विचार

दशैँको बिरोध गर्नेहरुको हैसियत पशु सरह पनि छैन

mahesh-nepalकसैले दशैँ मान्यो या मानेर भनेर मलाई कुनै गुनासो छैन । कसैले टीका लगायो या लगाएन भनेर पनि मलाई कुनै गुनासो छैन । कसैले घरमा घोर्ले खसी काटे होला कसैले काटेनन होला त्यसमा पनि मलाई एकरत्ती गुनासो या दुखेसो छैन । आस्था आफ्ना-आफ्ना हुन्छ्न, ईच्छा आफ्ना-आफ्ना हुन्छन । कोहि नास्तिक होलान कोहि आस्तिक होलान । कोहि हिन्दु होलान कोही मुसलमान, कोहि किराँती होलान कोही कृश्चियन । कोही मंगोल होलान कोही आर्यन यसमा पनि भन्नू केही छैन ।

दु:ख त यस मानेमा छ कि हामी कुन संस्कारमा विकसित हुँदैछौं, हामी कस्तो शिक्षा भाबी सन्ततिलाई दिँदैछौ ? हो ठिक छ हिन्दुहरुको हो दशैं, अरुले नमान्न पाईन्छ, सबै स्वतन्त्र छन तर अर्काको आस्था र बिश्वासमा लात किन मार्ने ? हिन्दुको चाड मन पर्दैन भने  बिरोध किन गर्नुपर्‍यो ? भोलि तिम्रा क्रीसमसमा हामी राँके जुलुस लिएर निक्लियौँ भने? तिम्रा साकेला, उभौँली उँधौलीमा चक्काजाम गर्‍यौँ भने ? के तिमीहरुलाई राम्रो लाग्छ ? के तिमीहरुलाई शैह्य हुन्छ ? यसरी अर्काको बिश्वास र आस्थामा बुट बजार्ने हरुले, चिच्याएर कट्टु खुस्केको सम्म पनि थाहा नपाउने हरुले भोलिको दिन पनि सम्झनु पर्छ कि पर्दैन ? जस्तै शत्रु भए पनि मर्दा सहानुभुती, श्रद्धाञ्जली र शुभ कार्यमा शुभकामना र संगै खुसियाली मनाउने त मानविय स्वभाव हो ।

तर यति मानवियता सम्म नभएकाहरुलाई त मानव भनेर सम्बोधन गर्न पनि अप्ठ्यारो लाग्दो रहेछ । लगभग २०० को हाराहारीमा जातजाती बस्ने यो प्यारो मातृभुमी साझा फुलबारी नेपाल, एकले अर्काको अस्तित्व नस्विकार्ने, एकको खुसिमा अर्कोले बिरोध स्वरुप मसाल निकाल्ने हो भने के नेपाल रहला ? हामी कहाँबाट परिचालित छौँ ? बाँदरले न आफ्नो घर बनाउँछ न बनेको रहन दिन्छ, भत्काएर लथालिङ्ग बनाउँछ भन्थे । आज यीनको व्यवहार देखेर यो पङ्तिकार यस्तो निच शब्द लेख्न बाध्य भएको छ । तर यो पङ्तिकार लगायत बहुसङ्ख्यक नेपाली यो कुरामा पनि ढुक्क छन कि कुहिनोले भित्तामा हान्दा कुहिनोलाई दुख्छ भित्तोलाई रत्ती पनि असर गर्दैन । माथी तिर फर्किएर थु गरे त्यो थुक आफ्नै अनुहारमा आएर लपक्क टाँसिन्छ ।

हुन त मानविय स्वभाव भएकाहरुलाई न यस्ता शब्दहरुले, बिचारहरुले घोच्ने, बिझ्ने, र चसक्क मनमा लाग्ने हो । यस्ता कुरा गरेर समय खेर नफालौँ भन्दा पनि लेख्न बाध्य भैने रहेछ कहिले काहीँ । किनकी एउटै कोठामा बस्दा एउटाले ग्याँस छोड्दा सबैलाई गन्हाउने रहेछ । त्यसैले लेख्न बाध्य भएको छु । मलाई यी शब्द लेखेर तिनलाई सुधार्नु छैन, सुधार्ने उदेश्य पनि छैन । मलाई त यत्ती मन छ आउने पुस्ताले यी दानवहरुलाई थुकोस, यिनको हर्कतले यिनलाई नाङ्गेझार बनाओस ।

यिनलाई उचाल्ने नेतृत्व पङ्ती, उचाल्दैमा पछि पछि लागेर मुर्दाबाद, जिन्दाबादका नारा कुर्लिने मान्छेका अनुहार परेका हरु देखि म जस्ता हजारौँ स्वाभिमानी नेपाली पेट मिची मिची हाँस्न बाध्य भएका छौँ । मेरिबास्सै, भद्रगोल लगायतका सिरियलले त के हसाउँछन र यिनको दरिद्रताले यति धेरै हसाउँछ । एकातिर हँसाउँछ र अर्को तिर फेरि गम्भीर भएर सोच्न बाध्य बनाउँछ कस्तो नेतृत्वको पछि लाग्दैछ उर्जाशिल हाम्रो युवा पुस्ता । कस्तो मान्छे पुगेको छ नेतृत्वमा ? फेरि यिनै मान्छेका अनुहार परेकाहरु आफ्ना पहिचान खोज्छन, देश हाँक्ने सपना देख्छन कठै ! धिक्कार छ तिम्रो सोचाईलाई दया लागेर आउँछ । कसरी तिमीले मनुष्य जुनि पायौ ?

