विचार

सर्वोच्च नेता गणेशमान सिंहको सम्झना

snip20160928_156नेपालका सर्वमान्य नेता तथा लौहपुरुष गणेशमान सिंहको जन्म ९ नोभेम्वर १९१५ अर्थात वि.सं १९७२ इतुम्वाल काठमाण्डौंमा पिता ज्ञानमानसिंह तथा माता सानुमाया श्रेष्ठ सिंहको कोखबाट भएको थियो । उनी सानै हुँदा बावुको मृत्यु भएपछि उनका हजुरबुवा राणाकालका वडाकाजी रत्नमानसिँहको रेखदेखमा उनी हुर्कीए । उनले दरवार हाईस्कुलवाट कक्षा ६ सम्मको शिक्षा लिए । उनका सँगी राणाशासकका छोरालाई आदर नगरेको कारण स्कूलबाट निकाला गरियो । त्यसपछि उनी पढ्नका लागी भारतको कलकत्ता तिर लागे । उनले कलकत्ताको बिद्यासागर कलेजबाट प्रथम श्रेणीमा म्याट्रिक पास गरे । उनले भारतबाट आई.एसी पुरा गरे र वि.सं १९९४ मा नेपाल फर्के ।

गणेमान सिंह नेपालको प्रजातान्त्रिक जनआन्दोलन वि.सं २०४६ का सर्वोच्च कमाण्डर हुन् । उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार पुरस्कार पाउने एसियाको पहिलो व्यक्ति हुन् । त्यतिमात्रै नभई शाही सरकारद्धारा प्रधानमन्त्री हुन प्रस्ताव गर्दा अस्विकार गर्ने एकमात्र नेपालीको छोरा भएकाले उनलाई नेपालीहरुले प्रजातन्त्रका पिता भनेर चिन्दछन् ।

सर्वमान्य नेता

सिंहलाई नेपाली काँग्रेसका सर्वोच्च नेता सुप्रिम लिडर अर्थात सर्वमान्य नेता भनेर चिनिन्छ । अन्धकारलाई चिर्दै, उनले वि.सं २००७ सालको राणा शासन हटाउन ठूलो संघर्ष गरेका थिए । वि.सं २०१५ सालको प्रथम आम निर्वाचनबाट काठमाडौ क्षेत्रबाट उनले अत्याधिक मत प्राप्त गरी साँसद बने र पछि उद्योग तथा वाणिज्य मन्त्रि बने । राजा महेन्द्रको वि.सं २०१७ को कू पछि सिँहले प्रजान्तत्रको खरोरुपमा वकालत गर्दै आए र अन्तत सर्वोच्च नेता बने । वि.सं २०४६ को आन्दोलनमा वामशक्तिलाई समेत समेटेर उनले संघर्ष र क्रान्तिलाई चर्काएका कारण प्रजातन्त्रको पूर्नस्थापना गर्ने सफलता हासिल गरेका कारण उनी जिवनभर सबै पार्टीले मान्ने सर्वमान्य नेता बने ।

भारतबाट नेपाल फर्केपछि उनको सम्पर्क शहिद धर्मभक्त माथेमासँग भयो र निरँकुश राणाशासनको विरुद्ध प्रर्दशन गर्न शुरु गरे । उनी नेपालको पहिलो राजनैतिक पार्टी प्रजा परिषदमा आवद्ध भए । वि.सं १९९७ मा मंगलादेवी सिंहसँग उनको विवाह सम्पन्न भयो ।

उनमा भएको अटल विश्वास, अठोट र शाहसका कारण उनी नेपालको प्रजातान्त्रिक इतिहाँसमा उज्यालो नक्षत्र बनेर उदाए । संघर्षले उनलाई सतिसाल बनायो । स्पात जस्तो बलियो भित्री उत्प्रेरणाको कारण उनीले नेपाली जनताको मुक्ति आन्दोलनमा प्रजातन्त्र ,स्वतन्त्रता र मानवअधिकारका निम्ति छ दशक सम्म संघर्ष गरी बलिदानीपूर्ण इतिहाँस रचे भने ३ पटक जेल गए क्रुर राणा र पञ्चायत दुइवटा सत्तालाई पल्टाए ।

वी.पी. कोइरालाले विराटनगरमा मातृभुमिलाई बर्तमानको प्रसववेदनाबाट मुक्त पार्न आवश्यक परे शल्यक्रिया गर्नुपर्छ भन्ने वक्तव्य दिएको लगतै वी.पी. गणेशमान भारत निर्वासित भए ।

अन्तर्राष्ट्रिय परिस्थितिको मुल्याँकन गरी वि.सं २०३३ पुष १६ गते राष्ट्रियताको संरक्षणका लागी राष्ट्रिय मेलमिलापको नीतिका आधारमा प्रजातन्त्रको पूर्नस्थापनाका लागी वी.पी ,गणेशमान स्वदेश फिर्ता भए ।

