विचार

भाषाको निर्देशनात्मक अराजकता

NishaAryalडा.मतिराम ढकाल अनुसार नेपाली लेख्य वर्णमालामा नै क्ष, त्र,  ज्ञ संयुक्त वर्ण पढ्दै आएका छन । भाषामा प्रयोक्ताको स्वतन्त्रता मा भाषाविदले अंकुश वा आदेश जारी गर्न सुनाउदैन । मेरा विचारमा नेपालीलाई कालासह बनाउन जरूरी छ । यसको रचना व्याकरण विरूद्ध न होस । यस्मा मात्र यस्ता शब्दहरू प्रयोग होस, जो विशेष व्यापक छन । अर्थात जसलाई सबै जिल्लाका मानिसले बुझ्न सकुन । देश भरी हुन्छ हुदैन र हुने हो भने पनि कहिले हुने , यो निश्चयपूर्वक भन्न सकिन्न । तर तबसम्म नेपालीलाई व्यापक बनाउदा नै लाभ होला । जब बोलीबाटै भाषा र भाषणबाट साहित्य वा लेखन भाषा बन्दछ अनी सुबोधता एवं स्पष्टता सर्वाधिक काम्य हुन्छ ।

आज नेपाली अनेपाली भाषी क्षेत्रमा व्यापक रूपमा अध्ययन अध्यापन हुन सक्नु पर्यो । उनीहरूको अपठ्यारोलाई बुझ्न सक्नु पर्यो । वर्णविन्यासको अविचारित विविधताले अध्ययन कर्तालाई बढी अपठ्यारोमा पार्छ ।अत: भाषामा लेखन सम्बन्धी जति सुविचारित एकरूपता हुन्छ तेती नै सिख्न र बुझ्न सुगम हुन्छ । भाषालाई बग्दो नीर भनिन्छ । बड़ी सार्थक अभिव्यक्ति हो यो ।प्रवाहमा ढुँगा ,रोड़ा , कसिंगर , पात आएर मिसिन्छन । जुन स्वीकार्य हुन्छन । ती सुडौल भएर आउँछन । र , जुन प्रवाहसंग एकरूपता हुदैनन तिनीहरूलाई प्रवाहतरहरूलाई समर्पित गरेर अधि बढ्छ । नेपाली सम्बन्धी यी कुरा राम्ररी देख्न सकिन्छ ।

लेखनी संबंधी एकरूपताको आधार तत्त्व हो – भाषाको आफ्नो प्रबृति , उच्चारण एवं व्यावहारिक सुविधा । उच्चारण महत्वपूर्ण तत्व हो , तर भांषाको प्रबृति अनुरूप व्याभारिक सुविधा सामु त्यसको पालन अनावश्यक रूपबाट दुराग्रही हुने स्थितिबाट जोगिने नै श्रेयस्कर होला ।
यी भाषिक चर्चामा मैले ध्यान दिनु हुन्छ कि हुन्न म भन्न सक्दिन । निरन्तर परिवर्तन गर्नाले प्रयोक्ता अल्मलिने र भाषाको मौलिक रूप पनि अस्थिर हुने डर हुन्छ । नेपालीले पनि बढी सजाता अंगाल्नु पर्दछ । म बढी बोलें कि ?

प्राध्यापकहरूले शुक्रवार संयुक्त विज्ञप्ति जारी गरी नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भएको र यसले नेपाली भाषा लेखनलाई अस्तव्यस्त तुल्याउने बताएका छन । नेपाली भाषाको लेख्य मानक प्रयोगलाई केही समयदेखि केही व्यक्ति र निकायले जवर्दस्ती भत्काइ दिए नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भइरहेको भन्दै प्राध्यापकहरूले आपत्ति जनाएका छन ।

परिवर्तनको नाममा अस्तित्वलाई नै संकट पार्ने कार्यलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौ | राष्ट्र र राष्ट्रीयताको संरचनाको प्रमुख आधारका रूपमा रहेको नेपाली भाषाको लेखन पद्धतिलाई विकारी नेपाली भाषाको अस्तित्वलाई संकटमा पार्ने काम कहीं कतैबाट हुनु हुदैन |

राष्ट्रभाषा , साझा भाषा , सम्पर्क भाषा र माध्यम भाषाका रूपमा विकसित नेपाली भाषाको अन्तराष्ट्रिय विस्तार र विश्वव्यापीकरण भइसकेको अवस्थामा नेपाल कै केही व्यक्ति र निकायबाट सो भाषाको मानक लेख्य स्वरूपलाई भत्काएर विकृत तुल्याइ नेपाली भाषाप्रति नकारात्मक धारणा भएको छ भन्ने मेरो पनि ठम्याई छ । भाषाको परिवर्तन जनस्तरलाई स्वीकार भएपछि मात्र प्रयोगमा आउनु पर्नेमा कसैको लहड र परिपत्रका नाममा जवर्दस्ती लादने प्रक्रिया गलत भएको म एउटा साधारण नेपाली मलाई पनि लाग्दछ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.