विचार

ए प्रचण्ड काका प्रभुको दर्शन गरेर के भेटी चढाएर आउँछौ ?

mahesh-nepal1जसले मानवियता सम्म बिर्सिएर नाकाबन्दी गर्छ । जसले दिन दहाडै हाम्रा चेलिबेटिहरु बलात्कार गर्छ, जसद्वारा हाम्रा नागरिक र प्रहरीनै निर्घात तरिकाले कुटिन्छ्न । जसद्वारा सयौँ हेक्टर जमीन रातारात मिचिन्छन, जसको अत्याचारले बेलुकी नेपाली भुमिका सुतेको मान्छे बिहान इण्डियन बन्छन । तर हाम्रा नेता  भनाउँदाहरु, अझ मधेशमा राजनिती गर्छु भन्नेहरु ईमान्दार कुत्ता झैं ईण्डियन नाइकेहरु प्रती बफादार हुन्छ्न । यी निच र घटिया शब्द प्रयोग गर्न तिमीहरुले नै बाध्य बनाएको हौ । जसले जनताको नाममा राजनिती गर्छु भनेर नेपाल आमालाई दिन दिनै बलत्कार गरिरहेछन, किस्ता किस्ता मा देश बेचिरहेछन ।

ए ढोँगिहरु हो नेपालका गाउँगाउँमा गएर गरिब जनताको घर चर्किने गरि भाषण ठोक्न सक्छौ, चिच्याउन सक्छौ तर ती भारतिय लुटेराहरुलाई किन आफ्ना समस्या राख्न सक्दैनौ ? प्रधानमन्त्री हुने बित्तिकै आशीर्वाद लिन जान बाईस पच्चिस करोड रित्याएर, देशलाई कँगाल बनाएर जानेहरु हो, जनताको घरमा के पाकेको छ भनेर एकदिन सोध्न गएका छौ? जनता कुन समस्यामा कसरी जीवन गुजार्दै छन भनेर एक दिन त्यो मुखले सोधेको छौ ? प्रधानमन्त्री, मन्त्री भएसी दारा ङिच्च देखाउँदै जनताकोमा जानेकि अन्त ? को हुन तिमिलाई त्यो ठाउँमा पुर्याउने ? तिमीहरुलाई कुत्ताको दर्जा दिनुपर्दा यो मन कम्ती रोएको छैन । तर तिमिहरुको ब्यवहारले त त्यो दर्जाको नी अपमान हुन्छ । जनता बाट सम्मान चाहनेले जनताको पनि सम्मन गर्न पर्लानी ?
देशको बारेमा सोच्न के मैले मात्र ठेक्का लिएको छु र ? के मेरो मात्र देश होर ? कहिले काहीँ मन यति धेरै तात्छ, बिथोलिन्छ । आक्रोश शिथिल हुन्छ र ठण्डा मनले सोच्छु एक एक गरेर त हजार बन्छ । एक एक थोपाले त सागर बन्छ । म जस्तो युवाले निच मारेर जे भएनी होस भनेर सोच्ने र देश नालायकहरुलाई सुम्पिने हो भने देश कसरी बन्छ ? अरुले गरिदेलान र ठूलो भाग खाउँला भनेर नै त यस्तो भएको हो । हरेक नौ महिना, एक बर्षमा सरकार परिवर्तन गराउने र  सरकार परिवर्तन गराएर हरेक साल नयाँ-नयाँ योजना आफ्नो हातमा पार्ने कुटिल चालबाजीमा हमेसा हाम्रो नेतृत्व पङ्ती परिरहेको छ, देश भड्खालोमा दिन प्रतिदिन जाकिरहेको छ । जो प्रधानमन्त्री जान्छ कि सम्झौता गरेर आउँछ कि देश बेचेरै आउँछ । कोहि चोखो बनेन, जो गए आशीर्वाद लिएरै आए, दान दक्षिणा दिएरै आए ।
कोशी बेचियो, कालापानी बेचियो, सुस्ता बेचियो, गण्डकि बेचियो, कर्णाली बेचियो । किस्ता किस्तामा देश बेचियो । जमिन त बेचियो-बेचियो देश बिकाशको आशा बोकेको राष्ट्रीय गौरबका एक-एक योजना बेचियो । काँग्रेसले बेच्यो, एमालेले बेच्यो, राजाबादिले बेचे, माओबादिले बेचे । बाँकी कस्ले नै राख्योर ?  आखिर देश बेचेरै खाने नियत भएपछी कस्को के लाग्दो रहेछ र ? काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ।
