा गर्न नै नसक्ने कमजोर अबस्थामा  पछाडि परेको भने होइन । यो अन्य विकशित वा बिस्तारित भाषाहरुको तुलनमा कुनै विज्ञान वा स्रोत नै नभएको भाषा पनि होइन | तर नेपाली जाती र भाषीका मौलिक पहिचानहरुमाथि,यिनको अस्तित्वमाथि अस्वभाविक खेलबाड,अपमान,अबमुल्यन,अतिक्रमण आदि नकारात्मक प्रहारहरू नियोजितरुपमा पनि भैरहेका छन् ।

यस्ता उदाहरणहरू धेरै हुन सक्लान् तर सामान्य उदाहरणहरूमा हामी नै एकातिर यस्लाई राज्यसत्ताले जबरजस्ती थोपरेको शासकीय भाषा, खस वा गोर्खा भाषा हो पनि भन्छौं । अर्कातिर मदेशीमूलका नेपालीको हकहितको वकालतमा अभ्यासरत विद्वान सिकेलालहरू ‘अङग्रेजहरुले गोर्खाली सिपाहीहरुका लागि भाषाको रुपमा तयार पारिदिएका हुन्।’ भनेर यही कुरा यसै भाषमा लेखेर लेखन वृती पनि कमाइ रहनु भएकै छ । यो बाहेक हामी सामाजिक सन्जाल भनिएका फेसबुकहरूका स्टाटस लेख्दा होस साथी-सङ्गीहरूसँगको च्याट चिठी पत्रहरूमा पनि नेपाली भाषा व्याकरणको झमेला भोगिरहेका छौं ।

सामान्यतया कुनै पनि विकसित भाषा, साझा भाषा वा सम्पर्क भाषाको विकास ख्याल ख्यालमा कसैको लहड वा सनक र स्वार्थमा मात्र हुन सक्दैन । यसको लामो इतिहास, प्रयोग, परम्पराका कारणहरुमा विज्ञानसम्मत विकाश र प्रभाव प्रमुख पक्ष हुन्छन । जब कुनै पनि विषयको विकाश प्रक्रियाका बारेमा विज्ञान र प्रभाव नै मलाई स्वीकार्य हुँदैन भने मैले मेरो व्यक्तिगत अस्तित्व वा पहिचानका बारेमा मात्र होइन आफ्नो जन्म प्रक्रियाका बारेमा पनि शंका किन नगर्ने सोच्नु पर्छ ।

नेपाली मात्र होइन कुनै पनि विकशित भाषाको इतिहास र पहिचान विशिष्ट परम्पराको स्रोतबाट नै विकाश भएको हुन्छ । मैले मेरो वर्ग,वर्ण,जात वा समुदायसंग मात्र जोडेर त्यसको अस्तित्व र प्रभाव स्विकार नगर्नु अरुलाई मेरो पहिचानकाबरेमा पनि त्यही नै सन्देश दिनु हो । अहिले भइरहेका नेपाली भाषाको प्रभाव र विशिष्ट पहिचानलाई अस्विकार वा भ्रमपूर्ण प्रचार पनि त्यसैको प्रतिछायाँहरू हुन् । यस्ता प्रचार वा प्रहारमा तपाईं हामी जानेर नै वा नजानेर पनि लागिरहेका छौं | नजानेर लागेको अवस्थामा यो सच्याउन र स्विकार गर्न सकिन्छ तर जानेर नै लागेको अवस्थामा यस्ता प्रयासको कुनै अर्थ लाग्दैन |

नेपाली भाषामा केही जटिलता वा समस्याहरु पनि छन् । कुनै सर्वसम्मत  मानक बन्न सकेको छैन | माथि चर्चा गरेअनुसार नै ह्रस्व-दीर्घ वा इ-ई र उ-ऊ,सग्ला,आधा अक्षर,चन्द्र विन्दु वा ञ, न,ण,ऋ जस्ता अक्षरका केही समस्या र विवाद पनि छन | तर सुक्ष्मरुपमा हेर्दा अन्य भाषामा  पनि  यस्तो समस्या र विवाद हुन्छ । हामीले जानेको वा प्रयोग गर्ने अङ्ग्रेजी भाषमा अमेरिकन वा वृटिशका बिचको भिन्नताका बारेमा हामीलाई थाहा नै नभएको होइन । र, नेपालीमा पनि त्यस्तो हुनुमा भाषाको कुनै विज्ञान वा स्रोत र सभ्यता नै छैन भनेर कमजोर ठान्नु वा हेला गर्नु अाफ्नो मौलिक वा विशिष्ट पहिचानको ज्ञान नहुनुको हिनताबोध मात्र हो | अाफूले नजानेको नबुझेको वा अप्ठेरो लागेका कारणले मात्र अाफ्नो भाषाका बारेमा नकारात्मक धारणा बनाउनु ना नकारात्मक प्रचार गर्नु पनि हाम्रो कमजोरि नै हो |

