विचार

राष्ट्रघाती नेताहरुलाई गणतन्त्रको काट्टो खुवाएर सिमाना कटाउनुपर्छ

समय भन्दा बलवान केहि नहुँदो रहेछ । हिजो २०६२/६३ को जनआन्दोलन दबाउन तत्कालिन गृहमन्त्री कमल थापाले बोलेका हरेक कुरा सुन्दा र कन्सिरिको रौं तातेर आउँथ्यो । यति धेरै रिश सायदै उठ्ला कुनै मानिसलाई । मलाई त्यति धेरै रिश उठ्थ्यो र कमल थापालाई जहाँ भेटिन्छ त्यहिँ गोलि हान्दिउँ जस्तो लाग्थ्यो । निरंकुश राजसंस्थाले करोडौँ सुख सुबिधा लिएको र सेना, पुलिसको ज्यादती सम्झिँदा आफैँ बम बनेर गएर नारायण हिटिमा गएर पड्किदिउँ जस्तो लाग्थ्यो । संविधान सभाको चुनावमा माओबादीले चाहिँ केही लछारबाटो लगाउंछकी भनेर मावोबादीलाई समानुपातिक र प्रत्यक्ष भोट हाल्ने पनि मै हुँ । तर आज समय फेरियो, हिजो कमल थापा जस्को आवाज सुन्दा समेत ज्यान तातेर आउँथ्यो, जहाँ भेटिन्छ त्यहिँ सकाईदिउँ जस्तो लाग्थ्यो आज उसैको भाषण सुन्दा अनायासै यी हातहरुले ताली बजाउँछन।

म एक समयको खाँटी गणतन्त्रबादी मान्छे । आज त्यही गणतन्त्रबादी मान्छे राजतन्त्र नै ठिक रहेछ भन्ने सोचमा लगभग पुगिसकेको छ । म त एउटा प्रतिनिधि पात्र मात्र हि । म जस्ता लाखौँ नेपालीको मनमा यही कुरा मडारीरहेकोछ । हिजो एक राज संस्थाले करोडौ लिएको सुन्दा मन थाम्न नसक्ने म जब घर घर राजा जन्मिएर विभिन्न बहानामा जब देशको ढुकुटी बाट अरबौँ सकाएको देख्दा त्यो त फिक्का लाग्ने रहेछ । जब नेता भनौदाहरु देशको माटो बेचेर, राष्ट्र र राष्ट्रीयता बिर्सिएर सत्तामा जानकै लागी ईष्टईण्डिया कम्पनीका दासहरुको पाउमा लम्पसार परेर अन्डकोषमा तेल दल्न समेत पछि नपरेको देख्छु अनि भन्न मन लाग्छ राजतन्त्र जिन्दावाद । मलाई गर्व छैन तर म बाध्य छु । म जस्ता लाखौँ मान्छेहरु बाध्य छन । किनकी समयले यहि माग्यो । समय भन्दा बलवान् त केही नहुँदो रहेछ । जब धर्मनै डलरमा बेचिन्छ, जब राष्ट्रीय पोशाकको नै अपमान गरिन्छ, जब शत्रुले सिमा मिचेर हाम्रो आँगनमा बुट बजार्दा चुईक्क बोलेको सुनिँदैन, जब प्रभु रिजाउन जनताको मतमा समेत मुतिन्छ भने म कसरी गणतन्त्र जिन्दावाद भनौँ ?

परिवर्तन भनेकोके हो ? कुनै पनि कुराको फेरबदल भएर पहिलेको भन्दा फरक अवस्था सृजना भएर जनताको जीवन स्थर माथी उठ्छ र सारा जनता खुसी हुन्छन भने त्यो हो परिवर्तन । जबकी यति गरिब देशको ढुकुटी रित्याएर अरबौँ सकेर, हजारौँ मान्छेको रगतमा होलि खेलेर अझ पहिलेको भन्दा नी देश कयौँ गुणा कमजोर बनाईन्छ, जनताको मनमा हर्ष, खुसी भन्दा बढी देश र ब्यवस्था परीवर्तन प्रतीनै पीडाबोध र बितृष्णा बढ्छ भने त्यो परुवर्तन कसरी हुन सक्छ ?