माईकेल बियरको एउटा भनाई छ ‘ईर्ष्या यस्तो बाघ हो जसले आफ्नो शिकारको मात्र हैन आफ्नै क्रुद्ध मुटु पनि चिर्छ ‘ मलाई लाग्छ  प्राय सबैलाई थाहा होला गँगटो प्रबृत्ती । मुख खुल्ला भएको एउटा बट्टामा गँगटोहरुलाई राखिदियो भने हामीलाई लाग्छ तिनीहरु उम्केर भाग्छन तर त्यस्तो गर्दैनन किनकी तिनीहरुमा उम्किएर भाग्न सक्ने क्षमता नै हुँदैन । जब एउटा गँगटो माथी उक्लन खोज्छ अर्कोले त्यसलाई तल तिर खसालिदिन्छ र कोहि पनि माथी जान सक्दैनन । उनिहरु सबै बट्टा बाट बाहिर निक्लन सक्थे तर उनिहरुको स्वभाबले गर्दा उनिहरु मुक्त हुन सक्दैनन । र अन्त्यमा उनिहरु त्यही मर्छन । हो यहि कुरा ईर्ष्यालु ब्यक्तिमा पनि  लागू हुने रहेछ । उनिहरु जिवनमा कहिल्यै अघि बढ्न सक्दैनन । न अरुलाई अघि बढ्न दिन्छन । ईर्ष्या निच आत्म स्वाभिमानको संकेत हो । कुनै राष्ट्रको चरित्र नै ईर्ष्यालु बन्यो भने ठूलो आपत्ती आईलाग्छ ।

संसार ग्लोबलाईजेसनले कहाँ बाट कहाँ पुगिसक्यो । अमेरिकाबाट खाना अर्डर गरेर नेपालमा खान आउँछन मान्छे । संसारको एउटा कुनाको धर्म संस्कृती फैलिएर बिश्वभर पुगेको छ । सबैले सम्मानका साथ स्विकार्छन । के भ्यालेन्टाईन नेपालीको पर्व हो ? किन मान्छन नेपालीले ? क्रीस्मस नेपालीको चाड हो ? किन मान्छौँ रातभरी नसुती ? कस्ले गर्छ बिरोध ? आफ्नो मौलिक चाड दशै, तिहार, छठ मान्दा बिरोध ? कस्तो घिनलाग्दो मानसिकता छि ! विश्व साँघुरि रहँदा  हामी भने एक आपसमा खुट्टा तान्दैमा, एकले अर्को सम्प्रदायको खेदो खन्दैमा समय खर्ची रहेका छौं । हामीलाई  नै चाहिएको छ  देश चलाउने साँचो । जाँड खाएर टिल परेको जँड्याहालाई स्टेरिङको चाबी थमाएपछी परिणाम के हुन्छ ? आची गरेर पुछ्न नसक्ने बच्चाको जस्तो बुद्दी छ, भाईचारा, सम्मान, आत्मियता भन्ने कुरा तिनको दिमागको शव्दकोशमै छैन । अनि तिनैलाई चाहिएको छ शासन सत्ता । अझै ‘बाहुन क्षेत्रीले सके देश’ रे कठै! यस्ता बाँदर प्रबृत्ती भएकाहरुको हातमा परेको भए देश कस्तो बन्थ्यो होला ? सोच्दा पनि रिँगटा लाग्छ ।

क्षमता हुने हरेक जनजाती, दलित, मुस्लिम, आदिबासी महत्वपुर्ण ठाउँमा पुगेका छन । जसले भाईचारा कायम गर्नु पर्छ, यो साझा फुलबारिका हामी नेपालीहरु मिलेर बिश्वमा नेपाललाई चिनाउन पर्छ, हरेक नेपाली मिलेर देशको मुहार फेर्नुपर्छ र विश्वको जुनकुनै कुनामा पुगेपनीहामीलाई संसारले नेपाली भनेर चिन्छ, दलित जनजाती, आदिबासी भनेर चिन्दैन। हाम्रो पहिचान नेपाली हो भनेर देश बनाउन लडिरहनु भएका हरेक सपूतहरु प्रती म श्रद्धाले शिर झुकाउँछु, सलाम गर्छु । तर ए समाजका कलंकहरु हो अरुलाई चोर औँला ठड्याई रहँदा आफुतिर  ४ औँला फर्किरहेको हुन्छ याद गर्ने गरौँ ।

जय देश !!!

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.