विचार

किस्ता किस्तामा देश बेचिँदै गए नेपाल भारतमा बिलय नहोला भन्न सकिन्न

mahesh-nepalयति नमिठो र अप्रीय कुरा मन नहुँदा नहुँदै पनि, कलम नचल्दा नचल्दै पनि लेख्न बाध्य भएको छु । लेख्न सुरु गर्दै गर्दा पनि मन चिसो भएको छ । मैले अघिल्लो लेखमा लेखेको थिएँ -‘कुनै राजनितिक पार्टिले आदर्श नछाँटे हुन्छ । अहिले सम्म कुनै माईकलाल त्यस्तो छैन जसले देश नबेचेको होस । यी सब बन्न गएका हुन, बनाउन हैन ।’ हो फेरि पनि देश बेचिएको छ ।

प्रचण्डले मैले जानिन गल्ती गरेँ भनेर लम्पसार परेर प्रभुसंग माफी मात्र मागेनन की २५ बुँदामा देश बेचेर आएका छन । यसको असर अब बिस्तार-बिस्तार देखिँदै जानेछ । भारतले हरेक एक बर्षमा, ६ महिनामा सरकार परिवर्तन गराउनुको राज यहि हो कि आफ्नो अधिनमा रहेको मान्छेबाट आफ्नु अनुकुल फाईदा लिनु । उसले चेस गेममा जस्तो वरिपरि सबै  बिकल्प सकिसकेर राजालाई चेक लगाएर गेम जित्ने जस्तो रणनिती लगाई रहेको छ  । उ हरेक पटक सफल बन्दै गैइरहेको छ । उसले सपेराले साँप नचाएझैँ नचाईरहेको छ, हामी नाँचिरहेकाछौं । हामी नेपालीले फोस्रो धाक लगाएर के गर्नु ? ताल्चा साँचो उसैले लिईसकेको छ । अहिले हामी भारतको एक प्रान्त भन्दा के फरक छौं ? एउटा साधारण नागरिकले पनि बुझ्छ । भारत बिना नेपालको दाल गल्दैन । उसले जे भन्यो त्यही हुन्छ । के नेपाललाई भारत सरकार भनेर लेखेर  मात्र हामि भारतिय हुने हौंर ? हामी उस्को पञ्जामा फुस्किनै नसक्ने गरि  परिसकेका छौं ।

हाम्रा महत्वपुर्ण योजनाहरु उसले सहमती नदिकन बन्नै सक्दैनन । लुम्बिनी बिमानस्थल, फास्ट ट्र्याक, चिन संगको नाका सुचारु तथा तेल सम्झौता रोकिनु, रेल लगायतको लफडा यी एकदमै पछिल्ला उदाहरणहरु हुन । हिन्दी भाषालाई सरकारी भाषाको रुपमा राख्न खोजिनु, अँगिकृत नागरिकले राष्ट्रपती, प्रधानमन्त्री बन्न पाउनु पर्ने मागमा सकारत्मक हुनु, यी सब लोभी पापी नेताहरुले आफू सत्तामा जानको लागि ईण्डियन मालिक हरुको गोडा ढोग्दाको परिणाम हो । अरु त कुरै छाडौं सुरुवात भैसकेका योजनाहरु समेत आफ्नो अनुकुल नहुँदा भारतले तुहाई दिएको हामिसंग कयौँ उदाहरण छन । भर्खरै मात्र भारतसंग प्रचण्डले २५ बुँदे संयुक्त वक्तव्यमा नेपालको परराष्ट्र नीतिविपरीत अन्तर्राष्ट्रिय मुद्दामा समान विचार हुने कुरामा सहमती गरे । नेपालले लिँदै आएको तटस्थता र असंलग्न   नीतिविपरीत प्रधानमन्त्री दाहालले गरेको यो सहमतिले भोलिको दिनमा कस्तो असर गर्ला ? सबै मौन छन । आफ्नो एउटा जागिरको लागि देश बेच्दा पनि निकम्मा बनेका छन । ए अन्धभक्त हनुमानहरु हो तिमिहरुलाई देश प्यारोकी पार्टिगत स्वार्थ ?

