विचार

राजतन्त्र सहितको हिन्दुराष्ट्र हुन आवश्यक छ नेपाल !

अराजके हि लोकेसिम् ,सर्वतोविद्रुते भयात्।
रक्षार्थमस्य लोकस्य, राजानंमस्सृजत् प्रभो:।

अर्थात मनुस्य मृतिको भागसाथ(अध्ययनसाथ्) राजधर्म “निरुपर्ण”मा उल्लेख भए अनुसार राजाको सृष्टि असल कामका लागी र असल उदेश्यले गरिएको थियो । पृथ्वीमा अराजकता व्यापक भएर सबैतिर डरै डरले वाच्नु पर्ने स्थिति आएपछि यस पृथ्वीको रक्षाका लागि र सबै तिरको भय समाप्त गरी सुशासनका लागी राजाको सृष्टि गरिएको हो भन्ने कुरा उल्लेख छ।

nisha-aryalमनुस्मृति हिन्दुधर्मको सबैभन्दा महत्वपुर्ण र प्राचिन धर्मशास्त्र (स्मृति )हो यो मानव धर्मशास्त्र मनुसंहिता आदि नामबाटपनि जानिन्छ भने यो उपदेशको रुपमा स्वयम् मनु द्धारा ऋषिहरुलाई दिएको हो भन्ने भनाई उल्लेख छ त्यस्तै धर्मग्रन्थकारीहरुले मनुस्मृति को एउटा सन्दर्भ रुपमा स्वकार गर्दै यसको अनुसरण गरेका थिए भने हिन्दु मन्यनता अनुसार मनुस्मृति ब्रह्मको वाणी हो भन्ने गरिन्छ ।

धर्मशास्त्र ग्रन्थकारीको अतिरिक्तपनि शंकराचार्य ,शबरस्वामी जस्ता दार्शनिकहरु पनि प्रणामको रुपमा यो ग्रनलाई आत्मसाथ गरेका थिए भनिएको छ कि प्राचीनकालमा यो स्मृति स्वयंमभुव नै मनु द्धारा रचिएको हो वैवस्वत मनु वा प्राचिन कुनै प्रचानेस मनु द्धारा होइन। हामीले बुझ्न आवश्यक मनुस्मृतिवाट यो कुरा थाहा हुन्छ कि स्वयंमभुव मनुको मुलशास्त्रको आश्रय कर भृगु ले त्यो स्मृतिको उपवृहण गरेका थिए जुन प्रचलित मनुस्मृति को नामबाट प्रशिद्ध भयो।

साच्चै भन्ने हो भने मनुस्मृति त्यो शास्त्र हो जसको मान्यता विश्वमा नै प्रशिद्ध छ । नकी भारत र नेपाल मात्र | यो शास्त्रको प्रमाण लाई आधार मानेर विदेशीहरुले समेत कुनैपनि ठोस कार्यको निर्णय गर्दछन भने धर्मशास्त्र कै रुपमा मनुस्मृति विश्व कै अमुल्य निधिको रुपमा मानिन्छ | किन कि यो ग्रन्थमा चारवर्ण ,चार आश्रम,सोर्ह संस्कार,तथा सृष्टि उत्पत्तिको अतिरिक्तपनि राज्यको व्यवस्था,राजाको कर्तव्य ,झैँ झगडा ,विवाद,सेनाको प्रबन्ध,जस्ता गहन विषय माथिको छलफल,निर्णय र परामर्श समस्याको हल कसरी गर्नु पर्छ भन्ने शिक्षा दिएको छ। जुन मानव मात्रको जीवनमा घटने विषय इतिहास,पुराणमा स्पष्ट पाइदैन तर सबैले स्वीकारेको कुरा हो मनु आदिपुरुष हुन र उनका शास्त्र आदिशास्त्र हुन भन्ने यो गहन कुरा आज पढेर थाहा पाएँ।

