विचार

कुकुरले हड्डी छाड्न जस्तै गार्‍हो भयो त सरकारको सहयोग छाड्न किन सुजाता फूपू ?

आइतबार बसेको मन्त्रीपरिषद्को  बैठकले  ब्रेस्ट क्यान्सको उपचारका लागि सिंगापुर पुगेकी स्वर्गीय पूर्वप्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाकी छोरी तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको उपचारका लागि राज्यकोषबाट ५० लाख दिने निर्णय गरेको छ । यसरी नेताहरुका लागि राज्यको ढुकुटी सिध्याउने  गरी  उपचार, भ्रमण, सुविधा लगायतका शिर्षकमा  बजेट निकासा भइरहँदा लाखौं जनता जीवन जल र सिटामोल समेत खान नपाएर मरिरहेका, पाठेघर, स्तन क्यान्सर लगायतले छटपटाईरहेका र अकालमा अमूल्य जीवन गुमाईरहेका तितो यथार्थता सरकारले बुझ्नु पर्छ कि पर्दैन ?  सरकार नेताको लागि, हुनेखाने का लागि मात्र होकि गरिब,निमुखाको लागि पनि हो ?सरकारको प्रमुख प्रधानमन्त्री जस्तो पदमा बसेको मान्छे प्रचण्ड एउटा दुधे बालकले जस्तो यस्ले यस्तो गर भन्यो अनि यस्तो गरें भनेर पन्छिन खोज्छन । यो जस्तो लाजमर्दो कुरा के हुन सक्छ ? यो केशमा मात्र हैन हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने कुरो गरेकै हैन भन्ने पनि प्रचण्ड नै हुन । भारतबाट मुखर्जी आउने बेलामा सरकारी बिदा दिँदा राष्ट्रपतीलाई दोष लगाउने पनि यिनै हुन । सुजाताको लागि पैसा दिन काँग्रेसको दबाबले दिएको भन्ने पनि यिनै हुन । सबै कुरा अरुले भनेर गरेको भनेर पन्छिने भए प्रधानमन्त्रीको कुर्सिमा कुन नैतिकताले बसेको? कुर्सिमा बसेपछी जिम्मेवारी लिनुपर्छ की पर्दैन ? प्रचण्ड प्रधानमन्त्री हुन कि एउटा साधारण कामदार ?

राज्यबाट अधिक सेवा सुबिधा लिएकोमा नेताहरुको चौतर्फी बिरोध भएपछी एक समय डा. बाबुराम भट्टराईले भनेक थिए- जोगी बन्न कसैले राजनिती गर्दैन । यसबाट सिधा कुरा के बुझिन्छ भन्दा धेरथोर लिनकै लागि राजनिती गरिन्छ, दिनका लागि हैन । हो रहेछ नेपाली काँग्रेसकी नेत्री सुजाता कोईरालाको उपचारको लागि ५० लाख रुपयाँ सरकारले दियो सायद जोगी बन्न राजनिती नगरेकाले नै पाएकि होलीन । तर सुजाता कोईराला जोगीको अवस्थामा पुगेकी महिला हैनन । उनिसँग आफ्नो स्तनको क्यान्सरको  उपचार गर्न आवश्यक पैसा पक्कै पनि छ । तर सरकार चौतर्फी बिरोधकै बिचमा पनि  सुजाताको लागि ५० लाख निकाशा गर्न हिच्किचाएन किन ? कुरो एकदम रहश्यमय छ । तँ कुटे जस्तो गर म रोएजस्तो गर्छु भन्ने उखानमा स्वास्थ्य मन्त्री गगन थापा, प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापती देउवा लगायतले राम्रै संग जमेरै अभिनय गरे ।  राज्यको  यस्तो कदमको  सर्वत्र आलोचना भएको छ । सामाजिक संजाल फेसबुकमा  देशविदेशबाट,  बौद्धिक वर्ग, लेखक, व्यवसायी, पत्रकार मात्र नभएर सर्वसाधारणले  पनि आलोचना गरीरहेका छन् । के गाली नखाई काम गर्नै नसक्ने गधाको जस्तो बानी परेको हो सरकारलाई ?

चौतर्फी बिरोधनै बिरोध छ, पुरै देश तातेको छ। यती सम्म हुँदापनी कुकुरले हड्डी नछोडे जस्तो  नँछाड्ने,  सरकारले दिएको सहयोग लिन्न भन्न नसक्ने सुजातालाई त के भनेर सम्बोधन गरौँ ? मैले शब्द नै पाएकै छैन । साँच्चै इज्जत भएको भए बेज्जत भएको ख्याल हुनुपर्ने होकि हैन ?  ए फूपू काँग्रेस डुब्ने भो ! बाउ मरे, बाउ मरेपछी काँग्रेस त संगसंगै सति जाला जस्तो छ ।  के काँग्रेस कोईराला खान्दानको निजि थियो ? हिजो कोईरालाले स्थापना गरेको काँग्रेस कोईराला संगै बिसर्जन होला जस्तो पो छ यो पाराले त। रोग सबैलाई लाग्छ, बिरामी सबै हुन्छन । राजा महाराजा देखी रैती सम्म । बिरामी हुंदा चिन्ता र पीडा हरेकलाई हुन्छ  । सहयोग पनि चाहिन सक्ला तर दुनियाले बिरोध गर्द गर्दै, दुनिया बेजतिले गनाईसक्दा पनि चुपो लागेर बस्दा इज्जत माटोमा मिलेन फूपू ?

