विचार

गाई तिहार तथा लक्ष्मी पुजा: एक चर्चा

nisha-aryalयम पंचकको तेस्रो दिन दीपावलीमा पूजिने भगवती लक्ष्मी चल एवं अचल , दृश्य एवं अदृश्य सबै सम्पत्तिहरू र अष्ट सिद्धि एवं नौ निधिहरूकी अधिष्ठात्री साक्षात नारायणी हुन ।भगवान श्री गणेश सिद्धि – बुद्धि र शुभ – लाभका स्वामी तथा सबै अमंगलहरू एवं विघ्नहरूका नाशक हुन । यीनले सदबुद्धि प्रदान गर्दछिन । दीपावलीको दिन यीनको समेत पूजाबाट सबै खाले कल्याण – मंगल एवं आनन्द प्राप्त हुन्छ । दीपावलीको दिन चारमुखे दीयों रातभरी प्रदीप्त रहनु शुभ एवं मंगलप्रदायक हुन्छ भनिएको छ । महालक्ष्मी पूजनमा अमावस्या तिथि, प्रदोषकाल, शुभलग्न वा चौथों धडीले विशेष महत्व राख्दछ भनिएको छ ग्रन्थहरुमा भने महालक्ष्मी पूजन सायंकाल प्रदोषकालमा गर्नुपर्छ भनेर ब्रह्मपुराणमा भनिएको छ।

कार्तिके प्रदोषेतु विशेषेण अमावस्या र्निषाबधके । तस्या सम्पूज्येत देवी भोग मोक्ष प्रदायिनी ।।

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि माटोको घर आँगनमा गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हाम्रो संस्कार हुनुको साथै आफ्नो घरमा परिवारमा यदी कसैको मरिमराउ भएको छ र जुठो, परेको छ भने झुठो सकिएको दिन गाईको गौतले सेचन गर्ने र खाने गर्दा क्रियापुत्री र आफन्त चोखिने समेत विस्वाश गर्दै कार्य गर्ने चलन जीवित छ भने गाईलाई पशुधनका रूपमा पनि लिइन्छ।  हामीहरु गाईलाई लक्ष्मी र गौमाताका रूप मान्दछौ। गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ। लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ।

कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ। गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ। भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, वा वली राजाले वर्षमा एक पल्टमात्र पृथ्वीमा आगमन हुने आशिर्वाद पाएको दिन नै किन नहोस् सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ।

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो। दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागी आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्ने यो दिन दिदीबहिनी र दाजुभाइले भैलो, देउसी खेल्दै आशिर्वाद दिदै रमाइलो गर्छन् ।

गोवर्द्धन पुजा

गोरुको पुजा पौराणिक कालको धर्म ग्रन्थमा आधारित “द्धारपर युगमा लक्ष्मी पुजाको भोलि पल्ट ब्रजमण्डलमा इन्द्रको पुजा हुने गर्दथ्यो त्यो अबस्थमा भगवान श्रीकृष्णले भन्नु भयो कि यो कार्तिकमा इन्द्रको पुजा गरेर कुनै लाभ नै छैन त्यसैले हामी सबैले गों वंशी अर्थात् गोरु वंशको उनन्तिको लागि पर्वत र वृक्षको पुजा गरेर उनको सधै रक्षा गर्ने प्रतिज्ञा नगरी हुदैन किन कि पर्वत र (जमिन) भूमिमा घाँस पुरा लगाएर वनको उत्सव पनि मनाउनु पर्छ, गोवरलाई इश्वरीय शक्तिको रुपमा पुजा गर्दै त्यो गोवरलाई मलजलको रुपमा वरु खेत, वारीमा हालेर त्यसमा हलोले जोती माटो मोलायम गरि अन्न उत्पादनमा वृद्धि गरि देशमा प्रगति गराउनु पर्छ । यस्तो भगवान श्रीकृष्ण जी को उपदेश सुनेर व्रजवासीले पर्वत , वन जंगल, गोवर तथा माटोको पुजा गर्न शुरु गरे त्यो अबस्थामा इन्द्रले रिशले चुर हुदै लगातार सात दिन सम्म धनधोर वर्षा गराए यसरी क्रोध र अभिमानी इन्द्रले वर्षा गएको देखेर श्रीकृष्णले गोवर्द्धन पर्वतलाई आफ्नो कान्छो औलाले उठाएर वज्रलाई बचाउनु भयो त्यस्तो देखेर आफ्नो क्रोध वाट लज्जित इन्द्रले भगवान श्रीकृष्णको सामु गएर क्षमायाचना मागे त्यसै वेला देखि गोवर्द्धन पुजाको शुरुवात हुन् गयो तथा जसले गोवर र गोरुको सम्मान गर्छ पुजा गर्छ त्यसलाई सहि उपयोग गर्छ त्यसले लगाएका जमिनमा अन्नको वर्षा हुन्छ र शरीर स्वस्थ अनि घर भित्र खुश र शान्तिले वास गर्छ भन्ने किम्द्न्ति हरु धर्म शास्त्रमा भनिएको छ त्यस्तै स्वस्थानीको पुस्तकमा पनि शिद्धिगणेशले दिएका वरदानले गाईको “गोवर” बाटै “गोमा ब्रह्मणिको जन्म भएको कुरा कथामा आज पनि पढन पाइन्छ !

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.