विचार

जनता खाडीमा नेता गाडिमा नहुन, भ्रष्टाचारीलाई किरा परोस, जय होस रबिन्द्र सर !

लेखक: महेश नेपाल

बिगत लामो समयदेखी चर्चित संस्था बिबिसी नेपाली सेवामा कार्यरत चर्चित ब्यक्ती रबिन्द्र मिश्र अन्तत आफ्नो लगभग ६ लाख नेपाली रुपैँया बराबरको जागीर छाडेर राजनितिमा हाम्फालेका छन । नेताहरुलाई सिधा र खरो प्रश्न सोधेर र्‍याखर्‍याखती पार्ने खुबिले चर्चा पाएका पत्रकार मिश्र ‘हेल्प नेपाल नेटवर्क’ परोपकारी संस्था मार्फत सामाजिक कार्यमा समेत लामो समय देखि सक्रीय रहिरहेक छन । ‘भष्ट्राचारीलाई किरा परोस’ भन्ने भ्रष्ट्राचार बिरोधी नाराले अहिले सम्म पनि ब्यापकता पाईरहेको छ र चर्चित छ । यसको प्रचार प्रसारमा समेत उनको भुमिका निकै महत्वपुर्ण रहेको थियो।

चौतर्फी रुपमा राजनीतिमा बितृष्णा बढीरहेका बेला भएको उनको आगमनलाई धेरैले स्वागत गरेका छन भने धेरैले नकारात्मक टिप्पणी समेत गरीरहेका छन । गरिबको सहयोगको लागि उठाईएको रकम भ्रष्टाचारी आरोपित कनकमणी दिक्षित सङ्ग मिलेर रातो बङ्लामा सेयर लगानी गरेको आरोप लागेका रबिन्द्र मिश्र स्वय ‘यदि मैले जीवन मा १ पैसा पनि भ्रष्टाचार गरेको भए त्यो मैले, मेरो ‘आमा’को रगत पिय बराबर हुनेछ’। भन्छ्न ।

पुराना दलको चरित्रबाट आजित भएका नेपाली जनतामा रबिन्द्र मिश्र जस्तो मान्छे नेपाली राजनितिमा आउँदा नयाँ आशा पलाउनु र खुसी हुनी स्वभाबिक हो । बिगत लामो समय देखि नयाँ शक्तीको लागि लेख लेख्दै आएका र मुलुकमा नयाँ शक्तीको आवश्यकता छ भनेर  बहसको सृजना गर्दै आएका उनको नयाँ शक्तिले कस्तो रुप लिनेछ त्यो समयले बताउने नै छ ।

घनसश्याम चौलागाईको फेसबुकमा फोटो रंग्याउने नाम मात्रको नयाँ शक्ति र बाबुराम भट्टराईको देशलाई धार्मीक, साँप्रदायिक युद्दमा धकेल्ने र देश टुक्राउन हौस्याउने नयाँ शक्ति देखीसकेका नेपालिले मिश्रको नयाँ शक्तीबाट त्यति धेरै आशा त गरेका छैनन । तर पनि पटक पटक धोका खाएकालाई नयाँले राम्रो गर्लाकी भन्ने आशा नहुने हैन । पानीमा डुबेको मान्छेलाई परालको त्यान्द्रो त सहारा हुन्छ भन्छन ।  चर्चित ब्यक्तित्व, भ्रष्ट्राचार बिरुद्धको अभियन्ता, एक परोपकारी ब्यक्ती मिश्र प्रती आशा नहुने त झन कुरै भएन ।

बीबीसी नेपाली सेवाबाट राजीनामा दिएर एक विज्ञप्ति जारी गर्दै पार्टी खोल्ने जानकारी दिएका उनको पार्टीमा डा. सूर्यराज आचार्य, पूर्वसचिव किशोर थापा, मुमाराम खनाल, अधिवक्ता ओम प्रकाश अर्याल, नेपाल क्रिकेट एशोसियसनकी पूर्व सीईओ भावना घिमिरे, निरुपमा यादव, राजेश हमाल लगायत अन्य चर्चित ब्यक्तिव रहने कुरा बाहिरिएको छ ।

के नेपाल प्रयोगसाला हो ?

