विचार

गोबिन्द गौतमको हत्यारा भारतिय सेनाध्यक्षलाई महारथीको सम्मान हैन कालोमोसो दलौँ !

महेश नेपाल

महेश नेपाल

नेपाली सेनाको निमन्त्रणामा मंगलबार देखि  भारतीय सेनाध्यक्षको नेपाल भ्रमण हुँदै छ । उनलाई राष्ट्रपतिले नेपाली सेनाको मानार्थ महारथी पदवीले सुशोभित गर्ने कार्यक्रम रहेको छ । नेपाल तथा भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप विगत दशकौं देखि नेपाल तथा भारतका सेना प्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ ।

यो परम्परा हो, यसको क्रम भंगता हुनुपर्छ किनकी गोविन्द गौतमका हत्याराका सरदारका रूपमा उनी नेपाल अाउँदै छन् । नेपाली लाई यसरी गोलि ठोक्नु भारतीयहरूको निर्लज्जता र हेपाहापनको पराकाष्ठा हो कि हैन ? आफ्नो देशको स्वभिमानका खातीर लड्ने वीर सहिद गोबिन्द गौतमलाई गोली हान्ने हत्यारा सेनाका प्रमुखलाई सम्मान गर्नुपर्ने होकि सजाएँ दिलाउन पहल गर्ने र माफी माग्न लगाउनुपर्ने हो ? यदि नेपाली सेनाले भारतिय भैयालाई उडाएको भए परिस्थितीले कस्तो मोड लिन्थ्यो होला ?  के गर्थ्यो होला भारतिय मतियार बिस्तारबादीको सेनाले कल्पना गरौं । यदी सम्मान नै गर्नुपर्ने हो र देशप्रेमी नेपालीको सरकारलाई मायाँ थ्यो भने विकसित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल र भारत दुवै सरकारले अापसी सहमतिमा उनको भ्रमणको मिती पर सार्नुपर्ने हो कि हैन ?

कती छिट्टै बिर्सियो नेपाली सेनाले भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरू लाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिइङ’ गरेर दुनिया माँझ हामिलाइ गिराउने र हाम्रो बिरताको ईतिहास मेटाउने दुस्प्रयास गरेको कुरा । वीर नेपाली र नेपाली सेनाको अन्तर्राष्ट्रिय स्तरमा रहेको सम्मानलाइ कुल्चदै नेपाली सेना भारतको मातहत रहनु पर्ने कुरालाई प्रचण्ड देउवा सरकार भएको अवसर पारेरै भारतिय स्थल सेनाध्यक्ष दलबिर सिंहलाइ पठाएर राजनैतिक लभिङको प्रयास गरेको थियो । आज यिनैको पालोमा सिमाना जोगाउन लड्दा लड्दै गोलि ठोकेर मारिएका देशप्रेमी अमर सिपाही गोबिन्द गौतमको हत्यारालाई सम्मान गरिंदैछ । यो कुरा स्वाभिमानी नेपालीले कसरी सहन सक्छ?

त्यो बिस्तारबादीको भेडो जसले हरेक बर्ष हजारौँ हेक्टर जमिन मिच्छ चुप बस्नुपर्ने, हरेक बर्ष सयौँ चेलिबेटिको अस्मिता लुट्छ चुप बस्नुपर्ने, हरेक बर्ष सयौँ देशप्रेमीको कठालो समात्छ चुप बस्नुपर्ने, हरेक बर्ष नेपाली बस्तिमा पसेर लुटपाट मच्चाउँछ चुप बस्नुपर्ने । वाह ! आखीर यिनका दादागीरीकै जित हुने, हत्यारालेनै सम्मान पाउने भएपछी खै नेपाली रगतको मूल्य ?  खै नेपाली चेलिबेटिको ईज्जतको मूल्य ? खै नेपाली दाजुभाईको मूल्य ? खै नेपाली भुमी र नेपाली स्वाभिमानको मुल्य ? के अब हाम्रो बिरता, गोर्खालीको बहादुरी र हामी संसार सामु नझुकेको गर्विलो ईतिहास कथामा मात्र सिमित भैसकेको हो ? के भारतिय भैया हरुलाई देश पास गरेर दिईसकेको हो ? यदी हैन भने किन यो नौटङ्की मञ्चन गरिँदैछ ?