यसको अर्थ र उदेश्य विचारगर्दा संसार भरिका राजाहरु भए मुक्त गर्न र सुशासन कायम गर्दै आफ्नो समुदायको रक्षागर्न सृष्टि भएका रहेछ्न भन्ने कुरा हामीले बुझ्न जरुरी रहेछ। शुरुशुरुमा एउतै वंशको राजतन्त्रबाट क्रमशः विस्तार हुदै ययूतई भाषा, संस्कृति,धर्म परम्परा कायम गर्ने स-सानाअनेकौ राज्य थिए। भारतका विभिन्न अहिले प्रान्तहरु जस्ता पंजाव,वंगला देश, बिहार, उत्तर प्रदेश, मद्रास, उडिसा, आदिमा ययूतई धर्म परम्परा र संस्कृतिका अनेकौ राज्य र राजाहरु थिए।पछी एकिकृत अवस्थामा केहि भाषार संस्कृतिलाई बोक्ने एउटा प्रान्त बन्यो जुन आवश्यकतापनि थियो किनभने वंगला देश र पंजावको संस्कृति तथा भाषा एक आपसमा बोधगम्य हुदैन्थ्यो। जस्तै मद्रास, उत्तर प्रदेश, आशाम आदि।

पास्याम मुलकमा हेर्दापनि अहिलेका सबै राज्यहरुमा स-साना राजा थिए कालान्तरमा एकीकरणवाट मेटिदै गए। यातायात र संचारको माध्यमले सुगमता बढ्दै गयो र राज्यहरु मिसिदै गए| त्यस्तै राजा नभएका राज्यहरुपनि एकीकरण गर्दै विशाल हुदै गए जस्तै, अमेरिकामा पनि तेह्र राज्य रहेछ्न, इटेलि, फ्रान्स, जर्मन, रसिया, वेलायत जस्ता राष्ट्रहरुमा पनि धेरै टुक्रिएका राज्यहरु मिलेर एउटा विशाल राज्यको निर्माण भएको हो।

नेपालको सन्धर्वमा पनि हामीले इतिहसमा अध्ययन गर्दा प्राचीनकालमा गोपाल, महेशपाल, किरात, लिच्छवी, मल्ल, शाह राजाहरुले राज्यगरेको कुरा इतिहासको पुस्तकमा पढ्ने गरेकै हौ। तर यो नेपाल राज्यको पृष्ठभूमिलाई हेर्दा, विचारगर्दा सातौ सताब्दी तिर तिब्बतको केहि भाग र नेपालको पश्चिम पहाडी खण्डमा विशाल राज्य थियो त्यहा राज्य गर्ने शासक जातिलाई “याचे, वा खांचे” भनिन्थ्यो (संस्कृतिविद डाक्टर रमेशढुंगेल) भने कालान्तरमा लगभग दुइसय तीस वर्षपछी फेरी त्यही राज्यको पृष्ठभूमिमा तेर्हौ सताब्दिमा तिव्वतको खाडी प्रदेशबाट नाग राज भन्ने राजाले स्थानीय शासकलाई समाप्त गरी जुम्लाहको सिजा भन्ने ठाउमा राज्य शुरु गरे यो राज्य फैलिदै पूर्वमा नुवाकोट, र पश्चिममा काशमिर सम्म फैलिएको थियो | त्यस्तै पूर्वमा त्रिशुली तरेर काठमान्डौ उत्पत्तिकालाई पनि जुम्ली राजाहरुले धेरै पटक पराजय गरेका थिए। यहि राज्यको समयमा दैलेखको दुल्लुमा हिउँदे राजाधानी भएकोले र नेपालका अधिकाशं जातिको साझा थलो भएकोले त्यहि दैलेखवाट दुइसय भन्दाबढी थरको पादुर्भाव भयो | यो राज्य पनि दुइसय विस वर्ष भन्दा बढी निर्वाद रुपमा चलेको थियो पछी केन्द्र कमजोर भएपछि स्थानीय रोजौटेहरुले सौधोषित राजा भै पहिले तोकी दिएको क्षेत्रभित्र शासन गर्न थाले पछी किल्ला, कांगडा देखि नुवाकोट सम्म धेरै राजा र राज्य भए। यिनै समाज प्रकृति का साझा भाषा, र संस्कृतिका राज्यहरुलाई पृथिवी नारायण शाहले एकीकरणको शुरुवात गरे।