भोली भारत चिनको विपक्षमा रहँदा नेपाल पनि चिनकै विपक्षमा रहनुपर्छ कि पर्दैन ? अनि देश के हुन्छ ? नेपालको नामो निशाना मेटिन सक्छ । भारतले पाकिस्तानलाई आतँककारी र मुख्य शत्रुको रुपमा हेर्छ र अहिले दुबै देश युद्धको तयारिमा छन । सैन्य अभ्यासमा ब्यस्त छन, आकाशमा लडाकु विमानले गस्ती निरन्तर गरिरहेको छ  । नेपालले पनि उही रुपमा हेर्ने भएपछि पाकिस्तानको नजरमा नेपाल-भारत प्रतिको हेराई एकै भयोकी भएन ? अनि हामी पाकिस्तानका शत्रु भयौंकि भएनौ ?  पाकिस्तानको हामी शत्रु, चिनको हामी शत्रु, भारतले ज-जस्को बिरोध गर्छ उसको शत्रु र जजस्को समर्थन गर्छ हामी मित्र । मालिक र नोकर भन्दा पनि घिनलाग्दो भयो नेपाल र नेपालिको अस्तित्व । 

पहिले जस्तो डाँडाबाट ढुङ्गा गुल्टाएर गुलेली तन्काएर मट्याङ्ग्राले हानेर र टलक्क नाङ्गो खुकुरि टल्काएर युद्ध जितिने बेला छैन । पहिलेको बहादुरिको बिरासतले लाहुरे बन्न त काम आग्ला तर हामी एकदम कमजोर छौं । बिदेशिले देख्दा त कमजोर छँदैछौं, आन्तरिक रुपमा नि हामी एकदम कमजोर छौं, भित्रभित्रै खोक्रो भैसकेका छौं । हामी चुपचाप बसे हुने ठाउँंमा नजानिदो पाराले युद्धमा धकेल्दै छ गद्धार नेतृत्वले । संसार कहाँबाट कहाँ पुगिसक्यो, कम्प्युटरमा एक क्लिक गर्दा नेपाल जस्तो देश खरानी बन्छ । हामि गोरुको जुधाईमा बाच्छाको मिचाईमा पर्नु त छँदै छ । अर्को कुरा हाम्रो अस्तित्व खै? खै नेपाल र नेपालिको स्वाभिमान ?

भारतको एक एक चाहना पूरा गर्दै जाने,भारतको एक एक कुरा नेपालमा लागू हुने, उसैले सत्ता हरेक बर्ष परिवर्तन गराउने । आफ्नो भनाई जस्ले मान्छ,उसले जे-जे भनेपनी ओके गरेर रण्डीझैं उत्तानो परेर सुतिदिन्छ उसैले देश चलाउने चाबी पाउने । अनि कतिञ्जेल भन्न पाईएला नेपाल भनेर ? कर्णाली बेच्दा मौन, कोशी बेच्दा मौन, गण्डक बेच्दा मौन, सुस्ता, कालापानी, लिपुलेक बेच्दा मौन बस्ने । रातारात जँगे पिल्लर सार्दा मौन बस्ने, हाम्रा चेलिबेटी को अस्मिता लुटिँदा मौन, रातारात पुलिस चुटिँदा मौन बस्ने । उसका हरेक हर्कत चुपचाप सहिदिने भएपछि हामी रण्डिको दर्जामा पनि अटाउन सकेनौं । खै हाम्रो स्वाभिमान? खै हाम्रो वीर पुर्खाहरुको बिरासत ? हामी जनता बिरोध गरिरहने, नेता कार्यकर्ता देश बेचिरहने ।

सन १७७६ मा १३ राज्य बाट गठित अमेरिका अहिले ५० राज्यमा समाहित छ, राजनैतिक कारणले बिभाजन भएको जर्मन अहिले एउटा ढिक्को भएको छ , एल्सिनको पालामा टुक्रीएको रसिया अहिले एक हुने तयरिमा छ । यहि हाम्रो नजिकैको सिक्किम जहाँका जनताले राजनितिज्ञको मनपरी खप्न नसकेर सिकिमलाई इन्डियामा जनमत संग्रहबाट दुइतिहाइ मतले बिलय गराए । जब जनतामा बितृष्णा पैदा हुन्छ राज्य टुक्रीनु र जोडिनु स्वभाबिक रहेछ । तर हाम्रोमा अवस्था त्यस्तो छैन । हाम्रोमा नेता गद्दार भए, तिनका पाल्तु लठुवाहरु गद्दार भए । यहाँ कुकुरले खाई नसक्नु गरि पार्टी जन्मिए । त्यसैले देशमा जनता भन्दा बढी कार्यकर्ता भए । देशको लागि कोही नबोल्ने भए । आफ्नाले देशै बेचेपनि जय जय गाउने, अर्काले राम्रै काम गरेनी लोप्पा खुवाउने, उडाउने भएपछी देश बेचिसकेको नि टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न नसकिदो रहेछ ।  कार्यकर्ताको भिडमा जनता त कागको हुलमा बकुल्ला बन्दा रहेछन ।

जय देश !!!

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.