कुन यस्तो नेपाली होला जसले यो आहातको समयमा हत्यारालाई सम्मान गरेको हाँसीहाँसी ताली बजाओस । जसले यो सम्मान दिन्छ, जो यो हत्याराको सम्मानमा ताली पिट्छ त्यसले आफ्नै आमालाई बलात्कार गर्दैछ । त्यसको न आफ्नो इज्जत छ न त्यसले आफ्नो आमालाई इज्जत गर्न जानेको छ । छ त केवल मालिकको दास बन्न अनि मालिकको कट्टु धुन, बुझौँ। नेपालीको सेन्टिमेण्टमा बुट बजार्ने जो कोहि भएपनी त्यसले यो अपमानको मूल्य चुक्ता गर्नुपर्नेछ, नेपाली जनताले उसै छाड्ने छैनन !

हुन त यस्ता कुरा गर्दा मलाई अतिबादी, यथास्थितीबादी, परिवर्तन बिरोधी, परातनबाधी लगायतका धेरै बादीको आरोप लगाउछन मलाई त्यो आरोप संग कुनै सरोकार भएन र छैन । मलाई सत्य कुरा बोल्न कुनै माईकलालको अनुमती लिनुपर्छ जस्तो लाग्दैन। जे भैरहेको छ सतप्रतिशत गलत भैरहेको छ र गलत ईण्टेसनले भैरहेको छ । यो कुरा सारा नेपालीले छर्लङ्ग बुझेका छन । हामी हिजो कुन अवस्थामा थियौँ र आज कुन अवस्थामा छौं । हिजोको एक ढिक्का नेपाली आज गिटी जस्तो टुक्रा टुक्रा भएका छौ । यसो भनौं गिटि जस्तो बनाईएका छौँ । त्यो पनी अरुको फाईदाको लागि। हामीले बुझ्नेछौँ तर समय घर्किएपछी । समय घर्किनु अघिनै म जस्ता ब्यक्तीहरुले बुझाउन खोज्दा अहिले अल्टर बनाइन्छन ।

तर ईतिहासले चिन्ने छ अहिलेको यो आवाज सहि कि गलत भनेर । जस्ले जे भनोस बुझाउन छाडीन्न । हजारले नबुझेनी १०० ले बुझ्छन । एक ब्यक्तीनै काफी हुन्छ परिवर्तनको लागि । आखीर १०० जनाले बुझे भने त संसारै भैहाल्यो। हामिलाई थाहा छ परिवर्तन गराउने कृष्ण एक्लै थिए, राम एक्लै थिए, गौतम बुद्ध एक्लै थिए, जिशस एक्लै थिए, पृथ्वी नारायण एक्लै थिए, माओ एक्लै थिए, अब्राहम लिन्कन एक्लै थिए, नेल्शन मण्डेला, गान्धी, मदर टेरेसा लगायत सबै एक्लै  थिए। तर उनिहरुले जिते । हामी स्वाभिमानी नेपालीले पनि जित्ने छौँ एकदिन । हो त्यसैले जाहेज कुरामा बिरोध गर्न नछोडौं ।

म एक्लैले बिरोध गरेर मात्र बोलेर मात्र के हुन्छ र ? एक्लो बोलेर तारो बन्नु मात्र हो भनेर कहिले पनि नसोचौँ तपाईं नबोले कोही बोल्दैन । सबैले यसै भनेर चुप बस्दा यिनले झन झन ज्यादती गरिरहेका छन । तपाईं हामी नबोल्दा नै यिनको जे जे गलत हर्कत हुँदा पनि सहेर बस्नु परेको छ । मेरो बिनम्र अनुरोध छ कुनै पनि राजनितिक दलको अन्धोभक्त र हनुमान कार्यकर्ता नबनौं ।  गलत कुराको लागि बोल्न नछाडौ चाहे त्यो आफ्नै बाउले गरेको पनि किन नहोस गलतलाई दिल खोलेर गलत नै भनौं । अन्य कुरामा हामी एकजुट हुन नसकेपनी राष्ट्रीयताको कुरामा कहिले पनि सम्झौता नगरौ।

भारतीय सेनाध्यक्षलाई ‘हत्याराका सरदारका’ रुपमा भारतीय राजदूत मार्फत पदबी दिने  कार्यक्रममा सहभागी होअौँ, कालो झण्डा देखाने देखि लिएर खुलेर बिरोध गरौं । अतिथी देबो भव: भन्ने संस्कारको नाममा हामी हाम्रै भुमिमा पसेर हाम्रै दाजुभाईलाइ अन्धाधुन्ध गोलि ठोकेर मार्ने कायर हत्यारा पिपासुलाई हामी सम्मान गर्न सक्दैनौ । किनकी अस्ति गोबिन्दलाई खाने बाघले भोलि हामीलाई खाँंदैन भन्ने के ग्यारेण्टी छ ? देश बाँचे हामी बाँच्नुको सार्थकता छ । आफ्नो स्वाबिमान गुमाएर मरेतुल्य भएर बाँच्नु छैन हामीलाई ।
जय देश !!!

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.