नेपाली भाषाका बारेमा पनि यो पङ्तिकारको सामान्य बोलिचाली वा सामान्य लेख-पढको अनुभव बाहेक कुनै विशेष अध्यन वा ज्ञान छैन तर पनि यती के विश्वास छ भने -‘नेपाली भाषा लामो सभ्यता र स्रोत सम्पन्न वा विज्ञान सम्मत भाषा हो | यस्को सर्वमान्य मानक सके राज्यले यस्का विद्वानहरूसँगको समन्वयमा तयार गरिदियोस र राज्यले नसके पनि यस्का विद्वानहरूको पहलमा नै सही तयार पारिएको मानकको मर्यादा हामीले पनि कायाम गर्न प्रयास गारौं |’

हामी नेपालीको अलिक धेरै पहुँच र ज्ञान भएको भाषा अङ्ग्रेजी नै हो | यस भाषाका बारेमा पनि यो पङ्तिकारको ठूलो दखल छैन | यो भाषाका बारेमा पनि सामान्य केही अस्वभाविक लाग्न सक्ने प्रश्नहरु छन् | तर ती अस्वभाविक लाग्न सक्ने प्रश्नहरु हुँदा हुँदै पनि यो भाषाका बारेमा तेती धेरै अस्वभाविक प्रश्न वा विवाद सतहमा देखापरेको देखिँदैन किन ? यसका केही सामान्य शब्दको बनौट र ध्वनीका बारेमा हेरौं त- go-do, teeth-teach, to-too, total-together-tution, zoo-jupiter, tree-trick, know-snow, now-nub, hook-hug, keep-kiper, you-your, man-women लगायत अरू धेरै ुउदाहरण हामी अनुमान गर्न सक्छौं ।

यी ज्यादै सामान्य उदाहरण हुन्, जनसाधारणले नि’ बुझ्ने |  यसका विज्ञ, अनुसन्धानकर्ता वा अग्रजहरुले अरु गहन उदाहरण दिनुहुनेछ । नेेपालीमा ह्रस्व वा दीर्घ र मात्राहरुको जात्रा भएजस्तो अङ्ग्रेजीमा पो छैन र ? माथिका उदाहरणलाई के मान्ने ? स्वर वर्ण, ब्यन्जन वर्ण यता हामी नेपालीमा कुरा गर्छौं उता अंग्रेजीमा पनि auxiliary verb र  verb बीच  भिन्नता छ नै । सानो उदाहरण go र do मा फरक ध्वनी हुन्छ |  यस्ता उदाहरण तपाईं विज्ञ पाठकहरुसँग अनगिन्ती नै छन पक्कै तसर्थ यो पङ्तिकार थप बाठो बनेर सिकाउनु जरुरी छैन |

हामीले अाफूले नजानेको वा नबुझेको वा गाह्रो लागेको सबै कुरा गलत वा त्रुटिपूर्ण मान्दैनौं | कुनै पनि कुरा नजान्न सकिन्छ | मन नपर्न पनि सक्छ | मानौं आफ्नो अनुहार अगाडिको नाकमा यदा कदा सिँगान पनि बग्छ तर सिँगान पुछेर फाल्ने कि नाक काट्ने त ? मन नपर्नु,आफूले नजान्नु वा नबुझ्नु,रिस उठ्नु पनि तेस्तै कमजोरी वा बिकारजस्तो मात्र हो | सबै कुरा सँधै सबैले जान्न पर्छ वा जान्न सक्छ भन्न पनि सकिन्न | यस्ता अाफूलाई मन नपरेका  समस्याको अस्तित्व नै नस्विकार गर्ने वा तेस्को अस्तित्व नै समाप्त गर्नु पर्छ ठान्नु पनि दुस्साहस हुनसक्छ | त्यो दुस्साहसले आफ्नै पहिचान वा अस्तित्वका बारेमा पनि प्रश्न गर्न सक्छ ।

हामी नेपाली भाषाका बारेमा ह्रस्व- दीर्घ वा अन्य केही अक्षरहरूको प्रयोगको सान्दर्भिकताको प्रश्न गर्छौ । भाषाको काम सन्देश सम्प्रेषण गर्नु मात्र भएकाले व्याकरणको जटिलतामा जानु किन भनेर प्रश्न पनि गर्छौं । तर हामी नेपाली भाषीहरू नै अङ्ग्रेजीमा कुनै अक्षर वा शब्द कसैले गल्ति लेख्दा तुरुन्तै नाक खुम्च्याइ हाल्छौं । अङ्ग्रेजीमा अाफूले नै जानेर वा नजानेर गल्ति लज्जा बोध हुन्छ । तर आफ्नो भाषामा भने किन जानाजानी कुनै मापदण्ड वा मर्यादा ख्याल गर्दैनौं ? यो टिप्पणिकर्ताको अाग्रह के मात्र हो भने- हामी सवैले भाषामा पू्र्ण दखल राख्न सक्छौं वा राख्नु पर्छ नै भन्ने होइन तर भाषाको काम सान्देश सम्प्रेण गर्ने मात्र ठानेर यस्को मर्यादा वा मानकलाई वेवास्ता भने गर्नु हुन्न ।

स्रोत: प्रयास २०१६