विचार

पितृ श्राद्धको महिमा

एकाकियों तिलैमिश्रांस्री स्र्त्रीन दयाज्जलान्जलीन ।
भावज्जीवकृतं पापं ततक्षादेव नश्यति ।

nisha-aryalजसले आफ्ना पितृहरूलाई तिलमिश्रित जलले तीन पटक अन्जुली प्रदान गर्दछ । उनीहरूको जन्मदेखि तर्पणको दिन सम्मको पापहरू नाश हुन्छ । जुन कुरा श्रद्धापूर्वक गरिन्छ त्यो श्राद्ध हो । प्रेम र पितृका निम्ति ,उनीहरूको आत्माको तृप्तिका लागि श्रद्धापूर्वक जे अर्पित गरिन्छ त्यो श्राद्ध हो ।

हिन्दु धर्म लगायत सबै जैन,मुस्लिम,येहुदी, क्रिश्यन् आदि धर्मका ग्रन्थहरुमा माता-पिताको सेवालाई सबैभन्दा ठूलो पूजा अर्थात् धर्म मानिएको छ । हिन्दु धर्म शास्त्रहरूमा पितृ श्राद्ध गर्न पुत्रको अनिवार्यता वताएको छ । जन्म दाता माता – पिताको मृत्यु उपरान्त मानिसले नविर्सिउन, यस कारण श्राद्ध गर्ने विशेष विधान वनाइएको पाइन्छ जुन त्यो तिथिमा सबै धर्मका मानिसहरुले आ-आफ्नो संस्कार अनुसार आफन्त बोलाएर प्रे गर्ने र केहि चलन अनुसारको खुवाउने चलन इजरायलमा पनि हामीले देख्दै आएका छौ। हिन्दु धर्ममा भाद्रपद पूर्णिमा देखि आश्विन कृष्णपक्ष अमाबस्यासम्म सोह्र दिनसम्म दिइने तर्पणलाई पितृपक्ष ( सोलह श्राद्ध ) भनिन्छ । यसमा हामी आफ्ना गच्छे, श्रद्धाले पितृहरुको सेवा गर्दछौँ ।

आश्विन कृष्ण प्रतिपदा देखि अमावस्यासम्म ब्रह्माण्डको उर्जा तथा त्यस उर्जासंगै पितृप्राण पृथ्वीमा व्याप्त रहन्छ । धार्मिक ग्रन्थहरूमा मृत्युपछि आत्माको स्थितिको बडो सुन्दर र वैज्ञानिक विवेचन पाइन्छ । मृत्युपछि दश मात्र र षोडशी-सपिण्डनसम्म मृत व्यक्तिको प्रेत संज्ञा रहन्छ । पुराणहरूको अनुसार त्यो सूक्ष्म शरीर जुन आत्मा भौतिक शरीर छोड़े पछि धारण गर्दछ प्रेत हुन्छ । प्रियका अतिरेकको अवस्था ‘ प्रेत ‘ हो । किन भने आत्मा जुन सूक्ष्म शरीर धारण गर्दछ त्यस भित्र मोह, माया, भोक र प्यासले समाहित हुने हुनाले ” सपिण्डन” पछि त्यो प्रेत, पितृहरूमा सम्मिलित हुन्छ भन्ने भनाई रहेको छ शास्त्रमा ।

पितृपक्ष भरी जुन तर्पण गरिन्छ त्यसबाट पितृगण स्वयं आप्यापित हुन्छन । पुत्र या उसको नाउँबाट उसको परिवार जसले जौ र चामलको पिण्ड दिन्छ, त्यसमध्ये अँश लिएर त्यो अम्भप्राणको ऋण चुकता गर्दछ । ठीक आश्विन कृष्ण प्रतिपदाबाट त्यो चक्र उर्ध्यमुख हुन लाग्छ । १५ दिनसम्म आ-आफ्ना भाग लिएर शुक्ल पक्षको प्रदीपदादेखि पितृ त्यही ब्रह्माण्डीय उर्जाका साथ फिर्ता जान्छन रे त्यसैले यसलाई पितृपक्ष भनिएको हो भन्ने कुरा मैले यसो नेटमा सर्च गरेर पढ्दा थाहा पाएकोले सबै माझ राख्न मन लाग्यो |

मलाई जन्म दिने बाबा र कर्म दिने बाबाको तिथि सोर्ह श्राद्धको चौथी तिथि (जन्म दिने बाबा) र पंचमी तिथि (कर्म दिने बाबाको ) रहेको हुँदा म परदेशी छोरी र बुहारी र गुरुको चेली भएर अरु केहि गर्न नसकेपनि आज तृतीयको एकछाकीको दिनदेखि एकछाक पवित्र खाई वहाहरुलाई स्मरण गर्दै इश्वरको चरण प्राप्तिको कामना गरी श्रद्धा-सुमन अर्पण गर्दै हाम्रो कर्म र जन्म र ज्ञानसंग जोडिनु हुने दशौ पुस्तासम्मका पितृदेवहरु तथा गुरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै मोक्ष प्राप्तिको कामना गर्दछु |