वि.सं २०४२ साल जेठ १० गतेदेखी नेपाली काँग्रेसले दशकका विभिन्न स्थानमा अहिंसात्मक सत्याग्रह शुरु गर्यो । सत्याग्रहको क्रममा १० गते गिरीजाप्रसाद कोइराला ११ गते कृष्णप्रसाद भट्टराई र १३ गते गणेशमान सिँह गिरफ्तार भए । यसका साथै वाम नेताहरु मनमोहन, अमात्य र विजुक्छे लगायतका पनि पक्राउ परे ।

नेपाली कांग्रेसले देशमा सशक्त जनआन्दोलन गर्ने उदेश्यले वि.सं २०४६ साल माघ ५ देखि ७ गतेसम्म सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा उहाँकै निवास क्षेत्रपाटीमा राष्ट्रिय सम्मेलन गरेर फागुन ७ देखि आन्दोलन गर्न तयारी गर्ने निर्णय पारित भयो । यस सम्मेलनमा गणेशमान सिंहले छरिएर रहेका वाम शक्तिहरुलाई एकताको सुत्रमा बाँधिन अनुरोध गरे फलत उनीहरु आन्दोलनमा सहभागी भए । वि.सं २०४६ फागुन ७ गतेदेखी देशव्यापी रुपमा जनआन्दोलन प्रारम्भ भयो । नेपाली काँग्रेसका नेता गणेशमान सिंहलाई आन्दोलनका कमाण्डर बनाइएको थियो ।काँग्रेसको नेतृत्वमा पाँच बामशक्तिहरु एकको एक मोर्चा सहित चैत्र २६ गते सम्म आन्दोलनमा सहभागीता जनाए । बाममोर्चाको अध्यक्षमा साहना प्रधान, मानार्थ अध्यक्ष तुलसीलाल अमात्य र प्रवक्तामा बावुराम भटराईलाई राखियो । यसमा मोर्चामा माघ ३१ गते मसाल र अन्य सर्वाहारावादी श्रमिक संगठन पनि आवद्ध भए ।

वि.सं २०४६ चैत्र २६ गते राती ११ बजे विरेन्द्रले वि.सं २०१९ को संविधानको दलविहिन भन्ने शव्द हटाइ लोकसहमतिका आधारमा समाजका विभिन्न विचार प्रतिविम्वित हुने गरी नेपाली जनताको एकता र चाहना अनुरुप राज्य संचालन गर्ने घोषणा गरे र प्रधानमन्त्रीका लागी श्री ५ ले गणेशमान सिंहलाई प्रस्ताव गरेकोमा सिंहले कृष्णप्रसाद भटराईलाई सिफारिस गरे । राजा र जनताले प्रधानमन्त्रीका लागी प्रस्ताव राख्दा पनि अस्विकार गरि त्याग गरेका कारण नेपाली जनतामाझ जिवनभर मुटुका ढुकढुकी बनिरहे । जनताद्धारा जनताका लागी जनताले चुनेको व्यक्तिद्धारा शासन गर्ने प्रणालीको जग उनले बसाले ।  उनले आफ्नो ६० वर्षको जीवन यात्रामा १६ वर्षको जेल जीवन र १४ वर्षको निर्वाषित जीवन यात्रा गरे । उनले जेल तोडेर समेत  भाग्न सफल भए । उनी एउटा प्रजातन्त्रका हिमायती  उदाहरणीय नेता हुन् उनको त्यागको हिजो देखी भोली सम्म सम्झना रहनेछ नेपाली समाजमा ।

उनले १९९० को संयुक्त राष्ट्रसंघको शान्ति पुरुस्कार समेत पाए । नेपालको समृद्धि, शान्ति र सामाजिक न्यायप्रति अतुलनीय योगदान गरेका छन् । मुलुकको अर्थतन्त्रको धरोहर भनेका जनता हुन् र अर्थतन्त्रको विकास बिना देश र जनताको जीवनस्तर उकास्न सकिँदैन भन्ने कुरामा नेता सिंह जहिले पनि अडिग रहे । सिंहबाट नेपालका नेता कार्यकर्ताले सिक्नुपर्ने धेरै कुराहरु छन् त्याग तपस्या, सर्मपण, वलिदान, निरन्तर संघर्ष । उनी आफै मात्र संघर्षमा होमियनन पत्नी मंगलादेवी समेतलाई महिला आन्दोलना उभ्याउन प्रेरणा दिए । मंगलादेवी महिला अधिाकार आन्दोलनकी एक अभियन्ता हुन् । त्यसैगरी उनका छोराहरु पि.एल. सिंह र प्रकाशमान सिंह समेत राजनितिमा होमीए । यसरी हेर्दा उनको परिवार नै राजनिति र संघर्षमा लागेको दखिन्छ । आजभोलीका हावाको झोकमा हल्लने हावादारी नेताले बिर्से पनि चाहे डेमोक्रटिक होस चाहे वामपन्थि वा दक्षिण पन्थि वा स्वततन्त्र पन्थि सर्वसाधरण जनताले उनलाई रत्तिभर बिर्सनेछैनन् । आज भोली स्मर्ति दिवस भनेर एकदिन मात्र लोकाज बुझाउन संझने अघिपछि बिर्सने परम्परा बढेको छ यसो हुनु नेपाल र नेपाली प्रतिको दुर्भाग्य हो भन्दा अतिशोक्ति नहोला ।