पुरानै पृष्टभूमि भएकोले यो क्षेत्रका सबै जनताहरु ससक्त राजा चाहन्थे। पृथ्वी नारायण शाहको कुशल संगठनवाट विस्तारित एकीकरण योजना पूर्वमा टिष्टा र पश्चिममा किल्ला, काँगडा सम्म मात्र पुग्यो। यदी पृथ्वी नारायण शाह दस बर्ष बढी बाची दिएका भए समान भाषा र संस्कृति भएको क्षेत्र विजय गर्दै पूर्वमा आसम र दक्षिणमा हिन्द महासागर अर्थात् (गंगा र ब्रह्म पुत्र जोडिने ठाउँ )को समुन्द्र सम्म नेपालको भूभाग हुने थियो । नेपालका राजाहरुले राज्य संचालन गर्दा मनुस मृति, नारदस मृति, यज्ञवलकस मृति , निर्णय सिन्धु आदिलाई मध्ये नजर गरि कानुन निर्माण र राज्यको संचालन गरेको थिए जुन अहिलेका धेरै जसो सामाजिक कानुनहरु पनि तिनै कनुनाहरुबाट परिमार्जित र संसोधित हुन |

वास्तबमा नेपाल राज्यको एकीकरण ९३ % भन्दा बढी हिन्दुराज्यको एकिकृत स्वरुप हो भने पृथिवी नारायण शाहको पालामा लिएको नीति अनुसार नेपाललाई हिन्दुराष्ट्रको ढिकुटी (भाडो ) मा सबै संस्कृति ,धर्महरुलाई समाबेश गरिएको थियो जहाँ सबै आफुलाई सुरक्षित र आनन्द भएको अनुभूति गर्थे। त्यस्तै पृथिवी नारायण शाहले बनाउनु भएको मुख्य कानुन थियो। पृथिवी नारायण शाहपछि विक्रम सम्बत १९१० मा मुख्य कानुन र प्रचलनमा परिमार्जन गरि राजा सुरेन्द्र ले नेपालको पहिलो मुलुकी एन जारी गरेका थिए। त्यो कानुन पनि मनुस मृति,,यज्ञवलक मृति ,नारदस मृतिलाई नै अनुसरण गरि हिन्दु कानुन नै थियो जसलाई अंग्रेजीमा “हिन्दु ल ” भन्दछन।

यहि मुलुकी एन परिमार्जन भ नयाँ एनको व्यवास्ता गरिएता पनि “हिन्दु ल “को अवशेषको प्रभाव भने छुटेको थिएन। त्यस्तै लिच्छवीकालीन अबस्था देखि पृथिवी नारायण शाहको उत्पत्यका विजय गर्नु भन्दा अगाडीसम्म नेपालमा पनि (काठमान्डौ उत्पत्यका)हिन्दु कानुन अनुसार नै शासन गरिएको थियो। नेपाल धर्म सहिष्णुता सहितको हिन्दुराष्ट्र हो जहाँ अन्यसबै जातजातिक धर्म,संस्कारहरु संरक्षित् भएको महसुस गर्दछन यथार्तमा पनि अन्य धर्मको संरक्षण र प्रवद्धनमा नेपाल सरकार सधैब लागि परेको थियो जुन कुरा सबै जातजातिले आजपनि नाराको रुपमा ब्यक्त गर्दछन।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.