विचार

लक्ष्मी जयन्ती विशेष: महाकवि देवकोटा

balaram-parajuliसन. १९६५ लाई हामी तमाम साहित्यप्रेमी तथा क्रान्तिप्रिय नेपालीले अविस्मरणीय  स्थान दिएका छौं। यो एउटा यस्तो दिन हो जुन दिन नेपाली साहित्यका सुनको गजुर  (बालकृष्ण समको शब्दमा) को यस हिमालको काखमा अवस्थित नेपालको धरतीमा अवतरित भएथ्यो। सुनका थैलाबाट बञ्चित भए पनि शारदाका वरद पुत्र  नै  थिए।  विलक्षण  प्रतिभा  उनको  ईश्वर  प्रदत्त  गुण  थियो। यसैले  नेपाली  साहित्यको  सुनकोगजुर भन्नुमा अत्युक्ति हुने छैन। उनी  थिए  सबै  विषयमा  पोख्त  र थिए धेरै भाषाका ज्ञाता। सुलोचना महाकाव्य  यिनको  दशै  दिनकोमात्र  मिहेनत  हो।  दश  महीना  दश  वर्षमा  मात्र  जन्मन  सम्भव  भएको  महाकाव्यको  वीजाणुलाई देवकोटाले  दशै  दिनमा  गर्भाधान गरी  कोरलेको  मात्र  होइनन् कि  हुर्काएर  साहित्य  मञ्चमा  प्रतिद्वन्द्वि संसारलाई नाजवाफ पनि पारे।  धन्य  देवकोटा  धन्य  तिम्रो विलक्षणता ।

राणाकालीन  त्रिचन्द्र  कलेजका प्राध्यापक भएर पनि राणाको जनता माथिको शोषण, अन्याय, अत्याचारआदिद्वारा  उनी  आक्रमित  उद्वेलित महाकवि देवकोटार  व्यथित  नभई  रहन  सकेनन्। किनकि  कवि  स्वभावैले  द्रष्टा  र अनुभूतिशील हुन्छ र त्यसपछि हुन्छ उ भावुक र कल्पनाशील। नेपाली जनताको  दुःखको  बेलामा, राणाको  शोषण  र  अत्याचारको सीमा  नाघेको  बेलामा  देवकोटाको कवि हृदय नछचल्कि रहन सकेन। न उसका अश्रु नबही रहे र नरह्योउनको लेखनी अगतिशील। जनताको आँसु  र  सुस्केराको  साथ  बोले  र सबैको स्वार्थमा बिउँझे र क्रान्तिका नारा  र  जागरणको  शङ्घघोष पनि गरे।

उनको विचारमा अडान थिएन  न त  थियो  भावमा  वैठान। स्वच्छ  कल्पनाका  सचेत  प्रतिभाका  प्रतिमा थिए। यी  सब  साहित्यिक  गुणकोप्रायश्चित्त गर्न उनी २००४ सालमा भारतमा  निर्वासित  गरिए।  त्यहाँ  युगवाणीको  माध्यमबाट  जनताकोशिथिल  मस्तिष्क  र  नसा  नसामा  साहित्यिक कोडामिन इन्जेक्सन दिन थाले।  ब्रह्म  नालमा  पसारिएको नेपालीले पनि कोडामिन इन्जेक्सन पाएपछि एकपटक जुरमुराउँदै  उठ्थ्यो र गथ्र्यो क्रान्तिको नारा बुलन्द। नेपाली जगतमा जनजागृति र चेतना ल्याउनमा देवकोटाको अविस्मरणीय देन छ। दाल—भात—डुकुको  समस्यामा अल्झिएका  कविले  नसाको  पानी, आँखाको  आँसु  र  मुटुको  रगतले अमर  कृतिहरू  लेखे।

 यसरी  सेवा गरेर नेपाली साहित्यको धुरी लगाए। मुनामदन आज प्रत्येक नेपालीको कण्ठबाट  मुखरित  भइरहेछ  रसुलोचना,  शाकुन्तला  जस्ता महाकाव्यहरूले हामीलाई देवकोटाको सुखद स्मृति गराइरहेछन्। देवकोटा प्रकृतिमा नाच्छन्,  प्रकृति उनमा नाच्छे। उनी गम्भीर समुद्रमा होइनन्, वर्षातको भेल पनि हुन्। कहीं तह मिलेर बग्छन् त कहीं उर्लिन्छन्, कहीं सन्तुलित हुन्छन् त छचल्किंदोभेष। शुरुमा  उनी  थिए  सौन्दर्यका पारखी  र  आशावादी  पछि  उनी  यथार्थवादी र जीवनवादी हुँदै गए। उनी  सजिलो  र  कठिन  दुबैप्रकारले कलम बन्द गर्न सक्थे, जस्तो नेपाली  समाजको  अँधेरी  “छाप्रोमा प्रज्वलित भएको पेट्रोमेक्स मुनामदन जसको भुरी भुरी प्रशंसा स्वयं कविले गर्नु  भएथ्यो  — आफ्ना  सबै  कृति जलाई  दिनू  तर  मुनामदन  बाँकी  राख्नू”।कथालाई  देवकोटाले  एउटा  सानो झ्याल हो जहाँबाट एउटा सानो संसार चियाइन्छ भनेर भनेका छन्। आफ्नो प्रतिभा  र  कवित्वको परिचय दिएर उनी महान् लोकप्रिय, आँसुकवि एवं महाकवि भए।

“पन्त—प्रसाद—निराला  तीनैहुन्” भनी भारतका प्रकाण्ड विद्वान राहुल  सांकृत्यायनले  साँच्चै  भन्नु  भएको छ। दाउरा नपाएर कुनै दिन उनका चूलोमा कविता बल्न खोजे, कागत नपाएर भित्ता र दलिनमा कोरियो।यसरी जीवन चक्रको घटनामा पिसिँदै, संघर्ष गर्दै नेपाली साहित्यको सुनको गजुर सदाका लागि नेपाली समाजलाई ऋृणी बनाएर क्यान्सररोगले धराशयी भए। उनीबाट देश ऋृण हुन सहेन र सक्दैन पनि। ईश्वरले शान्ति प्रदान गरुन् ती महाकविलाई ।

साभार: आर्दश समाज दैनिक, पोखरा – बर्ष १८, अङ्क १९६

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.