पिताको सम्झनामा श्रद्धा सुमन

धीर गंभीर
गृहस्थ फकिर सटीक मितभाषी
बद्री अर्याल सप्तरी वासी
कृष काया
बर जस्तो छाँया
तार्किक दार्शनिक
आस्तिक बैज्ञानिक
एक उमेर सरकारी जागीर
पिता जस्तो
बन्ने कोशिशमा म ।
फेरि एक दिन
अनुभूत भयो
म त !
आफ्नो पिता जस्तो बन्न सकिन्
मेरो छोरो
म जस्तो भयो
त्यै नै सत्य हो
म जे हूँ
त्यो भ्रम हो
हरेक छोरा आफ्नो उमेरको
पचासौं बर्षमा
यो कविता लेख्छ
यस्तै रहेछ जीवन क्रम |
न तंत्र वीराजायन्ते न रोग्यं न शतायुष : ।
न च श्रेयेब्रिधि गच्छति यत्र श्राद्ध विवर्जित ।।
– हरित स्मृति

श्राद्ध न गर्ने कुटुम्बमा पुत्रको जन्म हुँदैन । कुटुम्बमा रोग लाग्छ । कुटुम्ब जनहरूमा आयुष्य कम हुन्छ । त्यो कुटुम्ब कुनैपनि प्रकार उन्नति गर्न सक्दैन । कुनै न कुनै दुखले सताइरहेको हुन्छ । यसकारण दुख नाशक श्राद्ध श्रद्धा राखी सबैले अवश्य गरौं ।

मैले आफ्ना स्वर्गवासी बुबाको सम्बन्धमा कविताबाट भाव प्रकट गरी यहाँहरूका सामु पस्केकी छु र केहि पितृ-पिताका पक्ष अज्ञानी मनले यसो भन्न मन लाग्यो । सदियौं देखि नेपाल भूमि र यसका संस्कार कौतुहलको विषय रहदै आएको छ । कतै पशुपक्षी प्रति उदारता छ भने कतै नदी नाला, बृक्ष, जंगलको पूजा आराधना वा कृतज्ञताको परम्परा । नेपाली संस्कृतिको विशाल हृदय यस सृष्टिमा व्याप्त एक एक कण प्रति त्यति नै व्याप्त छ । जति कुनै आफ्ना निकट सम्बन्धी प्रति ।

म आफ्नो कुरा गर्छु पितृ-पिताजीको । हाम्रो संस्कार, हाम्रो सभ्यता जीवित मात्रै होइन अपितु दिवंगत आत्मा प्रति आफ्नो उत्ति नै जिम्मेवारी दर्शाउँछ र हुनुपनि पर्दछ भन्ने मलाई लाग्छ । हाम्रो संस्कारले हामीलाई हरेक प्रकारबाट मानव धर्मको सेवा र व्यक्तिको सम्मान गर्न सिकाएको छ । हुन त हाम्रा बाबा हामी बीच हुनुहुन्न तथापि मानव धर्म प्रतिको लगाव वहाँ कै प्रेरणा र आदर्शबाट भएको हो । हाम्रो शास्त्र अनुसार मेरो बाबा आत्मा देव तुल्य हुन हुन्छ । हाम्रो कुलको संरक्षक र बर्धक हुनु हुन्छ पिताको रूपमा । माता पिता पूर्व जन्म हो भने हामी छोराछोरी नाती नातीना पुनर्जन्म । हामी आमा, बाबाका अवतार हौ । हामीलाई स्वर्गबाट बाबाले अार्शीवाद बर्षाइ रहनु भएको छ भन्ने सदै मलाई भान भइरहेको छ ।

हाम्रो संस्कृतिको पहिचान हो माता पिताको पूजा गुरू – शिष्य परम्परा । हाम्रो रीतिथीतिमा आफ्ना पूर्वजहरूको स्मरणलाई सदा सदाका लागि मात्र होइन आफ्नो परिवारमा सजिव राख्न वहाँहरूको उद्देश्य, कार्यहरू एवं सदगुणहरूबाट सबैले प्रेरणा पाउन र वहाँलाई यस मोहरूपी संसारबाट मोक्ष दिलाउन सकौं । यस प्रकार श्रद्धा कर्म पितृ-पितालाई तर्पण र वहाँको आर्शीवाद प्राप्त गरेर उन्नति गर्न सकौं । यसकारण श्राद्ध पक्षमा बरू कुनैपनि शुभकार्यको शुरूवातमा वा विशेष अवसरमा श्राद्ध कर्म पूरा विधि विधानबाट सम्पन्न गरिन्छ जुन मैले बाबाको निधनमा गर्न नपाए पनि ससुरा बाबाको सुसार गरेर आफ्नो सम्पूर्ण बुहारीले गर्नु पर्ने कर्तब्य पुरा गर्ने अबसर प्राप्त गरे ।

त्यसैले मलाई लाग्छ यो परम्परा यस कारण पनि आवश्यक छकि जसले कर्तब्य बोध र आफ्नो पनको सम्झना गराई रहन्छ अनि व्यक्तिलाई यस लोकमा भन्दा परलोकमा उसका पूर्वज रहने विश्वास जस्को उ अंश हो । वहाँहरू प्रति केही नैतिक जिम्मेवारी हुनाले उहाँहरुको सम्पूर्ण निष्ठावाट आफ्नो दायित्व पूरा गर्नु छ भन्ने मलाई सधैब लाग्छ

ओम् पितृ देभ्यो नमो नमः

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.