बिगत देखि बर्तमान सम्म नियाल्दा नेपाल एउटा प्रयोगशाला को रुपमा लगभग प्रमाणीत भईसकेको छ। बिदेशिको केही औषधि चेक गर्नु परे नेपाल, बिदेशीको केही राजनितिक मोडेल प्रयोग गर्नुपरे नेपाल, बिदेशिको केही कृषि उपज को अनुसन्धान गर्नपरे नेपाल, हुँदा हुँदा नेपालीको पनि दिमागमा केही उपद्रो सोच घुम्योकी नेपाल ।

सरकार प्रती केही बितृष्णा जाग्योकी नयाँ पार्टी खोल्ने नेपालीमा भुत चढेको छ । किनकी यिनका खोपडीमा यो परेको छ की देश बिकास गर्न नयाँ पार्टी खोल्नुपर्छ । यिनका साँघुरो मानसिकताले यो कहिल्यै सोचेनकी राजनितिक पार्टी हैन दिमागमा सकारात्मक सोचको ढोका खोल्नुपर्छ।  देश बनाउने सकारत्मक सोच भए पार्टी चाहिँदैन। यिनले कहिले बुझ्लान सारा देश बासीमा सकारात्मक सन्देश फैलाए गलतलाई पाखा लगाएर राम्रा पार्टी र ब्यक्तीहरु फिल्टर भएर मैदानमा आउँछन भन्ने कुरा?

आज सम्म कुनै पनि त्यस्तो दिमाग भएको मान्छे जन्मिएन जसले भएका पार्टीलाई नै सुधारौँ राम्रो बनाउँ र देशलाई प्रगती उन्मुख बनाउँ भनोस । जो कोहि राजनितिको कमाउने धन्धामा, जोशिला युवा जति सबै खाडीमा, पढे लेखेका र जान्ने बुझ्ने सबै गाडीमा अनी कसरी बन्छ देश ?

पत्रकार पत्रकारिता छोडेर राजनीतिमा, जग्गा दलाल जग्गाको भाउ ओरालो लागेपछी दलाली छोडेर राजनीतिमा, कर्मचारी रिटायर्ड भएपछी या काम छोडेर राजनीतिमा, बैज्ञानिक आविस्कार छोडेर राजनीतिमा, किसान कृषि फार्म छोडेर गाई, भैंसी बेचेर राजनीतिमा, विद्यार्थी पढ्न छोडेर राजनीतिमा,डाक्टर बिरामी जाँच्न छोडेर राजनीतिमा, गुण्डाहरु गुन्डागर्दी गर्दै राजनीतिमा । तर देशको मेरुदण्ड, देश बिकाशले झिलिमिल बनाउन सक्ने सबै युवा पुस्ता देशै छाडेर परदेश पसेपछी देश बिकासले लोप्पा खुवाउँछ कि खुवाउँदैन ?

संसारको कुनै देशमा नभएको जात्रा हाम्रोमा भैरहेको छ । सबै बिकल्प टुटेपछी अवसरबादीको झुण्डलाई कमाउने भाँडो भएको छ राजनिती । उदेश्यनै कमाउन जाने भएपछी कस्ले सोच्ने देशको बारेमा,कस्ले सोच्ने जनताको बारेमा ? जुन देशमा स्वतन्त्र जनता न्युन छन त्यहाँको मुख्य पेशा राजनिती बन्ने रहेछ । त्यहाँ सयको हाराहारीमा पार्टी हुने रहेछ्न, जनता जिरो र कार्यकर्ता सँधै हिरो हुने रहेछन ।

जनता पार्टीगत रुपमा आपसमा लड्ने रहेछन र बिदेशी गिद्दहरुले अलि अली गर्दै देश निल्ने रहेछन । हो यहि तितो बास्तबिकतामा हामी रुमल्लीरहेकाछौं । कति दु:ख लाग्दो अवस्थामा छौँ हामी ? अवसरबादीहरु नयाँ पार्टी खोल्ने, फुटाउने । जति धेरै पार्टी खुल्यो उति धेरै कार्यकर्ता चाहियो । हामी भेडा जनता तिनैको कार्यकर्या बनीरहने ?

“आफू बदलिने तर समग्र देश नबन्ने” निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ। ” भन्ने  मिश्रले उल्लेख गरेका पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बा सहित केही अन्य (घट-बड) खम्बाहरु मिली सुसंस्कृत राजनीति स्थापना हुने भनेका छन। यस्तै सिद्दान्त विवेकशील नेपाली ,नयाँ शक्तिले पनि प्रस्तुत गरीसकेका छन ।

नेपाली जनतालाई सिद्धान्त हैन सोलुसन चाहिएको छ । हरेक बौद्धिक व्यक्तित्वहरुले एक्लै एक्लै  समृद्ध नेपालको अभियान सञ्चालन गर्नु भन्दा पनी सोच र विचार मिल्ने सबै सकारात्मक बौद्धिक वर्ग एक ठाउँमा आई नेतृत्व गर्न सके यी पुराना दलको सिण्डीकेट तोडिन्थ्यो र मिश्रले भने जस्तै पक्कै पनि हाम्रै जीवन कालमा सम्बृद्ध नेपाल बनाउन सकिन्छ जस्तो लाग्छ । देशले निकास पाओस हामी सबै नेपालीलाई शुभकामना । जय देश ।।।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.