के चप्पल लगाउने हैसियत नभएकाहरुले करोडौँको अलिसान महल ठड्याउनु, कपुरी क नजान्नेहरुले देश लुटेर सात पुष्तालाई पुग्ने सम्पत्ती भित्र्याउनु, बिश्वकै एक मात्र हिन्दु राज्य सकाएर कृष्चियनमय बनाउनु, देशको सिमाना बेचेर, देशको भुगोल टुक्राएर देश अझै कमजोर बनाउनु, देशमा भएका युवा पिँढिलाई देशमा अवसर बाट बन्चित गराएर बिदेशिको गोठालो बनाउन पठाएर आफू मोज गर्नु, सयौँ बर्षदेखि मिलेर बसेका सयौँ जातजातिका बिचमा भाईचारा टुटाएर जातिय दंगा फैलाउनु । यहि हो परिवर्तन ?

भो ! भष्मे चाहिएन आफू बन्नको लागि आफ्नै देशमा आगो लगाएर सकाउने र आफ्नै घर खरानी बनाउने तिमिहरुको परिवर्तन । हामिले एक छाक खाएर सकि नसकी तिरेको करबाट जोडिएको करोडौ सम्पत्ती, तिम्रा छोराछोरीले पाएका हाईसुख, सुबिधा सबै फिर्ता गर र जाओ आफ्नै पाखाबारीमा कोदाली खन्न पाकुरी बजार्न । चाहिँदैन हामिलाई यस्तो नाथे परिवर्तन । तिमिहरुको आलोपालोले देश सक्कायो । अहिले जुन देश टुक्राउने दुष्प्रयास भैरहेको छ म यसको पुरै बिरोधी हुँ । किन बिरोधी भन्नुहोला आजसम्म कसैको झोले भएर हिँडिएको छैन । आफ्नै पौरखले हात मुख जोडीएको छ, स्वाभिमानले बाँचिएको छ । म बाट उत्तर खोज्ने हरुलाई मेरो उल्टो प्रश्न छ । यत्तिका बर्ष लगाएर, देशको अरबौँ पैसा सखाप पारेर, दुई दुई पटक चुनाब गरेर, संविधान बनाएर फेरि बनाएको बर्ष दिन नपुग्दै संशोधन गर्नुपर्ने किन ?

हिमाल पहाड तराई टुक्राउँदाको फाईदा के घाटा के ? अनि संविधान संशोधन गर्ने बित्तिकै सबै चुप हुन्छन भन्ने के ग्यारेन्टी छ ? देश नटुक्राएर बिकाश गर्न नसकिएको हो ? बिश्वका कयौँ देश यस्ता छन जसका एउटा राज्य नै नेपाल भन्दा ठुला छन । तिनिहरुको बिकाश रोकिएको छ ? देश टुक्राउने बित्तिकै बिकाश गर्न बजेट कहाँबाट आउँछ ? र नटुक्राउँदा चाहिँ बिकाश गर्न कस्ले रोक्यो र पैसा किन निक्लिएन ? एकले अर्कोलाई आरोप लगाएरै भत्ता पकाउनेकी देशको लागि पनि केही गर्ने हो ? कुकुरले हड्डी खोसाखोस गर्दा ङ्यारर गरेजस्तो कतिन्जेल गरिरहन्छौ पिपासुहरु हो ? कतिञ्जेल एक आपसमा लडिरहन्छौ ? कतिञ्जेल नेपालीलाई नाटक देखाएर राजनिति गरिरहने हो?

हाम्रा पुस्ता यी नेताका पछि लाग्दै सकिए, क्रान्ती भन्दा भन्दै, ब्यवस्था फेर्छु भन्दा भन्दै नासीए । हाम्रा पुस्ताहरु अंग्रेजसंग लडे, लजिवा, हजुरबाहरु राणा शासन हटाउन, प्रजातन्त्र ल्याउनका लागि लडे, बुबाहरु पञ्चायत हटाउन लड्नु भो, हामी राजतन्त्र हटाउन लड्यौँ । अब फेरी पनि लड्नुपर्ने बेला आयो । सय बर्ष भन्दा बढी समय लडेपछी, आफ्ना आफन्त, नातागोता गुमाएपछी, जुन ब्यवस्था फेर्दा पनि आफुले भने जस्तै देश पाउन नसकेपछी हामि नेपालीले बल्ल बुझ्न थालेकाछौँ देश बन्न ब्यवस्था हैन देश हाँक्ने ड्राईभरहरुको सोच परिवर्तन गर्नुपर्ने रहेछ ।