सत्ता बाहिर हुँदा बिस्तार बादी भन्यो, जनताको रगत उमाल्यो । काँग्रेस भारतको भक्त भो भन्यो, एमालेले भारतको पाउ मोल्यो भन्यो, माओवादी भारतसंग लम्पसार पर्‍यो भन्यो । जब न्वारान देखिको बल लगाएर सत्तामा पुगिन्छ अनी खोक्रा राष्ट्रबाद बागमतिमा सेलाईन्छन । र सुरु हुन्छ दर्शन भेट प्रतक्ष्य अप्रत्यक्ष्यरुपले प्रभुहरु संग । कुनै राजनितिक पार्टिले आदर्श नछाँटे हुन्छ । अहिले सम्म कुनै माईकलाल त्यस्तो छैन जसले देश नबेचेको होस । जसले देशको अस्मिता नलुटेको होस । तर धेर थोर मात्रै हो, अहिले सम्म देखा नपरेकाको कुरा नगरौं । यी सब बन्न गएका हुन, बनाउन हैन ।
एक रुपैंया चोरेनी चोर, एक अरब चोरे पनी चोर । आखिर चोरको हैसियत चोर नै हो, दुनियाले चोर नै भन्छ । केबल नभन्लान तिनका जुठो खाएर हुर्किएकाहरुले र जुठो खान पाईन्छकि भनेर ढुकेकाहरुले । यो देशमा त एक पुस्तै परिवर्तन गर्ने बेला आएको छ । यसले राम्रो गर्लाकी भन्यो आश गर्‍यो, राम्रो उसले गर्लाकी भन्यो आश गर्यो । यहाँ त आश गर्दा गर्दै ३ पुस्ता बित्यो तर देश बनेन। हिजो भन्दा आज, आज भन्दा भोली झन देश सकिँदैगो । देश कमजोर बन्दैगो, देशको स्वाभिमान दिनदिनै गिर्दैगो ।
देशमा परिवर्तन हुँदा त मान्छे खुसी हुन्छ्न । आफ्नै शासन ब्यवस्था आउँदा भोकभोकै भएपनी सुखको श्वास फेर्छन । तर यो देशमा कस्तो परिवर्तन हो जस्लाई धिक्कार गर्नुपर्ने ? पुराना दिन सम्झी सम्झि थुक्क गर्नुपर्ने ? प्रजातन्त्र र गण्तन्त्रलाई सँधै सराप्न पर्ने । यो देशमा के त्यस्तो अदृश्य शक्ति छ जसले सँधै नराम्रो मात्र गराउँछ । जनतालाई बिचलित मात्र गराउँछ ? देशको अवस्था दिन प्रतिदिन नाजुक मात्र बनाउँछ ?
अहिले त आम मानिसले यस्तो सोच्न थालेका छन; हिजोको राजतन्त्र-राणाशासन नै ठिक रहेछ । जुन बेला देशमा यति धेरै ऐतिहासिक धरोहर बने । जसमा आज हामी कार्यालय, मन्त्रालय राखेर देश हाँक्दैछौं । सिँह दरबार, बबरमहल, केशर महल, रानी पोखरी, घण्टा घर, राजदरबार, धरहरा, विभिन्न मठ मन्दिर यसका उदाहरण हुन । बहुदल आईकन के त्यस्तो विकास भो ? मात्र सबै भुक्न जान्ने भए, देश लुट्न जान्ने भए । हिजो एक राजा थिए, अहिले टोल टोलमा राजा भए ।  महेन्द्र राज मार्ग, बिराटनगर जुट मिल, हेटौँडा चिनी कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना आदि यी सबै स्वदेशमा नै रोजगारी श्रीजना गर्ने कल कारखाना कस्ले बनायो?
छातिमा हात राखेर भन्नुस यी सबै कारखाना बेचेर कस्ले खायो? देश रित्याउने बेलामा तिमिहरु रित्याउने,हजारौं युवा हरुले स्वदेशमै रोजगारी पाउने उद्योगधन्दा तिमिहरु सिध्याउने अनि हामी युवा परदेश पसेर तिमीहरुको शासन सत्ता हाँक्नलाई रेमिट्यान्स पठाईदिन पर्ने ? लाज पचेका नकचराहरु सँधै हामिले तिमिहरुलाई खबरदारी गरिरहनुपर्ने ? यसो नगर उसो नगर भनेर हात जोडिरहनुपर्ने ? तिमिहरु नरपशु हौ कि मान्छे हौ ? अलिकती हिनताबोध सम्म नहुने कस्तो मान्छेको जुनि पाएछौ कठै ! हुन त हामी बोलेर, कराएर, चिच्याएर त तिमिहरुलाई के नै फरक पर्छ र ! तर पनी हामी जनताको मन न हो । बरु तिमिले करोडौँ सिध्याउ तर हे प्रचण्ड काका अलिकती दया राखेर देश चाहिँ नबेचिदेउ है ???  देश रहेन शासन गर्न पाउँछौ । जय देश ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.