प्रचण्डको भाषामा भन्नुपर्दा हामी हैसियत नभएकाहरु हौं । हामी हैसियत नभएकाले सुजातालाई दिएको पचास लाख दिएको बिरोधले नी के अर्थ राख्लार ? तर पनि चित्त नबुझ्दा मनका कुरा मनमै राख्न नसकिने रहेछ । हाम्रो हैसियत त चुनावमा आउँथ्यो, तर चुनावनै गर्दैन यो चलाख नेतृत्व । हुन त हामी सबै सचेत भनिटोपलेका मान्छे पनि  हैसियत देखाईदिन्छौं पैसामा बिकेर त्यसैले त बारम्बार धोका खाईरहन्छौ ।

पत्रकार बबिता बस्नेत दिदिले लेख्नुभएको यो कुरा सबैलाई स्मरण गराउन मन लाग्यो । ०२६/२७ सालतिर राजा महेन्द्र कञ्चनपुर बसेका बेला रानी रत्नलाई समेत साथ लिई सिकार खेल्न निस्कीए । जुनेली रातमा सिकार खेल्दै गर्दा जरायोलाई ताकेको गोलीको निशाना चुकेर भूलवश रानी रत्नलाई लाग्न पुग्यो । सवारीमा संलग्न सबैलाई ठूलो आपत् आइलाग्यो । अब के गर्ने ? उपचारका लागि कहाँ लाने ? काठमाडौं भन्दा दिल्ली पुग्न नजिक हुने हुँदा बडामहारानीलाई दिल्ली नै लानुपर्ने सुझाव सबैले राजालाई दिए । तर, सुझाव दिनेलाई राजा महेन्द्रले प्रश्न गरे, ‘किन हाम्रा डाक्टरहरू यस्तो उपचार गर्न सक्दैनन् र ? अस्पतालहरूमा यति उपचार गर्ने सुविधा छैन र ?’ राजाको यस्तो प्रश्नपछि सबैले शिर झुकाएर काठमाडौंमा उपचार गर्न सकिन्छ सरकार, तर रातको समय छ, हेलिकोप्टर उडाउन र ल्यान्ड गर्न गाह्रो हुन्छ भन्ने जवाफ दिए । आपत्कालीन अवस्थामा सेनाका हेलिकोप्टरहरू कसरी उड्छन् त ? भनेर बुझ्दा मसाल बालेर उडाउने र बसाउने व्यवस्था गरिने रहेछ । त्यतिबेला पनि त्यही गरियो । रातको समयमा मसाल बालेर हेलिकोप्टरमा राखी बडामहारानी रत्नलाई काठमाडौं ल्याएर उपचार गरियो । डा. अञ्जनीकुमार शर्मा, डा. मोहिन शाह, डा. सच्चेकुमार पहारीलगायतले रानीको उपचार गरे ।

राजा महेन्द्रले आफ्नै देशमा उपचार हुन्छ भने अरू मुलुकमा किन लानु ? भन्नुभित्र दुईवटा अर्थ लुकेको थियो भन्न सकिन्छ । एउटा आफ्नो देशको स्वास्थ सेवा र डाक्टरहरूको विज्ञताबारे जानकारी लिनु र अर्को मुलुकका अस्पताल एवम् डाक्टरहरूप्रति जनताको विश्वास जगाउनु । तर, अहिले हाम्रा नेताहरू छिसिक्क केही भयो कि उपचारका लागि विदेश दौडने प्रचलन नै बनेको छ । एउटा जटिल प्रश्न उब्जिन्छ के नेपालमा क्यान्सरको उपचार हुँदैन ? राजा महाराजाले देशमै उपचार गर्न हुने उनले किन नहुने ? राजा महाराजा भन्दा ठुली हुन सुजाता ? लाखौं करोडौं खर्च गरेर बिदेशमै उपचार गर्नु पर्ने के सुनै सुनले बनेको छ सुजाताको शरीर ? यदि नेपालमा उपचार हुँदैन भने भरतपुर क्यान्सर अस्पताल किन बन्द नगरेको ? सारा नेपालीको उपचार नेपालमै हुन्छ भने उनको किन हुँदैन ? के स्तन क्यान्सर सुजातालाई मात्र लागेको हो ? यदी सर्वसाधारण पनि स्तन क्यान्सर पिडित छन भने हरेक गरिब निमुखा रोगी ब्यक्तीलाई उपचार गर्न सरकारले कति खर्च उपलब्ध गराउँछ ? उपचारको लागि सहयोगको खाँचो पुर्व उपप्रधानमन्त्री समेत   भएकी सुजातालाई छ कि निमुखा जनतालाई ?

जय देश ।।।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.