हामिले देख्यौँ अरबको निर्दलिय निरंकुश राजतन्त्र, हामीले देख्यौँ बेलायतको बहुदलिय राजतन्त्र, हामिले देख्यौ, अमेरिकाको शासन ब्यवस्था, हामिले देख्यौ चिनको गणतन्त्र, हामिले देख्यौं उत्तर कोरियाको शासन ब्यवस्था, हामिले नियाली रहेकाछौँ बिश्वका कयौँ मुलुकहरु कहिँ राजतन्त्र छ, कहिँ गणतन्त्र छ, काहीँ संविधान नै छैन । तर पनि बिकाशले आकाश चुमेका छन, संसार हल्लाएर बसेका छ्न । प्राकृतिक श्रोत साधन नेपालको तुलनामा शून्य छ भन्दा पनि हुन्छ तर त्यहाँको बिकाश देखेर दुनिया जिल खान्छ । देश बनाउने हो भने दुनिया नाटक गरेर ब्यवस्था परिवर्तन गर्ने हैन, सोच परिवर्तन गर्नुपर्ने रहेछ ।

जसको उदेश्य नै आफू बन्ने र आफ्ना आफन्त बनाउने छ भने कसरी बनाउँछ देश ? जसको उदेश्यनै जनता लडाएर सत्ता लम्ब्याउने छ भने उसले कहिले सोच्छ जातिय मेलमिलाप र भाईचारा ? जसको उदेश्यनै धर्म बेचेर कृस्चियन धर्म भित्राएर डलर कमाउने छ त कसरी सोच्छ सनातन हिन्दु धर्मको बारेमा ? जसको उदेश्यनै ईष्ट ईण्डिया कम्पनीको दासको नोकर भएर सत्ता लम्ब्याउने छ भने कसरी बोल्छ थिचोमिचो र हेपाहा प्रबृत्तिको बरेमा ? उनका सत्ता लम्ब्याउन, उनको राजनिती टिकाउन हामिलाई विभिन्न शिर्षकमा लडाउँछन । कहिले धर्मको नाममा लडाउँछन, कहिले जातको नाममा भिडाउँछन, कहिले संघियतको नाममा फुटाउँछन । हामी जनता आपसमा लड्नु बेकार छ ।

जब सम्म यी डलर कमाउन पल्केका र यिनका मालिकका जुठो खान पल्केकालाई डाँंडा कटाउन सकिँदैन तब सम्म देशको अवस्था सुध्रीने वाला छैन । हामिलाई अब गणतन्त्र घाँडो भैसक्यो । बरु राजतन्त्र नै ठिक लाग्न थालिसक्यो । बरु राजाको रैती बन्न तयार तर देश बन्नु पर्‍यो । नेपाली हुँ भनेर गर्वले छाती फुलाएर भन्न पाउनुपर्‍यो । तुलनात्मक रुपमा बरु राजन्तन्त्रले नै बिकाश गरेको छ यी भर्ष्ट्र्चारीले भन्दा । सराकारी कार्यालय सबै राणा हरुले बनाएको दरबारमा चल्छन, गाडिहरु सबै राजाहरुले बनाएका राजमार्गमा चल्छन । राजाको पालामा बनेका सम्पुर्ण नेपाली । कलकारखानाहरु कस्ले बेचेर खायो? कस्ले बन्द गरायो ? तिमिहरुको गणतन्त्रले, प्रजातन्त्रले गफ चुट्न सिकायो, घर घर नेता जन्मायो, देशको लागि चाइने युवा शक्ति खाडिमा बेचेर सक्कायो । थुक्क! तिमिहरुको नामर्दपन, लाटोको देशमा गाँडो तन्नेरी बनेर सत्ता हाँकेको नाटक गर्छौ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.