विचार

सत्य, आक्रोस अनि पश्चताप !

hariuparetiमानिस विवेकशिल प्राणी हो भन्ने कुरामा त पक्कै पनि दुईमत रहेन । जन्म पश्चात जिवनको यात्रामा दौडने क्रममा सर्बाधिक काम गर्ने  प्राणी त्यो हो भने मानिस नै हो । त्यसैले जसले जस्तो काम गर्छ त्यसले सोही परिणाम बाहिरी संसारमा देख्छ वा पाउदछ अनि उसलाई पटक पटक क्षमा यही समाजले दिन्छ । सायद त्यही क्षमादानको करणले होला मानिसले समाजमा एउटै गल्ती पटक पटक दोर्‍याउन पछी पर्दैन अनि त्यही उसले गरेको काम समाजले कुरा गर्न थाल्यो भने उ आक्रोस हुन्छ अनि अर्को गल्ती गर्न पुग्छ जसले त्यो मनिसलाई पस्चतापको भुमरिमा पुर्‍याइ दिन्छ ।

यो कथा त्यही ब्यक्तिको हो जसले हरेक कुरा भोग्नु पर्‍यो । सानै उमेर देखिनै उ जिज्ञासा राख्ने र चन्चले स्वभावको ब्यक्ति थियो । आफ्ना परिवार, छरछिमेकिले अनि साथी भाईहरुले झगडा गरेको भने पट्क्कै मन पर्दैन थियो । तर कहिले काँही त्यस्तै तमासा हेरेर भने पक्कै मझा लिन्थ्यो । उ बड्दै गयो अनि क्रमश समाजको एउटा पुस्ताले उसलाई विस्तारै संगिको रुपमा चिन्न थाले । उसले पनि समाजको गतिविधी बुझ्ने अवसर प्राप्त गर्दै गयो । उसका संगिहरुको समुह भने केहि शिक्षित वर्ग कै थिए । त्यही अवसरलाई आत्मा साथ गर्दै उ सामाजिक सेवामा सुटुक्क प्रवेश गर्‍यो । त्यसपछी हजारौ प्रसंशनिय काम गर्दै गयो । भनिन्छ मानिस नै एक मात्र गल्ती गर्ने प्रणी हो । सायद त्यही भएर होला उसका पनि गल्तीहरु देखिन थाले । कुनै कामहरु सकरात्मक हुन्थे त कुनै नकरात्मक ।

राम्रा कामहरुको प्रसंशा भने उसले नपाएको भने होईन तर थोरै नकरात्मक काम मात्र भएमा यो समाजलाई प्रसस्त समय खेर फालेर गफ गर्न कसले पो भेट्छ र! उसलाई शुभचिन्तकहरुले पनि पटक पटक गल्ती नदोर्‍याउन आग्रह गरे तर उसमा बड्दै गएको घमण्डले त्यसो हुन भने दिएन । यसरि नै उसका दिनहरु वित्दै गए । एक दिन एउटा सानो बालक उसको सामु आएर भन्यो ” ए दाइ हजुरले धेरै राम्रा काम हरु गर्नु भाको छ त्यसैले ले मेरो विन्ती छ हजुर अब गल्ती पनि सच्याउनु है त” उसले रिसाँउदै भन्यो ” ए फुच्छे धेरै जान्ने हुने होईन नत्र ठीक पार्दिउला नि” विचारा त्यो बालक आफ्नो बाटोतर्फ लाग्यो ।

उ भने उता नत्मस्तक भएर दिन दिनै आफ्नालाई पराइ अनि पराइलाई आफ्नो सम्झन  थाल्यो । यस्तै मौका कुर्नेहरु भने हाम्रो समाजमा नभएका भने होईनन । उता उसको अनि परिवारको प्रगती देख्न नसक्नेहारुले भने राम्रो मौका पाए अनि विस्तारै उसको पारिवारिक प्रगाड सम्वन्धलाई छाताछुल्ल पर्ने धेयले अनेकौ शंका उपशंकाका आधारमा निराधार होहल्लाहरु सुनाउन थाले । उसले पनि संगी वा पराइलाई आफ्नो सम्झेर बिश्वास गर्न थाल्यो । एक दिन उसले ति होहल्लाहरुलाई पचाउन नसकी परिवार माथी आक्रोस पोख्यो अनि जन्म अन्तरको सम्वन्ध नै छाताछुल्ल पार्यो ।

उता स्रम पिपासुहरु भने यही दिनलाई कुरी रहेका थिए । बल्ल उनिहरु आफ्नो गन्तव्यमा पुग्न सफल भए । अन्तत ति संगिहरुले उसलाई एकै स्वरमा भने ” ए धोकेबाज तैले अफुलाई जन्म दिने र आफ्नो परिवारलाई त धोका दिन सक्दछस भने हामीलाई त कसो नदेलास्, त्यसैले आजबाट तेरो बाटो तँ लिइ अनि हाम्रो बाटो हामी लिन्छौं” यो कुरा सुन्नसाथ उ वेहोस जस्तै भयो, सारा पृथ्वी उसैमाथि खसे जस्तो लाग्यो उसलाई अनि आज भोलि उसलाई सबै नाता तोडिएको भान भइरहेको छ र एक्लो पनको आभास गरी बसि रहेको छ ।

अन्तत आफ्नो मान्छे आफ्नै हुन्छ । सत्यलाई अंगाल्न सके आक्रोस पैदा अवश्य हुन्न र अन्तत्वगत्व पश्चतापको भुमरिमा पर्नबाट हरेक ब्यक्ति जोगिन सक्दछन ।

जदौ!

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.