विचार

मनलाई छुन्छ अनि लेख्छु

रृषि अष्टाबक्र संग जनक राजाको जिज्ञासा पढ्ने क्रममा ऋषिले दिएको जनक राजालाई अमृता वचनहरु को उदारहण मेरो मन मष्तिस्कले गहिरो अनुभूति पाएको हुँदा यो चिन्तन मननलाइ साहित्य प्रेमीहरु तथा स्रष्टा हरुमा पोख्ने अनुभूतिको चेष्टा गरेकी मात्र हुँ आफ्नो चिन्तन मननका कुराहरु साहित्य मार्फत राख्ने यहाँहरु माझ अनुमति चाहन्छु । अज्ञान र अन्जान रुपी गल्ति भएमा सबैबाट क्षमायाचना समेतको अपेक्षा गरेकिछु।

साथीहरु विद्धानहरुको भनाई राख्न मनलाग्यो मनभित्रको भाव, कुरा, भावना वा विचारको अभिब्यक्ति दिनु नै ‘साहित्य’ हो जसरी साहित्यमा समाजको हित अन्तर्निहित रहेको हुन्छ, त्यसैले नै साहित्यलाई समाजको ‘दर्पण’ र ‘प्रतिबिम्ब’ दुबै मानिन्छ त्यस्तै चिन्तन मनन अर्थात् आत्माको ज्ञान ‘आफू’ लाई चिनाउने, बुझाउने र आफ्नो कर्तव्यबारे ‘बोध’ गराउदै जीवनको वस्तविक ‘अर्थ’ बुझाउने ज्ञान नै यथार्थमा ‘आत्मज्ञान’ हो भन्ने कुरा जन्मदिने माताबाट सिक्ने र बुझ्ने प्रयत्नमा ऋषि र जनक राजाबीचको यो सम्बाद अत्यन्तै गहन महसुस गरे।

आश्चर्य मयि महाम्भोथी जीवबीचय: उद्यन्ति ।
ध्वन्ति च खेलन्ति च स्वभावत: प्रविशन्ति । ।
छालहरूलाई समुद्रमा खेल्न देउ ।
उठ्न देउ यी छालहरूलाई ।
नाच्न देउ यी छालहरूलाई ।

जस्तो स्वभावबाट आए त्यस्तै स्वभावबाट शान्त हुनेछन । हामी साक्षी भाव भएर किनारामा वसी रहौं । कुनै योग छैन । अष्टाबक्रको दृष्टिमा कुनै साधन गर्नु छैन । सोझो उफ्य्राई छ । हामी हेरी मात्र राखेका छौ । रीस उठे हामी भनौ ठीक छ, स्वभाविक छ । काम उठे भनौ ठीक छ, स्वभाविक छ । हामी हेर्ने बनी रहौं । हामी विचलित न होऔं – द्रष्टाबाट । हामी साक्षी बनौ बस । अरू सबै काम्दै रहुन – सारा संसार हुण्डरीमा परी रहोस – हामी हुण्डरीको माझ साक्षी भएर अडि रहौं । सूर्य त त्यहाँ पनि उदाउँछन । कुखुराका बासले सूर्य उठाउँने होइनन । सूर्य उदाउँछन लाग्दा कुखुरा बाल्छन । हाम्रो कारणबाट संसार चलेको होईन । हामी मालिक होइनौ । यी सबै अहंकार हुन । यी सबै भ्रान्तिहरू हुन । भोगीको पनि अहंकार छ र योनीको पनि अहंकार छ ।यी दुइ भन्दा जो पार छ तेस्यैले नै अध्यात्मको रस चाख्न पाउँछ । न त्यो योगी हुन्छ न त्यो भोगी हुन्छ । अचम्म ! अनन्त – समुद्र हामीमा जीवन उठ्न, रूपी छालहरू आफ्नो स्वभाव अनुसार उठ्छ परस्पर जुध्दछन , खेल्दछन र लय हुन्छन र, हामी हेरी मात्र रहेका हुन्छौं, हेरी रहेका हुन्छौं बस हेरी मात्र रहेका हुन्छौं ।

