विचार

दारुमा नबिकौँ-भारुमा नबिकौँ, हाम्रो लाई हैन-राम्रोलाई जिताऔँ, अनि बन्छ देश पक्का !

महेश नेपाल

लेखक: महेश नेपाल

हाम्रो कयौँ पुस्ता राजनितिक क्रान्ती भन्दा भन्दै सकिएको जिउँदो ईतिहासको जिउँदो साछी हौं हामी । जन्मेपछी  बोली फुट्ने बेलादेखिनै हरेक पार्टिको जिन्दाबाद र मुर्दाबादका नारा गुनगुनाउने बानी परीसकेका गरिब नेपालीका छोराछोरी हौँ हामी । यिनै पार्टीले राजनितिक क्रान्ती गर्नुपर्छ भनेर हामिलाई उचाल्दा उचाल्दै कहिले उठ्न नसक्ने गरेर ऋणमा डुबाएर थचक्क बसाएका देशका मान्छे हौँ हामी । जसले जन्मिने बितिकै २१ हजार रुपैयाँ टाउकोमा ऋण बोकाए हामी यिनैको जय जयकार गर्ने भेडा जनता हौं गणेशमानले भनेजस्तै ।

यति धेरै  दुखित भएर बाँच्नुपर्दा पनी हामीमा बुद्दी पलाएन एउटै घरमा १० जना सदस्यमा १० पार्टी भएर बिभाजित छौ हामी । हमेशा आफ्नो प्रतिद्वन्द्वी पार्टीको बिरोध गर्दैमा आफ्नो उर्जाशिल समय कटाईदिन्छौँ हामी । मिलेर गए, गाउँ-गाउँ एक ढिक्का भए देशको मुहार फेरिएर धपक्क बल्ने बेला भैसक्दा समेत हामी क्रान्तीका कुरा गर्दै बसेकाछौँ गरिब देशका गरिब जनता बनेर निर्लज्ज ।हाम्रा बुडाहजुरबाहरु, हजुरबाहरु राणाशासन हटाउन लडे, हजुरबा, बुबाहरु पञ्चायत हटाउन लडे, हाम्रा बुबाहरु, हामीहरु राजा हटाउन लडेउँ । हाम्रो यो तीन पुस्तालाई के भ्रम भयो भने शासन ब्यवस्था फेरिए देशको मुहार फेरिन्छ । तर हैन रहेछ सत्तामा बस्नेको मन फेरिए, सोच्ने तरिका फेरिए देश फेरीने रहेछ ।

दिन प्रतिदिन हाम्रो देशको आर्थीक बिकाशक धरोहर हरु सकिएका छन । बिदेश पस्नुपर्ने अनिवार्य आवश्यकता बनेको छ । हिजो ईण्डियन लाहुरे बनाएर बेचियो, बेलायती लाउरे बनाएर बेचियो, अहिले जब देशमा बहुदल आयो युवा जति खाडीमा बेचेर सकाइँदैछ । ए परदेशी दजुभाई तथा स्वदेशमै रहनुहुने दाजुभाई तथा दिदी बहिनिहरु चुनाबको मुखमा छौँ हामी सम्झौँ एक दर्जन भन्द ठुला कलकारखाना नबेचेर जस्तो छ त्यस्तै अवस्थामा चलाउन मात्र पाएको भएपनी देशको अवस्था कस्तो हुन्थ्यो भनेर ।

हामिलाई धिक्कार्दैछ हेटौँडा सिमेन्ट उद्योगले, बिराटनगर जुटमिलले, भृकुटी कागज कारखानाले, बाँसबारी छाला जुत्ताले, जनकपुर चुरोट कारखानाले, खरीढुङ्गाको रोपवे, विभिन्न फलाम खानी र तामाखानी आदिहरुले । भोट हाल्दै गर्दा यति सम्झौं, हाम्रोलाई हैन राम्रोलाई हालौँ , गाउँको बिकाश गर्नेलाई हालौँ, आफ्नै ठाउँमा अवसर सृजना गर्नेलाई हालौँ । अघिपछी देश हल्लाउने,राष्ट्रबादी कुरा गर्ने दाजुभाहरु भोट हाल्ने बेलामा एक गिलास दारुमा नबिकौँ, एकसय दुईसय भारुमा नबिकौं । भोट हालेको भोलिपल्टबाट तिनै नेताको सत्तो सराप गर्नुपर्ने दिनको  सुरुवात नगरौँ । राम्रो छाने हाम्रो भलो हुन्छ, हाम्रो गाउँको भलो हुन्छ । गाउँ गाउँको भलो हुनु भनेको देशको भलो हुनु हो , देश बन्नु हो । निर्वाचनलाई कमाई खाने भाँडो नबनाउँ ।