आफ्नालाई सकिन छाड्न दिलले झन भित्र भित्रै वसी
केहिछैन लुकाउने अव त खै मनदेह आत्मै पसी
वोलु दुख्छ नवोलु दुख्छ कविता जन्मन्छ सन्जिवनी
पोखियौ दुई छालझै जलधिमा हो व्रह्ममा जीव सरी,
अदभूतं ज्ञानदुर्मिन्नम् अवधार्य अति दुर्बल: च
अन्तकालम् अनुश्र ति: कामम् आकांक्षेत आश्चर्यम् ।

ऋषिले बारम्बार सचेत गर्दै राजा जनकलाई आश्चर्यको कुरा भन्नु भएको थियो । राजा नाजक मानिस मरि रहेको हुन्छ । सबै जीवन – उर्जा क्षीण भएको हुन्छ जीवनका सबै कुरा लथालिंग भएका हुन्छन । तर काम वासना रहि रहन्छ किन भने मानब एउटा यस्तो प्राणी हुन जसले तीतो स्वाद बाहेक केही पनि छोड्दैन । सायद त्यसैले बिषाद र सारा जीवन असफल हुँदा पनि उ भित्रको कामवासना बाँचि रहेको हुन्छ । कठिन छ । दुस्सर छ । किन भने अभ्यास अति पुरानो हो यो । विश्वास लाग्दैन भने तपाईं राम्ररी निरीक्षण गर्नुहोस र त्यसको निदान गर्नुहोस । अंन्तश्चेतनमा उत्तर , अचेतनामा उत्तर ।

सायद त्यै भएर हुन् सक्छ फ्रायडले अनकांशस अचेतन भनेका होलान र त अष्टाबक्र ऋषिले त्यस तिर नै त इशारा गरे । फेरी ऋषिले उदारहण दिदै प्रष्ट पार्न भने तिम्रो चेतना त प्रकाश भयो तर अचेतनको गति के छ त ? तिम्रो बैठक त साफ सुथरा भयो तर घरको छिड़ी को के स्थिति छ ? यदि छिडीमा आगो लागे छ भने बैठक कोठामा चाडो भन्दा चाडो धुँआँ आउँछनै । छिडीबाट माथि आउन थुप्रै भर्यांगहरू छन । छिंडी गन्हाउने भयो भने बैठक कसरी बास्नादार हुन सक्ला ? उत्तर भित्र भर्यांग नै भर्यांगहरू छन । वास्तवमा कति मनन योग्य गहिरा कुराहरु बुझ्न सक्ने यस्ता उपदेस हाम्रो जीवनको यी सन्देस सबैका लागि कति उपदेश मूलक हुन् सक्ला ?

वास्तबमा, दुख, तृष्णा, काम, क्रोध सबै हाम्र रोगहरूको सतत अभ्यासका फल हुन । यी अकारण होइनन । बडो मेहनतले हामीले यसको श्रृंगार पटार गरेका छौ । हामीले धेरै सोच विचार गर्यो । यस्मा धेरै धनसम्पत्ति लगायौं । हामी धेरै व्यस्त भयौं र हुने गर्दछौ यसका लागि ।यो नै हाम्रो पूरा संसार भइ दिन्छ । कोई भन्दछ म दुखबाट मुक्त हुन चाहन्छु तर कहीं उ दुखको कारणबाट कुनै लाभ त लिइ रहेको छैन ? वा कुनै बाली त काटी रहेको छैन । यदि बाली काटी रहेको छ दुखको कारण भने दुखबाट मुक्त हुन खोजे पनि मुक्त हुन सक्दैन ।

त्यसैले ऋषि अष्टाबक्रले सबै खालको परीक्षा लिन चाहेको बुझिन्छ राजा जनकको । कहीं, कतै,कुनै भूल चूक त भएको छैन । कहीं प्वाल त बाँकी रहेन । यस्ता महाकरूणाको बश ऋषि अष्टाबक्रले कठोर बचन भन्न लागे राजा जनकलाई र सतर्क हुन लगाए । तपाईं त्यो जालमा नपर्नुहोस । जहाँ मुनिहरू ठूलठूला ज्ञानी परे । धेरै समझदार नासमझीको जालोमा परे । धेरै पण्डितहरू शास्रहरूबाट थिचिए । धेरै त्यागका कुरा गर्नेहरू अहिले पनि भित्र भित्रै मनका आकांक्षाहरूबाट बेष्टित छन । यी सबै कुराको तपाईं जाँच पड़ताल गर्नुहोस । यी चीजहरू छैनन भने तपाईंका धोषणाहरू सत्य हुनेछन ।
हरि ओम तत्सत् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.