सामाजिक सञ्जालमा अहिले कोकोहोलो छ अन्धो भक्तहरुको  । यसलाई जिताउँ र उसलाई हराउँ भनेर । किहि मिडिया हातमा लिएकै भरमा बडो राष्ट्रबादी कहलिएका छन । किहि थर्काएको भरमा देश पुरै आफ्नो पक्षमा आउने ढोल फुक्दैछन । कोहि काम नगरी ठूलो कुरो जोत्दैछन, यसो गरें उसो गरें भनेर । मान्छे चिन्नु खसी किन्नु भन्छन नी हि यो चुनाबमा मेरा प्यारा आफन्तहरु कृपया मान्छे चिनिदिनुस । गाउँको बिकाश गर्ने मान्छे छानिदिनुस । तपाईको आस्था जुनसुकै पार्टिमा होस तर स्थानिय चुनाबमा राम्रा उमेद्वारलाई, गाउँलाई बिकासले रंगाउने भिजन भएका मान्छेलाइ भोट हालेर जिताउनुस, तिनलाई बलिको बोको नबनाईदिनुस ।

यो चुनाबमा पनि क्षणिक प्रलोभनमा परेर गलत मान्छेलाई जिताउनुहुन्छ भने तपाईं जस्तो नैतिक रुपमा पतन मान्छे को हुन्छ ?  अहिले छोईला, कचिला, एक कप चियामा बिक्ने, एउटा राँगो काट्दा गाउँ पुरै रमाएर सातै भोट एउटैमा हाल्दिने तर चुनाबपछी यस्तो गरेन भनेर कसैको बिरोध गर्नु र यो नेताले काम गरेन भनेर गाली गर्नु त्यो जस्तो दु:ख लाग्दो कुरो केही हुँदैन । यस्ता मान्छेलाई त सर्लाहिमा बगाएर शिबपुरीमा खोज्न निक्लिए हुन्छ । फरक फरक पार्टीका फरक फरक आस्था भएका किन नहुन राम्रो-राम्रो लाई भोट हालिदिनुस । अनि बन्नेछ सुन्दर गाउँ, सुन्दर नगर र सुन्दर शहर।

दुई दशक पछी हुन लागेको स्थानिय चुनाव एउटा निकै ठूलो महा-उत्सब पनि हो । गाउँ बस्ती जन प्रतिनिधि बिहिन भएर रहँदा जनताले पाउनु परेको दु:ख र सास्ती शब्दमा सायदै ब्यक्त गर्न सकिएला । आफ्नो गाउको बिकाश गर्ने आफ्नै गाउँका प्रतिनिधि छान्ने यो सु-अवसरमा पनि हामीले सहि मान्छे छान्न सकेनौ भने हामी क्षणिक स्वार्थमा बिक्यौ भने हाम्रो गाउँ शहरको भबिष्य र हाम्रा सन्ततिको जीवन कति अन्धकार होला ? यदी कुनै कुलँगारले  पैसा बाँड्छ भने पैसा मज्जाले लिनुस, किनकी केही खाँचो टार्न मिल्छ । खानेकुरा खुवाएछन भने पनि टन्न खानुस ज्यान लाग्छ । तर त्यही २ हजार पैसामा आफू नबिक्नुस, एक थाल मासु पुलाउमा सन्तानको भबिष्य लिलाम नगरिदिनुस ।

भोट हाल्दै गर्दा सम्झिनुस अरबको तातो घाममा जवानी अस्ताउँदै गरेका ५० लाख  छोरा छोरीहरुलाई । भोट हाल्दै गर्दा सम्झनुस सिमानामा दिनदिनै बलात्कृत हुने चेलीबेटी र देशको भुमी बचाउन लड्दालड्दै ज्यान गुमाएला गोबिन्द गौतम हरुलाई । भोट हाल्दै गर्दा झलझली सम्झिनुस हिजो आस्वासन्दिएर तपाईलाई उल्लु बनाउने नेता भनाउँदाको घिनलाग्दो अनुहार अनि हाल्नुस ड्याम्म भोट जो सबै कुरामा पोख्त छ । पार्टी हैन ब्यक्ती रोजौँ, ब्यक्तीगत फाईदा हैन बिकाश गर्ने रोजौँ ।गाउँ गाउँमा सिँहदरबारको सेवा पुर्‍याउने भनेर निर्माण गरिएको गाउँ पालिका र नगरपालीकाको नयाँ संरचनामा हुन लागेको यो चुनाव उसैनी नौलो छ ।  केही हद सम्म भएपनी जनता सचेत बनेका छन । जन प्रतिनिधीहरु पनि ईमान्दारनै छन । यी मध्यमा पनि राम्रो उम्मेद्बारको छनौट गर्न सके त सुनमा सुगन्ध नै हुन्थ्यो होलानी हैन र ? जय देश !!!

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.